गाउँ रित्तिने क्रम बढेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले गाउँगाउँमा विकास र सुविधा पुगेको बताउनुभएको छ । राष्ट्रपति पौडेलले रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा गाउँमा पुगेको विकास र सुविधाको उपभोग गर्ने व्यक्ति कोही नहुने हुन् कि भन्ने चिन्ता लागेको बताउनुभयो ।
नौ किलोको एउटै काउली
गोरखा नगरपालिका–७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ ।
दुर्गम क्षेत्रमा मातृशिशु मृत्युदर शून्य
अग्ला पहाड र गहिरा खोँचमा छरिएका बस्ती । चारैतिर भिर, पहरा । एक गाउँबाट अर्को गाउँसम्म पुग्न घन्टौँ लाग्ने । वर्षौँदेखि भौगोलिक विकटताका कारण दुर्गमको पीडा खेपिरहेको बागलुङको तमानखोला गाउँपालिका पछिल्लो समय विकासोन्मुख बन्दै गएको छ ।
बगर बन्यो खेलमैदान
म्याग्दीको मङ्गला गाउँपालिका–५ कैलाशफाँटमा झाडीले भरिएको बगरलाई खेलमैदानमा परिणत गरिएको छ । म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्माएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको हो ।
राष्ट्रपति पौडेल गृह जिल्लामा
राष्ट्रपति रामचन्द्र पौडेल आज तनहुँ आउनुभएको छ । भानु नगरपालिका–७ वसन्तपुरस्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्न राष्ट्रपति पौडेल तनहुँ आउनुभएको हो ।
मनाङका किसानलाई सोलुखुम्बुका याक
गण्डकीमा याकको नस्ल सुधारका लागि सोलुखुम्बुबाट पुस १२ गते हिँडाइएका ९ वटा याक मनाङ आइपुगेको छ । याक आनुवंशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नस्लका ९ वटा याक एक कार्यक्रम गरी मनाङका किसानलाई वितरण गरिएको हो ।
म्याग्दीका किसान आलु खेतीतर्फ आकर्षित
म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका हुन् ।
पाँच गाउँमा विद्युत् सेवा विस्तार
तनहुँको देवघाट गाउँपालिका–४ को पाँच गाउँमा विद्युत् विस्तार भएको छ । हालसम्म विद्युत् पहुँच नपुगेको उक्त वडाको ढुङ्गाघारी, बसेनी, काफलस्वाँरा, वापस र डुडेबासपानीमा विद्युत् विस्तार भएको हो ।
राष्ट्रपति पौडेल आज तनहुँ आउनु हुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज शुक्रबार गृह जिल्ला तनहुँ आउँदै हुनुहुन्छ । जिल्ला भ्रमणको क्रममा राष्ट्रपति पौडेलले भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो ।
ग्रामीण क्षेत्रमा खाली हुँदै विद्यालय
चालु शैक्षिक सत्रको सुरुवातमै बेनी नगरपालिकाले ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएका ११ विद्यालयको तह समायोजन (कक्षा घटुवा) गर्यो । कक्षा घटुवा गरेका ती सामुदायिक विद्यालयका अधिकांश कक्षामा विद्यार्थी शून्य थिए । बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा विद्यार्थी चाप भए पनि ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी सङ्ख्या निरन्तर घट्दो छ ।
कृषि तथा पर्यटन मेला सुरु
नेपाल चेम्बर अफ कमर्स गोरखाले आयोजना गरेको कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ ।
बाघ र गैँडा आतङ्क : ९ महिनामा २ को मृत्यु ८ घाइते
नवलपुरमा जङ्गली जनावरले आतङ्क मच्चाएका छन् । वैशाख ३१ गते यता बाघ र गैँडाको आक्रमणबाट २ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।
एक वर्षमा अन्नपूर्ण पदमार्गमा २१ हजार पर्यटक
अन्नपूर्ण पदमार्गमा गत सन् २०२३ मा २१ हजार दुई सय ४७ जना विदेशी पर्यटक आएका थिए । यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार ९८१ पुरुष र आठ हजार दुई सय ६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ ।
माघे सङ्क्रान्ति मेला सञ्चालन हुने
म्याग्दी सदरमुकाम बेनीमा माघे सङ्क्रान्ति मेला सञ्चालन हुनेभएको छ । मौलिक कला, संस्कृति र स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गत महिला उद्यम विकास समितिको आयोजनामा पुस २९ गतेदेखि माघ २ गतेसम्म मेला सञ्चालन हुने भएको हो ।
कालीगण्डकी कोरिडोर : महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको महभिर–पोखरेबगर खण्डमा कालोपत्र सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका-७ महभिरबाट वडा नम्बर ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको हो ।
गैंडाको आक्रमणबाट एक घाइते
नवलपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । गैंडाले आक्रमण गरी कावासोती नगरपालिका –८ का ६५ वर्षीय पतिराम महतोलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।
मुग्लिन–पोखरा सडकमा दुवैतर्फ चार किलोमिटर कालोपत्र
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा चार किलोमिटरसम्म दुईतर्फी कालोपत्र गरिएको छ । सडक आयोजना (पूर्वी खण्ड)ले तनहुँको आँबुखैरेनी र बन्दीपुरमा चार किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गरेको हो ।
थप तीन करोड ३० लाख बजेट विनियोजन
म्याग्दीको मालिका गाउँपालिकाले थप तीन करोड ३० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
सम्भव नेपालद्वारा एम्बुलेन्स सहयोग
सम्भव नेपालद्वारा ७ थान “ख” वर्गको एम्बुलेन्स गोरखाका ७ वटा गाउँपालिकाहरूलाई हस्तान्तरण गरिएको छ । बिहीबार गोरखा समन्वय समितिको प्राङ्गणमा एक कार्यक्रमकाबिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँपालिकाका प्रमुखहरूलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभएको हो ।
मौरीबजारमा बस दुर्घटना : ३२ जना घाइते
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
समृद्धिको पहिलो आधार स्लेट ढुङ्गा
बागलुङ जिल्लाको मध्यभागमा रहेको ताराखोला गाउँपालिका साबिकका अर्गल, अमरभूमि, हिल र तारा गाविसलाई समावेश गरेर बनाइएको हो । ताराखोला गाउँपालिका ढुङ्गा खानीका रूपमा परिचित छ । यो कृषि, पशुपालन र जलविद्युत्मा पनि राम्रो सम्भावना भएको गाउँपालिका हो । गाउँपालिका अध्यक्ष धनबहादुर विश्वकर्मासँग गोरखापत्रका समाचारदाता ठाकुरप्रसाद आचार्यले गर्नुभएको कुराकानी :
म्याग्दीका दुई पालिकामा आधारभूत अस्पताल भवन अलपत्र
म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् ।
तनहुँमा वैदेशिक रोजगारीमा गएका १८ जनाले ज्यान गुमाए
वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट घर चलाउन सजिलो भए पनि तनहुँमा ज्यान गुमाएर आँसु बगाउने परिवार पनि थुप्रै छन् । एक वर्षको अवधिमा तनहुँबाट वैदेशिक रोजगारीमा गएका १८ जना पुरुषले ज्यान गुमाएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रले जनाएको छ ।
रुखबाट लडेर घाइते वृद्धको मृत्यु
रुखबाट लडेर बुधवार दिउँसो घाइते भएका तनहुँको एक वृद्धको मृत्यु भएको छ । भिमाद नगरपालिका–५ मिर्छुलुङ आम डाँडामा बस्ने वर्ष ६५ वर्षीय मन हर्ष रानाको मृत्यु भएको जिल्ला प्रहरी प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।