• १३ साउन २०८१, आइतबार

राष्ट्रपति पौडेल शनिबार देवघाट आउनुहुँदै

blog

अमरराज नहर्की 

तनहुँ, चैत्र १६ गते । राष्ट्रपति रामचन्द्र पौडेल भोलि देवघाट आउनुहुने भएको छ । तनहुँ र चितवन जोड्ने पुल उद्घाटन गर्नुहुनेछ । पौडेलले देवघाट धामको दर्शन तथा तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदीमाथि निर्मित पुलको उद्घाटन गर्न आउन लाग्नुभएको हो । 

 देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाका अनुसार राष्ट्रपति पौडेलले पुल उद्घाटनसँगै देवघाट धामको दर्शन गर्ने कार्यक्रम रहेको र  देवघाटको गलेश्वर धाम निर्माण गरिएको जेष्ठ नागरिक शान्ति गृहको उद्घाटन गर्ने कार्यक्रम छ । निर्माण सुरु भएको  करिब १० वर्ष पछि हालै पुलमा सवारी साधन सञ्चालनमा आएको छ । उक्त पुल ८.५ मिटर चौडाइ र २२० मिटर लामो छ ।

उक्त पुल २०७१ सालको कात्तिक २० गते निर्माण कम्पनीसँग सम्झौता गरी काम अघि बढाइएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलले जानकारी दिनुभयो । पुल निर्माणका लागि सुरुमा १९ करोड १० लाख ६६ हजारमा ठेक्का सम्झौता भएको भए पनि संशोधित लागत २१ करोड ६८ लाख ४८ हजार छ । नक्साङ्कन परिवर्तन, भौगोलिक हिसाबले कठिन ठाउँ, बनेर सक्न लाग्दा पुल भत्किनुलगायते गर्दा ढिलाइ भएको समितिले जनाएको छ । उक्त पुलमा कङ्क्रिटका ४०-४० मिटरका तीन वटा र स्टिलको एउटा ८० मिटरको स्पान छ ।