• १६ भदौ २०८१, आइतबार

‘बहादुर शाह’ उपन्यास लोकार्पण

blog

गुणबहादुर रोका 

सुलीकोट, फागुन २४ गते । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री चिरञ्जीवी वाग्लेको ‘बहादुर शाह’ नामक उपन्यास लोकार्पण गरिएको छ । उपन्यासको ज्येष्ठ नागरिक नारायणभक्त अर्यालले गर्नुभएको हो । 

गोरखाबाट राज्य विस्तार थालेका पृथ्वीनारायण शाहको निधनपछि राज्य विस्तार गर्ने कार्यभारलाई यिनले नै निरन्तर दिएका थिए । आफ्नो नायवी कालमा बहादुर शाहले नेपालको नक्सालाई पूर्वमा टिस्टा नदी र पश्चिममा काँडासम्म फैलाउन सफल भएको पुस्तकमा लेखकले चर्चा गरेका छन् । 

बहादुर शाहको जीवनमा आधारित ऐतिहासिक उपन्यास बहादुर ‘शाह’ को पाण्डुलिपि २०७६ सालमा तयार भएतापनि पुनलेखन र सम्पादन गर्ने कार्यमा केही ढिलो भएको थियो । बहादुर शाह उपन्यासमा बहादुर शाह एक साहसिक योद्धाको रूपमा प्रस्तुत गरिएको छ । 

योग्य पिताका सुयोग्य पुत्र तथा अभागी राजकुमारका रूपमा उनलाई इतिहासमा लिने गरिन्छ । नेपालका कतिपय ऐतिहासिक पात्रहरूलाई गैरआख्यान पुस्तकमा पढ्दा लेखकीय आग्रहको झलक पनि भेट्दै आएको थिएँ । लेखक वाग्लेले भन्नुभयो, "म साहित्यमा रुचि राख्ने साहित्यकै विद्यार्थी भएको हुनाले आफूले जानेको विद्याबाट उपन्यासमार्फत बहादुर शाहको कथा प्रस्तुत गर्ने जमर्को गरेको हुँ।" 

बहादुर शाह देशलाई माया गर्ने तर किनारमा पारिएका एक महत्पपुर्ण पात्र बहादुर शाह प्रति मेरो लगावका कारण नै यो पुस्तक लेख्न पुगेको उहाँले बताउनुभयो । कतिपयको भनाइमा बहादुर शाहलाई राष्ट्रिय विभूति भन्दा माथि रहेता पनि विभूति घोषण नगरेकोमा गुनासो गर्ने गरेका छन् । 

ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले आयोजना गरेको कार्यक्रम गोरखा संग्राहलय परिसरमा गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना, पों नवराज कट्टेल, विनोद कुमार भट्टराई, यदु अधिकारी लगायतले पुस्तक बारे चर्चा गर्नुभएको हो ।