७३ जनाद्वारा नेपाली नागरिकता परित्याग
स्याङ्जामा ७३ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । विसं २०६७ जेठ ३ गतेदेखि हालसम्म ४८ जना पुरुष र २५ जना महिलाले नेपाली नागरिकता परित्याग गरेका हुन् ।
हस्तकला उद्योगमा पोखरा र ललितपुरको सहकार्य
अध्ययन भ्रमणका क्रममा मङ्गलबार पोखरा आएको ललितपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँगको छलफलमा पर्यटन तथा हस्तकला उद्यममा सहकार्य गर्दै व्यावसायिक साझेदारी बढाउने सहमति भएको हो ।
ट्रान्स हिमालय एड्भेन्चरका राइडर मुस्ताङ प्रस्थान
सहासिक खेल अन्तरगत मोटरसाइकल राइडीङ्मा ट्रान्स हिमालय एड्भेन्चर अर्थात मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरुको टोली म्याग्दीको सदरमुकाम बेनीहुँदै मुस्ताङ तर्फ प्रस्थान गरेका छन् । काठमाडौंबाट हिमाल पारीको जिल्ला मुस्ताङ तर्फ प्रस्थान गरेको टोलीलाई म्याग्दी उद्योग वाणिज्य संघका महासचिव नारायण जिसीले म्याग्दीको सदरमुकाम बेनीमा स्वागत तथा बिदाई गर्नुभएको थियो । बेनीमा स्वागत गरी मुस्ताङ तर्फको यात्राका लागि बिदाई गर्नुभएको हो ।
बिस वर्षदेखि भाडाको टहरामा प्रहरी कार्यालय
नवलपुरको हुप्सेकोट गाउँपालिका–५, धौवादीस्थित इलाका प्रहरी कार्यालय, रुद्रपुर २० वर्षदेखि भाडाको टहराबाट सञ्चालन भइरहेको छ । पूर्वी नवलपरासीको पहाडी क्षेत्र भित्रिने मुख्य नाका धौवादीमा रहेको कार्यालयका प्रहरीले वर्षौंदेखि भौतिक संरचनाको असुविधा झेल्दै आइरहेका छन् । विसं. २०५८ मा एक प्रहरी सहायक निरीक्षकको ज्यान जाने गरी तत्कालीन नेकपा (माओवादी) को आक्रमणमा परेको कार्यालय पाँच वर्ष बन्द भएर २०६३ पुस ३० गते पुनस्र्थापना भएको थियो । त्यसयता कार्यालय भाडाको टिनको टहराबाट सञ्चालन भइरहेको हो । तत्कालीन प्रहरी महानिरीक्षक खड्गजित बरालले २०३२ सालमा कार्यालयको स्थापना गर्नुभएको थियो ।
एक जना प्राविधिकको भरमा ६० वटा योजना
खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षमा ६० वटा सिँचाइका योजना सञ्चालन गरेको छ । ती सबै योजनाको प्राविधिक जिम्मेवारी एकजना सब इन्जिनियरलाइ तोकिएको छ ।
स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु
नवलपुरको गैँडाकोटमा स्कुल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।
दुई जिल्ला जोड्ने कालीगण्डकी बेलिब्रिज जीर्ण
कालीगण्डकी ए जलविद्युत परियोजना निर्माणसँगै निर्माण भएको कालीगण्डकी बेलिब्रिज जीर्ण बनेको छ । २७ वर्ष पहिले निर्माण भएको मोटरेबल पुल निर्माण पश्चात् एक पटक पनि मर्मत सम्भार नहुँदा दुई जिल्ला जोडिने पुल जीर्ण बनेको हो ।
राजधानी भित्रने पर्यटकको तथ्याङ्क छैन
पर्यटकीय राजधानी पोखरा भित्रिने विदेशी पर्यटकको सङ्ख्या यकिन हुन सकेको छैन । नेपाल घुम्न आउने पर्यटकमध्ये आधा पर्यटक पोखरा भित्रने आङ्कलन गरिए पनि वास्तविक तथ्याङ्क कुनै निकायसँग पनि छैन ।
पर्वतमा दम्पती हत्या : कुकुरसहितको अनुसन्धान टोली
म्याग्दीको सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दह हत्या घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखरबाट तालिम प्राप्त कुकुर सहितको विशेष टोली हिँडेको प्रहरीले जनाएको छ।
आत्महत्या दुरुत्साहनमा चार जनाविरुद्ध मुद्दा दर्ता
गोरखाको सिरानचोक गाउँपालिका-७ अमिलेडाँडका ७१ वर्षीय मनबहादुर खड्कालाई झुन्डिएर आत्महत्या गर्न बाध्य बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले ४ जनालाई नियन्त्रणमा लिएर मुद्धा दर्ता गरेको छ ।
तीन वर्षमा ५५ दुर्घटना : ४० जनाको मृत्यु
बागलुङमा हरेक वर्ष दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षमा सबैभन्दा बढी मृत्यु हुने सङ्ख्या यस वर्षको छ । यस वर्ष १६ जनाले ज्यान गुमाएका छन् ।
उद्यमीलाई कपडाको झोला बनाउने तालिम
म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका क्षेत्रभित्र प्लाष्टिकको झोला प्रयोगलाई कम गर्न पालिकाभित्रका सबै वडाबाट समेटेर उद्यमीलाई कपडाको झोला बनाउने तालिम प्रदान गरेको छ ।
जलजलामा दम्पतीकाे हत्या
पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा सोमबार राति एक दम्पतीकाे हत्या भएको छ । अपरिचित व्यक्तिले ६८ वर्षीय सूर्यबहादुर जिसी र उहाँको अन्दाजी ६५ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
म्याग्दीका वनपाखामा लालीगुराँस हेर्नेको भीड
वसन्त ऋतुको सुरुवातसँगै हिमाली जिल्ला म्याग्दीको उच्च र मध्य लेकाली क्षेत्रका वनपाखा रङ्गीबिरङ्गी लालीगुराँसले रङ्गिएपछि लालीगुराँसको छेकोबाट सेता हिमाल हेर्दै रमाउन पर्यटकहरु लेकाली क्षेत्रमा उक्लिएका छन् ।
एक दशकसम्म पनि भएन पुल निर्माण
पूर्वी नवलपरासीको बुलिङटार र तनहुँको ऋसिङ गाउँपालिकाको गडगडीघाटको कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको निर्माण सुरु भएको १० वर्ष बित्न लाग्दासम्म तीन पिल्लर मात्र बनाएर ठेकेदार फरार भएपछि स्थानीय चिन्तित भएका छन् । कालीगण्डकी कोरिडोर हुँदै बुलिङटारको कोखेबाट तनहुँको ऋसिङको मधुवन हुँदै रूपटार भएर भिमाद पुग्न पक्की पुलको निर्माण सुरु गरिएको १० वर्ष बित्न लाग्दा पनि काम हुन सकेको छैन । बुलिङटार गाउँपालिकाका पूर्वकार्यपालिका सदस्य गौतम दरैले चार वर्षमा सक्ने गरी अघि बढेको उक्त पुल अहिले अलपत्र अवस्थामा पुगेपछि स्थानीयले सङ्घीय सरकार, प्रदेश सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो ।
मुग्लिन–पोखरा सडक विस्तार : चैतभित्र अनधिकृत संरचना हटाउन आग्रह
केही घरधनी सम्पर्कमा नआएका, केहीले मुआब्जाको पहिलो किस्ता बुझेर पनि संरचना हटाउन ढिलाइ गरेकाले चैतभित्रै त्यस्ता संरचना हटाउन नगरपालिकाले आग्रह गरेको हो ।
विपन्न परिवारलाई निःशुल्क धारा
पूर्वी नवलपरासीको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले विपन्न परिवारलाई निःशुल्क धारा जडान गर्न मिटर वितरण गरेको छ । संस्थाका अध्यक्ष दीपकराज लम्साल, कावासोती नगरपालिका–८ का वडाध्यक्ष भीमबहादुर रिमाल ‘गोकर्ण’ लगायत सम्पूर्ण पदाधिकारीले संयुक्त रूपमा ३२ घरधुरी विपन्न परिवारलाई मिटर हस्तान्तरण गर्नुभएको थियो ।
लगानी दस लाख, असुली त्रिचालिस लाख
नवलपुर प्रहरीले जिल्लामा मिटरब्याजको समस्या निकै जटिल र चुनौतीपूर्ण देखिएको बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरी रेग्मीले गोरखापत्रसँग कुरा गर्दै मिटरब्याजी र अनुचित लेनदेनको कारोबारीको जालो फैलिएको भन्दै समस्या समाधानमा प्रहरी निर्मम भएर लागेको बताउनुभयो ।
प्रतिव्यक्ति आय साढे दुई हजार पुर्याउने लक्ष्य
गण्डकी प्रदेश सरकारले आगामी पाँच वर्षमा प्रतिव्यक्ति आय दुई हजार पाँच सय डलर पु¥याउने लक्ष्य लिएको छ । ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सम्मानित प्रदेशवासी’ भन्ने लक्ष्यसहित तयार गरिएको पञ्चवर्षीय योजना पूरा हुँदा प्रदेशवासीको प्रतिव्यक्ति आयसहित अर्थतन्त्रका धेरै पक्षमा उल्लेख्य सुधार गर्ने योजनाको लक्ष्य छ ।
आठ फिट लामो अजिङ्गरको उद्धार
तनहुँको व्यास नगरपालिका–१३ बेलबासमा आठ फिट लामो अजिङ्गरको सोमबार उद्धार गरिएको छ । डिभिजन वन कार्यालय तनहुँका कर्मचारीको सहयोगमा अजिङ्गरको उद्धार गरिएको हो ।
रैथाने बाली प्रवर्द्धन गर्न किसानलाई कृषि उपकरण वितरण
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि उपकरण प्रदान गरिएको छ । स्थानीय खाद्य तथा पोषण सुरक्षामा टेवा र रैथाने बालीको उत्पादन वृद्धि तथा बजार प्रवर्द्धन गरी किसानहरूको आयस्तरमा वृद्धि गराउन गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको हो ।
व्यास नगरपालिकाद्वारा राजमार्ग विस्तारमा सहयोग गर्न आग्रह
विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको मुग्लिङ–पोखरा खण्डको काम तनहुँको सदरमुकाम दमौलीमा राजमार्गको क्षेत्राधिकार भित्र रहेको घर भत्काउन ढिलाइ हुँदा प्रभावित भएको छ ।
हिउँ रहे पो हिमालचुली !
“जाडोको खासै महसुस गर्न नपाई हिउँद बित्यो”, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका डमबहादुर पुनले भन्नुभयो, “पोहोर र अहिले घोरेपानी–पुनहिलमा हिउँ नै परेन ।” ३२ सय १० मिटर उचाइको पुनहिल केही वर्षअघिसम्म हिउँले छपक्कै ढाकिने गरेको उहाँले सुनाउनुभयो ।
गोरखाको लाप्राकमा ढकमक्क फुलेको लालीगुराँस
गोरखाको उत्तरी क्षेत्र धार्चे गाउँपालिका–४ लाप्राकमा ढकमक्क फुलेका लालीगुराँस हेर्न आउनेको भीड नै लाग्ने गरेको छ ।