• १३ साउन २०८१, आइतबार

पोखरा अर्चलेमा बस दुर्घटना, दुई घाइते

blog

दुर्घटना भएको बस । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, चैत १७ गते । पोखरा महानगरपालिका वडा नम्बर २७, अर्चलेमा शनिबार बिहान बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । 

ग १ ख ८६८० नम्बरको बस शनिबार बिहान लेखनाथचोकबाट अर्चले जाने बाटोमा दुर्घटना हुँदा चालक र सहचालक घाइते बनेका हुन् । 

लेखनाथतिर फर्किँदै गरेको बस शनिबार बिहान १० बजेतिर दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो । 

दुर्घटनामा घाइते चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । 

यात्रुले रिजर्भ गरेको बस फर्किदा अन्य यात्रु भने थिएनन् । घाइते दुवैको अवस्था सामान्य रहेको र बस २ बजेतिर बाटोबाट हटाइएको शर्माले जानकारी दिनुभयो ।