निराजन परियार
चौमाला (कैलाली), वैशाख २७ गते । सुदूरपश्चिमाञ्चल साहित्य समाजले धनगढीमा दानवीर बद्रीनाथ भण्डारीको १००औं जन्मजयन्ती मनाएको छ ।
उहाँको सम्झनामा समाजले विविध कार्यक्रम गरेको हो । समाजका निवर्तमान अध्यक्ष रामलाल जोशी, वरिष्ठ लोकदेउडा गायक यज्ञराज उपाध्यायले भण्डारीले करोडौं दान गरेर समाजमा अमिट छाप छोडेर गएको स्मरण गर्नुभएको थियो ।
प्रत्येक वर्ष एक जना श्रष्टालाई प्रदान गर्ने गरी भण्डारीले साहित्य समाजमा समेत ११ लाखको अक्षय कोष स्थापना गर्नुभएको थियो ।
साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि नवजीवन सहकारीका अध्यक्ष देबबहादुर बम रहनुभएको थियो । कार्यक्रममा समाजका उपाध्यक्ष टोपेन्द्र शाह, महासचिव गणेश नेपालीलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।