• १८ वैशाख २०८१, मङ्गलबार

आयुर्वेद स्वास्थ्य शिविरबाट १४ सय ११ जना लाभान्वित

blog

गोरखाको पालुङटार नगरपालिकाले आयोजना गरेको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, चैत २२ गते ।
गोरखाको पालुङटार नगरपालिकाले आयोजना गरेको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट १४ सय ११ जना लाभान्वित भएका छन् । नगरपालिकाको आयोजनामा गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा जम्मा १४ सय ११ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

परीक्षण गरिएकामध्ये वडा न १ मा १४६ जना, वडा न २ मा १४१ जना, वडा न ३ मा १३६ जना, वडा न ६ मा २३५ जना, वडा न न ७ मा १५२ जना, वडा न ८ मा ३१५ जना, वडा न ९ मा १३७ जना र वडा न १० मा १४९ जना गरी जम्मा १४११ जनाले सेवा लिएका थिए ।

शिविरमा नगरपालिकाका उपप्रमुख वन्दना पाण्डेले स्थानिय रुपमा उत्पादन हुने जडीबुडीको सरक्षण गरी आफ्नो नगरवासीको स्वास्थ्य आर्यआर्जनमा जोड दिने बताउनुभयो । प्रत्योक नगरवासीको  स्वास्थ्य रक्षाको निम्ति घर घरमा पुगेर स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेको र सोही बमोजिम नगरपालिकाले स्वास्थ्य सेवा प्राथमिकताका साथ ८ वटा वडामा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।

परीक्षण गराएकाहरुलाई औषधी पनि वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख हितकाजी श्रेष्ठले बताउनुभयो । स्वास्थ्य शिविरमा वातजन्य रोग, उदररोग, स्त्रीरोग, उच्च रक्तचाप, मांसपेशी, हाडजोर्नी, ढाड तथा घुँडा दुख्ने समस्या, पेट र पाचनसम्बन्धी समस्या, ग्याष्ट्रिक, कब्जियत, पाइल्स, फिसर, फिस्टुलालगायतका समस्या भएका बिरामीहरुले विशेषज्ञ डाक्टहरुद्वारा परीक्षण गरिएको उहाँले बताउनुभयो ।

नगरपालिकाले केही महिनादेखि प्रत्योक वडाको घर घरमा पुगेर निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । सबै नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा दिएर बिहीबार स्वास्थ्य शिविर सम्पन्न भएको पालुङटार नगरपालिकाले जनाएको छ ।