गण्डकीमा तीन सिटका लागि नौ जना सिफारिस
राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) गण्डकी प्रदेशले तीन सिटका लागि नौ जनाको नाम सिफारिस गरेको छ।
राष्ट्रपति पौडेल तनहुँ आउनु हुँदै
राष्ट्रपति रामचन्द्र पौडेल यही पुस २० गते गृह जिल्ला तनहुँ आउँदै हुनुहुन्छ । राष्ट्रपति पौडेलको दोस्रो पटकको गृह जिल्ला आउन लाग्नुभएको हो ।
परम्परा मात्र बन्दै घुम्ती गोठ
म्याग्दीका लेकाली क्षेत्रका किसानले घुम्ती गोठलाई आयआर्जनको साधन बनाउन नसक्दा परम्परागतरुपमा मात्र सञ्चालन हुँदै आएका छन् । यहाँका किसानले घुम्ती गोठका पशुचौपायालाई अझैसम्म पनि आयआर्जनको माध्यम बनाउन सकेका छैनन् ।
जलेकाे २० वर्षपछि आदिकवि भानुभक्तकाे घर पुन:निर्माण गरिँदै
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मघर जलेकाे २० वर्षपछि पुन:निर्माण हुने भएको छ ।
पूर्वाधार निर्माणका लागि बजेट विनियोजन
म्याग्दीको रघुगंगा गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर थप पाँच करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
सोलुखुम्बुका याक मनाङ र मुस्ताङका किसानलाई
गण्डकीमा याकको नस्ल सुधारका लागि कोशी प्रदेशको सोलुखुम्बुबाट याक ल्याइएको छ । याक आनुवंशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नस्लका १९ याक मनाङ र मुस्ताङका किसानलाई वितरण गर्न ल्याइएको हो ।
फलाम उत्खनन कार्यले गति लिँदै
नेपालकै पहिलो फलाम खानी उत्खनन गर्ने उद्देश्यका साथ सुरु भएको फलाम उत्खनन कार्यले गति लिन थालेपछि यहाँका बासिन्दा उत्साही बनेका छन् । खानी तथा भूगर्भ विभागको टोलीले २०६८ सालबाट अध्ययन सुरु गरेको थियो । लामो अनुसन्धानपछि छ वर्षअघि मात्र पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ को धौवादीडाँडामा फलाम खानी भेटिएको थियो ।
गोठ सार्दासार्दै बिहे
मनाङका चौँरीपालकको जीवन याक, चौँरी तथा च्याङ्ग्रासँगै जोडिएकाले अधिकांश पशुपालकको जीवन याक, चौँरीसँगै बित्ने गर्दछ । चौँरी स्वभावैले हिउँमा बस्ने गर्दछ । तातो तथा न्यानो स्थानमा याक, चौँरीलाई असहज हुने भएकाले बेँसी धेरै मन पराउँदैनन् तर यतिबेला मनाङका लेकको खर्कबाट बेँसी झारिएको चौँरीका गोठ पनि हिउँले ढाकिएका छन् । वरिपरि हिउँका ढिस्का छन् । यिनै हिउँका ढिस्काभित्र रहेका याक, चौँरीका बथानसँग यहाँका किसान रमाइरहेका भेटिन्छन् ।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।
युवा संघ उपमहासचिव गुरुङ हिरासतमा
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी आरोपमा फरार शिवबहादुर गुरुङ (महेन्द्र भोटे) मङ्गलबार जिल्ला अदालत कास्कीमा उपस्थिति हुनुभयो।
पूर्व सहकारी रजिष्ट्रार पराजुली पुर्पक्षका लागि थुनामा
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीसहित चार जना पुर्पक्षाका लागि कारागार चलान भएका छन्।
सेनाको जागिर छोडेर रुस पुगेका स्याङ्जाका अर्यालको मृत्यु
रुसी सेनामा भर्ती भएका स्याङ्जाका २३ वर्षीय युवाको मृत्यु भएको छ। वालिङ नगरपालिका–१४ मान्खुका हरिप्रसाद अर्यालको युद्धका क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
गल्याङमा आलु महोत्सव हुने
आलुको प्रवर्द्धन र बजारीकरण गर्न गल्याङमा आलु महोत्सव हुने भएको छ । गल्याङ चेम्बर अफ कमर्सले दोस्रो पटक आलु तथा कृषि महोत्सव २०८० गर्न लागेको हो ।
पोखरा, काठमाडौँ र नारायणगढमा सिगानाको सुन्तला
बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँलगायत स्थानमा सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यस पटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ ।
बागलुङमा श्रम रोजगार बैङ्क सञ्चालन
बागलुङको ताराखोला गाउँपालिकामा श्रम रोजगार बैङ्क सञ्चालनमा ल्याइएको छ । गाउँपालिकामा रोजगारी सिर्जना गरी युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्न गाउँपालिकाले श्रम रोजगार बैङ्क स्थापना गरी सञ्चालनमा ल्याएको हो ।
हिउँ र हिउँचितुवाको मारमा याक र चौँरी
हिमाली जिल्ला मनाङका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो । पर्यटक आगमन वृद्धि भएसँगै पर्यटन व्यवसायको सुरुआत भएको हो भने कृषि र पशुपालन यहाँको परम्परागत व्यवसाय हुन् ।
ग्रामीण सामुदायिक अस्पताल सञ्चालनका लागि कार्यदल गठन
स्याङ्जाको चापाकोट नगरपालिका-२ को गण्डकी ग्रामीण सामुदायिक अस्पताल सञ्चालनका लागि पहल सुरु भएको छ । लामो समयदेखि बन्द रहेको अस्पताल सञ्चालनका लागि पहल गर्न बसेको सर्वपक्षीय भेलाले सिताराम गैह्रैको संयोजकत्व नौ सदस्य कार्यदल गठन गरेको हो ।
सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी थुनामा
कास्कीको पोखरा महानगरमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
२६ वर्षीय पन्त होटेलभित्रै मृत भेटिए
पालुङटार नगरपालिका-८ लामाचौरका २६ वर्षीय महेश पन्त मृत भेटिएका छन् ।
जनप्रतिनिधिसँग जनताका गुनासै गुनासा
अर्जुन चौपारी गाउँपालिका-१ रैतेका ४२ वर्षीय कृष्ण प्रसाद शर्माले सरकारले नागरिकका आवश्यक मागको पूर्ति नगरेको गुनासो गर्नुभएको छ ।
चिसो याममा पनि बिक्दैनन् बख्खु र काम्ला
“हाम्रो पालामा अहिलेको जस्तो कपडाहरू पाइँदैनथ्यो, खुट्टामा जुत्ता चप्पल लगाउने चलन थिएन, ऊनको कपडा ओढेर चिसो छल्ने गथ्र्यौं, घरपिच्छे मान्छेहरूले घुम, काम्लो, भाङ्ग्रा बुन्थे तर अहिले कसैले पनि बुन्दैनन्, बुने पनि बिक्री नै हुँदैन,” भन्नुहुन्छ, निसीखोला गाउँपालिका-६ का ७४ वर्षीय वीरमान बुढामगर ।
अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक
पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो ।
पूर्वशिक्षकको पशुपालन
कास्की जिल्ला, रुपा गाउँपालिका-६ भोर्लेका ७० वर्षीय तिलबहादुर खड्का गाउँ फर्केर व्यावसायिक पशुपालनमा रमाउन थाल्नुभएको छ ।
कृषि उपज बिक्री तथा सङ्कलन केन्द्र सञ्चालनमा नआउँदै भत्कियो
तनहुँको व्यास नगरपालिका-१० दुम्सीमा निर्माण गरिएको कृषि उपज बिक्री तथा सङ्कलन (हाट बजार) केन्द्र प्रयोगमा नआउँदै भत्किन थालेको छ । हाट बजारका लागि बनेको संरचना व्यवस्थित गर्न नसक्दा तीन वर्ष अघिदेखि अलपत्र अवस्थामा छ ।