• १३ साउन २०८१, आइतबार

किरियापुत्री दाजुभाइले दिए एसइई

blog

किरियापुत्री दाजुभाइ । तस्बिर : शिक्षा विकास एकाइ ।

अर्जुन काफ्ले

स्याङ्जा, चैत १५ गते । पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । फेदिखोला ४ घर भई सिद्धार्थ मावि फेदिखोला १ मा अध्ययनरत सङ्गम क्षेत्री र सौगात क्षेत्री दुई दाजुभाइले परीक्षा दिएका हुन् । 

बाबाको मृत्यु भएका चौथो दिनमा परीक्षा दिएका सङ्गमको ०४३००५६५ आई र सौगातको ०४३००५६८ एल सिम्बोल नम्बर छ । शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले पहिलो दिनको परीक्षामा चार हजार ९९ जना परीक्षार्थी सहभागी भएको र ३४ जना अनुपस्थित रहेको बताउनुभयो । परीक्षामा १९ छात्रा र १६ छात्र अनुपस्थित भएको आचार्यले बताउनुभयो । 

यहाँ रहेका एक सय ६८ विद्यालयका विद्यार्थीले २६ वटा केन्द्रबाट परीक्षा दिएका हुन् । यसअघि यहाँ ३४ वटा केन्द्र रहेकोमा १० वटा घटाइएको हो भने दुई वटा नयाँ थपिएको हो ।