• १६ भदौ २०८१, आइतबार

एमाले अध्यक्ष ओली पञ्चकोटमा

blog

अध्यक्ष ओली प्रशिद्ध धार्मिकस्थल पञ्चकोटमा । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

बागलुङ, फागुन २३ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुधबार बागलुङको प्रसिद्ध धार्मिकस्थल सर्वसिद्धिधाम पञ्चकोट आउनुभएको छ । ओलीका साथमा उपाध्यक्ष विष्णु पौडेल पनि रहनुभएको छ ।  

पञ्चकोटमा जारी ब्रह्माण्डीय महायज्ञको आज अन्तिम दिन महायज्ञलाई सम्बोधन गर्न अध्यक्ष ओली यहाँ आउनुभएको हो । अध्यक्ष ओलीलाई महायज्ञका सङ्कल्पकर्ता मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्य, नेकपा (एमाले) का बागलुङ, पर्वत र म्याग्दीका नेता तथा कार्यक्रर्ताहरुले स्वागत गरेका छन् ।

पञ्चकोटमा निर्माण भएका धार्मिक संरचनाहरू गण्डकीमाताको मन्दिर, हनुमानबाटीकामा राखिएको मुक्तिनाथ महाघण्ट, हनुमानको मूर्ति र यज्ञमण्डपको अवलोकनसहित महायज्ञलाई सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको महायज्ञका प्रवक्ता सनातन प्रपन्नाचार्यले जानकारी दिनुभयो ।  

पञ्चकोटधाम स्थापनाको १० औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महायज्ञमार्फत जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्य राखिएको छ । पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गरेर मुलुककै मुख्य धार्मिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसाथ फागुन ९ गतेदेखि सञ्चालित महायज्ञ आज समापन हुँदैछ ।