नेकपा एमाले गोरखाको जिल्ला अधिवेशन आजबाट सुरु
नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन आज २ बजेबाट सुरु हुने भएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय उपमहासचिव पृथ्बी सुब्बा गुरुङले गोरखा नगरपालिका-८ को चाईनिजधारामा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा एक कार्यक्रमका बिच उद्घाटन गर्नुहुने नेकपा एमाले गोरखाका उपाध्यक्ष कृष्ण नेपालीले जानकारी दिनुभयो ।
गलेश्वर मन्दिरमा दर्शनार्थीको भिड
हिन्दूधर्मावलम्बीहरुको पवित्र तीर्थस्थलको रूपमा रहेको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम मन्दिरमा दर्शनार्थीहरुको भिड लागेको छ ।
झोलुङ्गे पुल सञ्चालन
बागलुङ बजारदेखि पर्वतको जलजला गाउँपालिका जोड्न कालीगण्डकी नदीमाथि निर्माण भएको ५२४ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा आएको छ । उक्त पुल निर्माण योजना सम्पन्न गर्नुपर्ने मितिभन्दा चार महिनाअगावै सम्पन्न भएको हो । लक्ष्यभन्दा अगावै पुल निर्माण गरेर व्यवसायीले उदाहरण प्रस्तुत गरेका छन् ।
छेम्दीमा ‘एक घर, एक धारा’
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरेका हुन् ।
उपप्रमुखद्वारा प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला
गोरखा नगरपालिकाको १३ औ नगर सभा समापन पछि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको छ । उपप्रमुख सहित नेपाली काङ्ग्रेसबाट निर्वाचित नगर सभाका सदस्यहरूले बिहीबार एक बिज्ञाप्ती जारी गर्दे नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले नगर सभाको प्रतिवेदनहरू माथि छलफल नगराएको भन्दै प्रमुख प्रशासकीय अधिकृतको व्यवहार प्रति आपत्ति जनाएका छन् ।
पशुपतिमा शनिबारसम्म २४ घण्टा सशस्त्र प्रहरीको स्वास्थ्य सेवा
शिवरात्रिको अवसरमा भक्तजनको सुविधाको लागि सशस्त्र प्रहरी बलले पशुपतिनाथ मन्दिर परिसरमा २४ घण्टा स्वास्थ्य सेवा प्रदान गरेको छ।
गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन नौ दिनमै अन्त्य गरिएको छ ।
खोले साग बिक्रीबाट मनग्य आम्दानी
नवलपुर जिल्लाको सिमसार क्षेत्रमा पाइने पालुङ्गे (खोले) सागको माग बढ्दो छ । गर्मी मौसममा अन्य सागको उत्पादन कम हुने भएकाले पनि खोले सागको माग बढ्दो छ।
सात दशक नाघेका रामबहादुरको लोभ लाग्दो कागती खेती
उमेरले ७० वर्ष पुगिसकेको छ । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता दिलाउन स्थानीय वडा कार्यालयले सिफारिस गरिसकेको छ ।
मुग्लिन–पोखरा सडक विस्तार : दमौलीका ५० घरधनीले बुझे मुआब्जा
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ सदरमुकाम दमौलीका ५० घरधनीले पहिलो किस्ताबापतको मुआब्जा बुझेका छन् ।
‘बहादुर शाह’ उपन्यास लोकार्पण
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री चिरञ्जीवी वाग्लेको ‘बहादुर शाह’ नामक उपन्यास लोकार्पण गरिएको छ । उपन्यासको ज्येष्ठ नागरिक नारायणभक्त अर्यालले गर्नुभएको हो ।
अन्योलमा गण्डकीको सत्ता-राजनीति
केन्द्रमा भएको सत्तासमीकरण परिवर्तनको असर गण्डकी प्रदेश सरकारमा पनि देखिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई पदमुक्त गरेको भोलिपल्ट बुधबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
म्याग्दीका वन पाखामा फक्रँदै सिमल
वसन्त ऋतुको सुरुआत । हिउँदको खडेरीले सुकेको पाखामा पालुवा हाल्ने तयारीमा रहेका बिरुवा । कोइलीको मनमोहक कुहुकुहुु आवाज । अनि म्याग्दी र कालीगण्डकी नदी वारपारका सडकछेउ तथा पाखामा फुलेको सिमल । यसैले बिर्साइदिन्छ जोकोहीको बिछोडको पल र प्रफुल्ल बनाइदिन्छ मन ।
शिक्षा, कृषि र पूर्वाधार पहिलो प्राथमिकता
पर्वत जिल्लाको प्रवेशद्वारका रूपमा रहेको मोदी गाउँपालिकाको केन्द्र पातीचौर बजारमा अवस्थित छ । नेपाल सरकारको २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिकामा साबिकका भुकताङ्ले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली र चित्रे गाविस रहेका छन् । कुल क्षेत्रफल १४३.५९ वर्ग किलोमिटर रहेको यो गाउँपालिकाको पूर्वमा कास्की जिल्ला, दक्षिणपश्चिममा कुस्मा नगरपालिका र जलजला गाउँपालिका, उत्तरमा म्याग्दी र कास्की जिल्ला छन् । गत २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) बाट हिरादेवी शर्मा निर्वाचित हुनुभयो ।
महानगरले किसानलाई दियो २७ लाख
पोखरा महानगरपालिकाले कृषिजन्य उत्पादनको लागतमा नोक्सानी बेहोरेका १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य दिएको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्यले ती फार्मलाई समर्थन मूल्यबापत कुल २६ लाख ७९ हजार सात सय ६१ रुपैयाँ प्रदान गर्नुभएको हो ।
पोखरा महानगरपालिकाद्वारा कृषि उपजको समर्थन मूल्य प्रदान
पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी व्यहोरेका १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजको समर्थन मूल्य तोकेको छ
९० घर भूमिहीनलाई लालपुर्जा
मध्यविन्दु नगरपालिकाले–१ सेतापानीका ९० घर भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको छ ।
पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थल बनाउनुपर्छ: अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चकोट धार्मिक पर्यटकीयस्थलका रूपमा देश विदेशमा परिचित भएकाले यसलाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
मानपुर-डेढगाउँ-बुलिङटार सडक कालोपत्र
ट्रयाक खुलेको २९ वर्षपछि यहाँको सडक कालोपत्र सुरु गरिएको छ । गण्डकी प्रदेशको गौरव आयोजनाको रूपमा रहेको मानपुर–डेढगाउँ–बुलिङटार सडक कालोपत्र गरिएको हो ।
कृषकलाई मकैको बिउँ वितरण
चापाकोटमा साना किसान कृषि सहकारी संस्थाले किसानहरूलाई मकैको बिउँ वितरण गरेको छ । कृषि ज्ञानकेन्द्र स्याङ्जासँगको समन्वयमा कुवाकोट साना किसान कृषि सहकारी संस्था लिमिटेडले किसानहरूलाई मकैको बिउँ वितरण गरेको हो ।
ओलम्पिक खेलाडीहरूलाई गण्डकी सरकारको मासिक पाँच हजारसहित सम्मान
गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरूलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ ।
एमाले अध्यक्ष ओली पञ्चकोटमा
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुधबार बागलुङको प्रसिद्ध धार्मिकस्थल सर्वसिद्धिधाम पञ्चकोट आउनुभएको छ । ओलीका साथमा उपाध्यक्ष विष्णु पौडेल पनि रहनुभएको छ ।
कुँडुले–मालिका–पञ्चकोट सडक स्तरोन्नति गर्न थालियो
यहाँको स्थापित पर्यटकीय गन्तव्य पञ्चकोट पुग्ने गरी निर्माण सुरु भएको चक्रपथ सडक स्तरोन्नति गर्न थालिएको छ । ठेक्का सम्झौता भएको चार वर्षसम्म कालोपत्र गर्न नसकेको उक्त सडक ढिलो गरी निर्माण व्यवसायीले काम थालेको हो ।
गरिब तथा विपन्न वर्गको अन्त्येष्टिका लागि निःशुल्क दाउरा
गोरखा नगरपालिका गोरखाले नगरपालिकाभित्रका गरीब, विपन्न वर्गका नागरिकहरुको मृत्यु पछि शवदहन गरी अन्त्येष्टि गर्नका लागि निःशुल्क दाउरा प्रदान गर्ने निर्णय गरेको छ ।v