म्याग्दीमा १६ किलोमिटर सडक कालोपत्र हुँदै
म्याग्दीमा चालु आर्थिक वर्षमा १६ किलोमिटर सडक कालोपत्रका लागि तयारी भइरहेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेका बहुवर्षीय र सालबसाली आयोजनामार्फत १६ दशमलव दुई किलोमिटर सडक कालोपत्र-आरसिसी र पिसिसी ढलान गर्न लागेको हो ।
गण्डकीमा सरकार बनाउन दलहरूको कसरत सुरु
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार पदबाट राजीनामा दिएपछि गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।
एमाले स्याङ्जा अधिवेशनको तयारी पूरा
नेकपा (एमाले) स्याङ्जाको शुक्रबारबाट सुरु हुने नवौँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । पार्टीको सम्मेलन प्रचारप्रसार कमिटीले बिहीबार पुतलीबजार नगरपालिका–१ मा रहेको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सबै तयारी पूरा भएको बताएको हो ।
शुक्रबार राष्ट्रपति पौडेल तनहुँको कार्यक्रममा सहभागी हुनुहुने
राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार गृह जिल्ला तनहुँ आउनुहुने भएको छ। भिमाद नगरपालिका–६ भिमाद बजारस्थित जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटन गर्न तनहुँ आउनुहुने भएको हो।
सोलुखुम्बुबाट मनाङ ल्याइएका याकमा समस्या
सोलुखुम्बुको याक आनुवंशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नस्लका लागि मनाङ ल्याइएका ९ वटा याक दुब्लाउँदै गएका छन् ।
गण्डकी गाउँपालिकामा निःशुल्क स्वास्थ्य बिमा
गोरखाको गण्डकी गाउँपालिकाले एक सय ५ जना दीर्घरोगी र गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य बिमा गरेको छ ।
काभ्रेभिरको सडकमा ‘रक एङ्करिङ’
काभ्रेभिरमा पुग्दा बेनी–जोमसोम सडकमा यात्रा गर्ने धेरैजसो यात्रुको मुटु काप्ने गर्छ । म्याग्दी र मुस्ताङको सिमानामा रहेको करिब दुई किलोमिटर दूरीको काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्र बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा जोखिमयुक्त मानिन्छ ।
“स्थानीय सरकारको अनुभूति दिलाएका छौँ” : लोप्साङ छोम्पेल
माथिल्लो मुस्ताङमा पर्ने लो–घेकर दामोदरकुण्ड गाउँपालिका जिल्लाको उत्तरी भेगमा अवस्थित छ । एक हजार २९२ जनसङ्ख्या रहेको यो गाउँपालिका प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त पालिकाका रूपमा रहेको छ । प्रसिद्ध धार्मिकस्थल दामोदरकुण्ड यसै गाउँपालिकामा पर्दछ । कालीगण्डकी कोरिडोर यो पालिका हुँदै कोरला नाकामा जोडिएको छ । साबिकका चराङ, घमी र सुर्खाङ गाउँ विकास समितिलाई समेटेर लो–घेकर दामोदरकुण्ड
राजधानीवासीलाई पोखरा भ्रमणको निम्तो
नयाँ वर्षका अवसरमा ‘संस्कृति, पर्यटन र खाना’ भन्ने नारासहित पोखराको फेवाताल किनारमा फेवा नववर्ष महोत्सवको आयोजना हुने भएको छ । होटल सङ्घ पोखराको आयोजनामा यही चैत २९ देखि वैशाख १ सम्म १९ औँ संस्करणको महोत्सव आयोजना हुन लागेको हो ।
स्ट्रबेरी खेती फस्टाउँदो
पूर्वी नवलपरासीमा व्यावसायिक स्ट्रबेरी खेती फस्टाउँदै जान थालेको छ । तराईमा स्ट्रबेरी खेती हुन्छ, यसबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्दा, सुन्दा अचम्म लाग्न सक्छ तर जिल्लाको कावासोती नगरपालिका–७ मा यो खेती फस्टाएको छ । तीन वर्षअघिबाट यहाँ मिश्रा पराजुलीले व्यावसायिक स्ट्रबेरी खेती सुरु गर्नुभएको छ । उहाँले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ । नवलपुर क्षेत्रमै पहिलो पटक व्यावसायिक रूपमा स्ट्रबेरी खेती सुरु गर्नुभएका पराजुलीले पहिलो वर्षभन्दा दोस्रो वर्ष राम्रो आम्दानी गर्न सफल भएको बताउनुहुन्छ ।
ठेक्का सम्झौताको दुई वर्षसम्म पनि सवस्टेसन निर्माण सुरु भएन
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा ठेक्का सम्झौता भएको २६ महिनासम्म पनि सवस्टेसन निर्माणको काम सुरु भएको छैन । सवस्टेसनमा निर्माणमा भएको ढिलाइका कारण राहुघाट र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजना अन्यौलमा परेका छन् ।
सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य : मन्त्री गिरी
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारको प्रमुख लक्ष्य सुशासन र समृद्धि रहेको बताउनुभएको छ ।
पोखरामा आगामी सातादेखि महोत्सव
‘पर्यटन, संस्कृति र खाना’ नाराका साथ कास्कीको पोखरामा यही चैत २९ गतेदेखि फेवा नववर्ष महोत्सव, २०८१ आयोजना हुनेभएको छ ।
पाँच महिना नबित्दै उप्कियो बेनी-गलेश्वर सडक कालोपत्र
उत्तर-दक्षिण जोड्ने काली गण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजना अन्तर्गत बेनी-गलेश्वर सडक खण्डको कालोपत्र पाँच महिना नबित्दै उप्किएको छ ।
स्याङ्जामा प्रहरीको लापसे परीक्षण अभियान
दैनिक रुपमा बढ्दै गएको सवारी सवारी दुर्घटनाको नयाँ कारण लागु पदार्थ सेवन पनि देखिएको छ ।
गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । बुधबार बिहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले दिउँसो संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।
गाउँमा म्याद गुज्रेका सामान विक्री
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका लक्ष्मण बरुवालले पसलमा बिक्रीका लागि राखेको म्याद सकिएको मैदाको चार बोरा तीन महिनाअघि फेला परेको थियो ।
बालिका जबरजस्ती करणी अभियोगमा १९ वर्ष कैद फैसला
तनहुँ जिल्ला अदालतले बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक अभियुक्तलाई १९ वर्ष कैद फैसला सुनाएको छ ।
बजेट नआएपछि विद्यालय भवन निर्माण रोकियो
थप बजेट प्राप्त नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित प्रभा माध्यमिक विद्यालयको निर्माणाधीन विद्यालय भवन प्रभावित बनेको छ ।
दुर्घटनामा ज्यान गुमाउने परिवारलाई ५० हजार राहत
गोरखा नगरपालिकाले नगरभित्रका विपद लगायत अन्य दुर्घटनमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रति व्यक्ति रु ५० हजार उपलब्ध गराउने भएको छ ।
गण्डकीका मुख्यमन्त्री पाण्डेको राजीनामा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनुभएको छ । अल्पमतमा पर्नुभएका पाण्डेले बुधबार सवा ११ बजे प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा दिनुभएको हो ।
तनहुँमा नयाँ शिक्षकको दरबन्दी निर्धारण
शिक्षक सेवा आयोगबाट तनहुँका लागि सिफारिस भएका प्राथमिक तहका स्थायी शिक्षकको स्थानीय तहमा दरबन्दी निर्धारण गरिएको छ ।
बेनी नगरपालिकालाई दुई वर्षभित्र बालमैत्री स्थानीय तह बनाइने
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम रहेको बेनी नगरपालिकामा बालमैत्री स्थानीय तहका रुपमा ल्याउनका लागि बालमैत्री स्थानिय शासन कार्यक्रम सुरु गरिएको छ ।
म्याग्दीको विकट गाउँ सडक सञ्जालमा जोडियो
म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका–४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो ।