• १९ असार २०८१, बुधबार

कौरा नाचको जर्गेना गर्न खुला कौरा प्रतियोगिता

blog

दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थी कौरा नृत्य देखाउँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, चैत १९ गते । कौरा नाच्न तथा गीत गाउन युवा पुस्तालाई सिकाउने र पुरानो संस्कृति जर्गेना गर्न तनहुँमा मौलिक खुला कौरा प्रतियोगिता हुने भएको छ । मिछुर्लुङ पर्यटन विकास समितिको आयोजनामा भिमाद नगरपालिका-५ स्थित मिछुर्लुङमा प्रतियोगिता हुने भएको हो । 

नेपालीहरूको नयाँ वर्ष आगामी वैशाख १ गते प्रतियोगिता गर्ने निर्णय भएको समितिका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिनुभयो । थापाले भन्नुभयो, "मगर समुदायको लोकप्रिय मौलिक नाच कौराको जर्गेना गरी गाउँको पर्यटन प्रवर्द्धन गर्ने र पर्यटन गतिविधिबाट स्थानीयको आयआर्जन वृद्धि गर्ने मुख्य उद्देश्यले प्रतियोगिता गर्ने निर्णय गरिएको हो ।"

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार पुरस्कार प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा लोकदोहोरी गायक राजु परियार र गायिका शिला आलेको सांस्कृतिक कार्यक्रम समावेश गरिएको आयोजकले जनाएको छ ।  प्रतियोगिताको सहआयोजकमा मगर लाफा भिलेजका र मिछुर्लुङ सांस्कृतिक समूह रहेको छ ।