• १६ भदौ २०८१, आइतबार

गरिब तथा विपन्न वर्गको अन्त्येष्टिका लागि निःशुल्क दाउरा

blog

गुणबहादुर रोका 

सुलीकोट, फागुन २३ गते । गोरखा नगरपालिका गोरखाले नगरपालिकाभित्रका गरीब, विपन्न वर्गका नागरिकहरुको मृत्यु पछि शवदहन गरी अन्त्येष्टि गर्नका लागि निःशुल्क दाउरा प्रदान गर्ने निर्णय गरेको छ । नगरपालिकाले गोरखा र तनुहँको सिमानामा रहेको १३ नम्बर वडाको रामशाह घाटमा निःशुल्क दाउरा प्रदान गर्ने निर्णय गरेको हो । 

आर्थिक वर्ष २०८०-०८१ को नगरसभाबाट रु. पाँच लाख छुट्याएकोमा गत फागुन २० गते बसेको नगर कार्यापालिका बैठकले पारित गर्दै रामशाहघाटमा शवदहन गर्नका लागि आवश्यक पर्ने दाउराको व्यवस्था गरिएको गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । 

नगरपालिकाभित्रका नागरिकहरुले मृत्युपछि अन्त्येष्टि गर्नका लागि दाउराको व्यवस्था गरिदिन माग गरिएकाले निःशुल्क दाउरा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । 

मृतक व्यक्तिकोे शवदहन गरी अन्त्येष्टि गर्नका लागि आवश्यक पर्ने निःशुल्क दाउरा सबै नगरवासीका लागि भए पनि विशेषगरी विपन्न तथा गरिबहरुलाई यसले निकै राहत पुग्ने उहाँको विश्वास छ । उहाँका अनुसार आगामी नगरसभाबाट निर्णय गराएर आवश्यक रकम व्यवस्थापन गरिने नगरपालिकाको योजना छ ।