• २४ वैशाख २०८२, बुधबार

कांग्रेस तनहुँ जिल्ला सम्मेलनको तयारी पूरा

blog

कांग्रेस तनहुँले चन्दा सङ्कलन गरी निमार्ण गरेको भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, पुस ८ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर सोमबार तनहुँ आउनुहुने भएको छ । सभापति देउवा दमौलीस्थित बिपी स्मृति भवन उद्घाटन तथा कांग्रेस तनहुँको जिल्ला सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

नेपाल प्रेस युनियन तनहुँले आइतबार गरेका पत्रकार सम्मेलन प्रचारप्रसार समितिका संयोजक डम्बरबहादुर अधिकारीले सभापति देउवा आउने हुने र तयारी पुरा भएको जानकारी दिनुभयो । देउवाले सोही दिन जिल्लास्थित कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जिल्ला सदस्य सिर्जना तिवारीले बताउनुभयो । 

कात्तिक २४ गते उद्घाटन गर्न भनिएकोमा जाजरकोट र रुकुममा भूकम्प गएकोले कार्यक्रम स्थगित गरिएको र त्यही रोकिएको कार्यक्रमलाई पुस ९ गतेलाई तय गरिएको हो नेपाली कांग्रेस तनहुँले जनाएको छ । एक हजार आठ सय ४७ जना चन्दादाताबाट भवन एक करोड ७२  लाखमा आठ आना जग्गामा भवन निर्माण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पुस १० मङ्गलबार दमौलीमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।

बिपी स्मृति भवन उद्घाटन तथा जिल्ला सम्मेलनको लागि नौ वटा उप समिति गठन गरिएको छ । मञ्च व्यवस्थापनको लागि संयोजकमा लक्ष्मीभक्त खनाल, स्वयंसेवक परिचालन संयोजकमा मोहन गिरी, प्रचारप्रसार संयोजकमा डम्बर अधिकारी, प्रशंसापत्र लेखन तथा व्यवस्थापन संयोजकमा हुतमणी अधिकारी, स्वागत तथा सत्कार संयोजकमा हरि वाग्ले, स्टल व्यवस्थापन संयोजकमा मिलन आले, खाजा व्यवस्थापन संयोजकमा शिव खत्री, अनुगमन समितिको संयोजकमा  रामबहादुर अधिकारी र रजिष्ट्रेसन संयोजकमा परमेश्वर भट्टराईलाई जिम्मेवारी तोकिएको कांग्रेस तनहुँले जनाएको छ । 

कार्यक्रममा केन्द्रीय पदाधिकारीहरू, पूर्वपदाधिकारीहरू, गण्डकी प्रदेशका पदाधिकारी, जिल्ला पदाधिकारी तथा सदस्यहरू प्रतिनिधि सभा निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरू, प्रदेश निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरू, पालिकाका पदाधिकारीहरू तथा सदस्यहरू, वडाका पदाधिकारी तथा सदस्य, टोल समितिका पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन् । सभापति आउने कार्यक्रमको सहभागिताको लागि जिल्लाका कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई कांग्रेस तनहुँले आह्वान गरेको छ । भवन उद्घाटन कार्यक्रममा चन्दादातालाई सम्मानको कार्यक्रम राखिएको प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मियाले जानकारी दिनुभयो ।