पर्यटक सूचना केन्द्र पुनः सञ्चालनमा
म्याग्दी जिल्ला भित्रका अधिकांश पर्यटकीय स्थलहरूको जानकारी प्रदान गर्नका लागि स्थापित पर्यटक सूचना केन्द्र नव वर्षको अवसरबाट पुनः सञ्चालनमा आएको छ ।
लेक लागेर २९ जनाको मृत्यु
हिमालपारीको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटक २९ जनाको लेक लागेर ज्यान गएको छ ।
कान्छी शिक्षिकाहरू भन्नुहुन्छ –विदेश होइन स्वदेशमै मेहनत गर्नुपर्छ
सुष्मिता रानाभाट र अञ्जना भण्डारीले तनहुँको कान्छी स्थायी शिक्षक भनेर अहिले सामाजिक सञ्जालदेखि समाजसम्म चर्चा कमाइरहनु भएको छ ।
द्वन्द्वपीडितको माग स्वास्थ्य शिक्षा र रोजगारी
द्वन्द्वप्रभावितले राज्यबाट अझै न्याय, सम्मान र संरक्षण नपाएको गुनासो गरेका छन् । तीन तहकै सरकारले द्वन्द्वमा मारिएका, बेपत्ता पारिएका, अङ्गभङ्ग बनाइएका, यातना दिइएका र विस्थापित पारिएका परिवारलाई सम्हाल्ने ठोस योजना नबनाएको द्वन्द्वपीडितको आरोप छ । सङ्घीयता र संविधान निर्माणपछिका वर्षमा समस्या समाधानमा ठोस कदम नचालिएको बरु नेताले ‘खोलो तर्ने लौरो बिर्सने’ गरेको गुनासो द्वन्द्वपीडितको छ ।
बेनी–कोरलाको ४८ किलोमिटर सडक कालोपत्र
दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ ।
पचास लाखको लागतमा तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण
तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर रु ५० लाखको लागतमा पुनर्निर्माण सम्पन्न भएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा पुनर्निर्माण पूरा भएको हो ।
चैते धान प्रवर्द्धन गर्न कृषकलाई अनुदान
कृषि ज्ञानकेन्द्र तनहुँले चैते धानखेती प्रवर्द्धन गर्न कृषकलाई अनुदान दिएको छ । चैतेधान प्रवर्द्धन कार्यक्रममार्फत कृषकलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको हो ।
गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी
पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने ।
ग्रामीण जीवनशैली झल्किने ‘सिरुबारी’
ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो । सिङ्गो बस्ती नै सफा र सुन्दर देखिन्छ । यो सिरुबारी गाउँको विशेषता हो । स्याङ्जाको आँधीखोला गाउँपालिका-१ स्थित सिरुबारी गाउँ दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ हो । गुजुमुज्ज परेको गुरुङ बस्ती । आफ्नै भेषभूषा र संस्कृतिले भरिएको छ । यो गाउँ घरबास (होमस्टे) सञ्चालन गर्नेहरुका लागि पाठशाला नै हो । नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्मका घरबास सञ्चालक यहाँ आएर ज्ञान र सीप लिने गर्दछन् ।
नयाँ वर्षका अवसरमा होमस्टेमा घुइँचो
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबिच रमाइलो गर्ने प्रचलनले नवलपुरका होमस्टेमा पर्यटकको चाप बढेको छ । पर्यटनका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । योसँगै नयाँ वर्षको रौनकताले यहाँका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बाक्लिएको हो ।
गण्डकीका मुख्य न्यायाधीवक्ता अधिकारीको शपथ
गण्डकी प्रदेशका नवनियुक्त मुख्य न्यायाधीवक्ता कृष्णप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
फेवातालमा डुंगा दुर्घटना, एक जनाको उद्धार
पोखराको फेवातालमा बिहीबार दिउँसो डुंगा पल्टिँदा तालका खसेका यात्रुको उद्धार गरिएको छ।
नयाँ वर्षको अवसरमा पर्यटकले होमस्टे भरिभराउ
नयाँ वर्षको अवसरमा स्थानीय होमस्टे पर्यटकहरूले भरिभराउ भएको छ । विगत वर्षझैँ यो वर्ष पनि नवलपुरका होमस्टेमा पर्यटकको चाप बढेको देखिएको छ ।
पर्यटन राजधानी पोखरा: जाग्दै आशा, बढ्दै लगानी
अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका पर्यटनको राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट थप खुसी छन् ।
गण्डकीमा थपिए दुई मन्त्रालय
गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या नौ पुगेको छ। यसअघि सात मन्त्रालय रहेकोमा मंगलबारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आन्तरिक मामिला मन्त्रालयलाई अलग गरेको हो।
पोखरामा बस दुर्घटना, नौ घाइते
पोखरामा बिहीबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा नौ जना घाइते भएका छन्। काठमाडौंबाट म्याग्दी जाँदै गरेको ग २ ख १६३० नम्बरको बस पोखरा महानगरपालिका वडा नम्बर २५ सुइँखेतमा दुर्घटना भएको थियो।
उपप्रमुख न्यौपानेसहित आठविरुद्ध आरोपपत्र दायर
गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनासहित आठ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोप लागेको छ ।
सूचीकरणपछि किसानलाई परिचयपत्र वितरण गरिने
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानलाई परिचयपत्र वितरण गर्न शुद्धीकरण अभियान सुरु गरेको छ । गाउँपालिकामा सञ्चालित किसान सूचीकरण कार्यक्रमअन्तर्गत सहजकर्ता छनोट गरी उनीहरूलाई तालिम दिइएको हो ।
माथिल्लो मनाङमा धनुर्विद्या खेल सुरु
उपल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६ मा धनुर्विद्या खेल आजबाट सुरु भएको छ । एक सातासम्म मनाइने यो खेललाई मनाङीले आफ्नो परम्परा र सम्पदाको उत्सवका रूपमा लिने गर्दछन् ।
‘पर्यटकीय गन्तव्यको पूर्वजानकारी दिन सूचना बोर्ड’
पर्यटकलाई आफू पुग्ने पर्यटकीय गन्तव्यको पूर्वजानकारी दिन तल्लो मनास्लु पर्यटकीय पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको छ ।
‘इद पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति जगेर्ना गरेको छ’
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
अभियोगबाट जोगिन ‘डिभोर्स’ को नाटक
नवलपुर सदरमुकाम कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाका अध्यक्ष गोपीकृष्ण शर्मा अरू दिन जस्तै बुधबार पनि कार्यालयमै झन्डै ५०/६० जना बचतकर्ताको घेराबन्दीमा हुनुहुन्थ्यो । “हाम्रो पैसा कहिले दिने ?” भन्ने बचतकर्ताको प्रश्नमा उहाँसँग कुनै जवाफ थिएन । बरु प्रहरीकोमा तारिख धाउन हतार भयो भन्दै भिडबाट उम्कने प्रयास गरिरहनुभएको थियो ।
युवालाई देशमा रहने वातावरण तयार
तनहुँको शुक्लागण्डकी नगरपालिकामा विकास र समृद्धिको प्रचुर सम्भावना छ । माछापुच्छ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम, थप्रेक, राईपुर, लामागाउँ जस्ता उच्च तथा रमणीय ठाउँ यस नगरपालिकामा रहेका छन् । देशको राजधानी काठमाडौँदेखि १७० किलोमिटर पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ किलोमिटरमा नगरपालिका रहेको छ । पृथ्वी राजमार्गले बिच भागबाट छिचोलेकाले यस नगरपालिकाका अधिकांश वडामा सडकको पहुँच पुगेको छ । यस नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित कृष्णराज पण्डितसँग तनहुँ समाचारदाता अमरराज नहर्कीले गर्नुभएको कुराकानी :
एमाले नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ सर्वसम्मत
नेकपा (एमाले) नवलपुरको नवौँ अधिवेशनले जीवन श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ।