• २४ वैशाख २०८२, बुधबार

कांग्रेस सभापति देउवा आज तनहुँ आउनु हुँदै

blog

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, पुस ९ गते । 
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तनहुँले निर्माण गरेको बिपी स्मृति भवन उद्घाटन तथा कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न आज तनहुँ आउनुहुने भएको छ ।

एक हजार आठ सय ४७ जना चन्दादाताबाट भवन एक करोड ७२ लाखमा आठ आना जग्गामा भवन निर्माण गरिएको भवन सभापति देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले जानकारी दिनुभयो ।

बिपी स्मृति भवन उद्घाटन तथा जिल्ला सम्मेलनका लागि नौ वटा उपसमिति गठन गरिएको छ । मञ्च व्यवस्थापनका लागि संयोजकमा लक्ष्मीभक्त खनाल, भोलियन्टर परिचालन संयोजकमा मोहन गिरी, प्रचार प्रसार संयोजकमा डम्बर अधिकारी, प्रशंसापत्र लेखन तथा व्यवस्थापन संयोजकमा हुतमणी अधिकारी, स्वागत तथा सत्कार संयोजकमा हरि वाग्ले, स्टल व्यवस्थापन संयोजकमा मिलन आले, खाजा व्यवस्थापन संयोजकमा शिव खत्री, अनुगमन समितिको संयोजकमा  रामबहादुर अधिकारी र रजिष्टेशन संयोजकमा परमेश्वर भट्टराईलाई जिम्मेवारी तोकिएको कांग्रेस तनहुँले जनाएको छ ।

कार्यक्रममा केन्द्रीय पदाधिकारीहरू, पूर्वपदाधिकारीहरु,  गण्डकी प्रदेशका पदाधिकारी,  जिल्ला पदाधिकारी तथा सदस्यहरू प्रतिनिधि सभा निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरू, प्रदेश निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरू, पालिकाका पदाधिकारीहरू तथा सदस्यहरू, वडाका पदाधिकारी तथा सदस्य, टोल समितिका पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन् ।

कार्यक्रममा भवन निर्माण तथा जग्गा खरिदमा सहयोग गर्नुहुने चन्दादाताहरूलाई सम्मान गर्ने कार्यक्रम राखिएको प्रचारप्रसार उपसमितिका संयोजक डम्बरबहादुर अधिकारीले जानकारी दिनुभयो ।