• १५ वैशाख २०८१, शनिबार

भलिबल कप्तान श्रेष्ठ सम्मानित

blog

मानबहादुर श्रेष्ठलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष प्रकाश तिवारी । तस्बिर : गोरखापत्र

अर्जुन काफ्ले 

स्याङ्जा, चैत १५ गते । नेपाली राष्ट्रिय भलिबल टोलीका  कप्तान मानमाहादुर श्रेष्ठ र सदस्य धनबहादुर भट्ट (डीबी) लाई सम्मान गरिएको छ । अर्जुन चौपारी गाउँपालिकाले बिहीबार श्रेष्ठ र भट्टलाई दोसल्ला ओडाएर मायाको चिनोसहित सम्मान गरेको हो । 

यहाँको दरौखोला युवा परिवारले फागुपुर्णिको अवसरमा सञ्चालन गरेको पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन आउनु भएका श्रेष्ठ र भट्टलाई सम्मान गरेको हो । श्रेष्ठ र  भट्ट वडा नं २ को अग्रदिप युवा क्लबबाट खेल खेल्न आउनुभएको हो ।

खेलाडी देशका गहना भएको बताउँदै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकामा सम्मान गर्न पाएकोमा खुसी ब्यक्तगर्नुभयो । क्याप्टेन श्रेष्ठले गाउँमा रहेका खेलाडीलाई खेलको माध्यबाट केही सिकुन् भन्ने उद्देश्यले खेल खेल्न आएको बताउनुभयो । 

उहाँले आफूहरूको खेलहेरेर गाउँमा रहेका खेलाडीले केही सिक्ने बताउँदै आफूहरू पैसा भन्दा पनि खेल सिकाउन आएको बताउनुभयो ।