नारायणी नदीले फेरि खतराको तह पार गर्यो (फोटो फिचर)
नारायणी नदीले फेरि खतराको तह पार गरेको छ । विहान घट्दो अवस्थामा रहेको नारायणी विहान ११ः५० बजेको समयमा फेरि खतराको तह पार गरेको हो । देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ । यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ ।
विजयादशमीका दिन मनाइने नेवार समुदायको पाया जात्रा (फोटो फिचर)
दशैं टीकाको दिन (विजयादशमीका दिन) नेवार समुदायमा मनाइने खड्ग जात्रा (पाया जात्रा) धुमधामका साथ आज मनाइएको छ । विजया दशमीका दिन शक्तिपीठमा तन्त्र साधनासहित खड्ग धारणा गरी खडगजात्रा मनाइएको हो ।
पिङको रमाइलोले बालबालिकामा थपियो उत्साह (फोटो फिचर)
यो वर्ष पाल्पाको विभिन्न स्थानमा राखिएको लिङ्गे पिङ्ले दशैं पर्वमा रौनकता थपेको छ । स्थानीय बासिन्दाको पहलमा विभिन्न स्थानमा राखिएका पिङले साना बालबालिकादेखि बृद्धलाई मनोरञ्जन दिइरहेको छ ।
वर्षाले विजया दशमीमा दिनभर जनजीवन कष्टकर (फोटो फिचर)
वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ ।
हराउँदै रोटे पिङ (फोटो फिचर)
जतिबेला दशैंबाहेक अन्य समय कतै पनि पिङ देखिँदैन थिए। आज व्यवसायिक रुपमा विभिन्न ठाउँमा सधैभर पैसा तिरेर पिङ खेल्न पाइन्छ। तर, ती पिङमा दशैंसँगको कुनै साइनो छैन।
तलेजु भवानी मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)
प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
राष्ट्रपति भण्डारीद्वारा शक्तिपीठको दर्शन (फोटो फिचर)
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार काठमाडौंका विभिन्न शक्तिपीठमा पुगेर दर्शन गर्नुभएको छ।
चार जनाको प्रयासले ४२ जनालाई रोजगारी
हिमाली जिल्ला म्याग्दीका केही युवाको प्रयासले गर्दा युवालाई रोजगारको अवसर सिर्जना भएको छ । सदरमुकाम बेनीमा पाँच जना युवाले थालेको छुट्टाछुट्टै पेशा तथा व्यवसायबाट उनीहरु आफू स्वरोजगार हुँदै अन्य युवालाई पनि रोजगारी प्रदान गरेका हुन् ।
दशैंघरमा फूलपाती भित्र्याइयो (फोटो फिचर)
काठमाडौंको हनुमान ढोकास्थित दशैंघरमा फूलपाती भित्र्याइएको छ।
टुँडिखेलमा फूलपातीको बढाइँ (फोटो फिचर)
काठमाडौं, असोज १६ गते। दशैंको सातौँ दिन आइतबार टुँडिखेलमा फूलपातीको बढाइँ समारोह सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेपाली सेनाले फूलपातीको बढाइँ गरेको हो । उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत संवैधानिक निकायका प्रमुख सहभागी हुनुहुन्थ्यो ।तस्बिर : कविन अधिकारी /विकास द्वारे
दशैंको सातौँ दिन उपत्यका छाड्नेको लर्को (फोटो फिचर)
दशैं अर्थात् नवरात्र सुरु भएको सातौँ दिन आज आइतबार ।दशैं मनाउन र आफन्तको हातबाट टिका ग्रहण गर्न काठमाडौँ उपत्यकाबाट घर जानेको अझै पनि लर्को लाग्ने गरेको छ । आइतबार र सोमबारसम्ममा उपत्यका छाड्नेहरू अन्तिम हुने गर्छ ।
नवरात्रीको सातौँ दिन शक्ति पीठमा श्रद्धालुको भीड [फोटो फिचर]
आज दसैँको सातौँ दिन अर्थात् फूलपाती भित्र्याउने दिनमा देशैभर फूलपाती भित्राइएको छ। नवरात्रीको सातौँ दिन अर्थात् सप्तमीलाई ‘फूलपाती’ भनिन्छ ।
उत्खननको पर्खाइमा गोटिहवा
कपिलवस्तु, असोज १५ गते । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजारदेखि दक्षिण पश्चिमको चार किलोमिटर र कुदान अर्थात् निग्रोधरामबाट दुई किलोमिटर पश्चिम गोटिहवा गाउँको खुला र हरियालीको बिचमा रहेको छ अशोक स्तम्भ । जुन क्रकुच्छन्द बुद्धसँग सम्बन्धित रहेको छ ।सम्राट् अशोकको धर्मयात्रामा सर्वप्रथम सम्राट् अशोक बुद्धको जन्मस्थल लुम्बिनीको दर्शन गर्न आएका थिए । आफ्नो पूर्वजहरूका बारेमा बुद्धद्वारा दिर्घनिकाय महापदान सुन्तमा देशना गरेको विषयलाई सम्झँदै कपिलवस्तु क्षेत्रमा रहेको कोणागमन बुद्धसँग सम्बन्धित निग्लिहवा र क्रकुच्छन्द बुद्धसँग सम्बन्धित गोटिहवामा पुगी आफ्नो श्रद्धा व्यक्त गरेका थिए ।आफ्नो सम्झना र उपस्थित जनाउन कोणागमन क्रकुच्छन्द बुद्धका बारेमा लोकले जानुन् भनी यही स्तम्भ र स्तुपा निर्माण गर्न लगाएका थिए ।गोटिहवाको अशोक स्तम्भको माथिल्लो भाग फुटेको देख्न नपाइए पनि व्होयनसांगले आफ्नो यात्राको क्रममा गोटिहवाको स्तम्भमा पनि अभिलेख देखेका थिए । यस स्तम्भ अभिलेखमा पनि निग्लिहवा स्तम्भको जस्तै भाषा रहेको अनुमान गर्न सकिन्छ ।गोटिहवाको स्तम्भको माथिल्लो भाग उपलब्ध नभई अभिलेख देख्नमा नआए तापनि दिव्यावदान साहित्यले सम्राट् अशोकको स्पष्ट उपस्थितिको बारेमा वर्णन गरेको छ । त्यसो त सम्राट् अशोकको कपिलवस्तु यात्रामा स्तम्भ र स्तुपाको निर्माण गरेको थियो भनी उल्लेख गरिएको छ ।पछिल्लो समयमा गरिएको उत्खननको क्रममा प्राप्त, मौर्यकालीन विषयवस्तुले उनको कार्यकालमा अन्य भौतिक संरचनाहरूको पनि निर्माण भएको भन्ने बुझिन्छ । निग्लिहवाको स्तम्भमा मौर्यको चित्र कुँदिएकाले अशोकपछि अन्य मौर्य राजाहरूको पनि यस क्षेत्रमा उपस्थिति भएको बुझिन्छ । यी सबै कुराले प्रस्ट के हुन्छ भने कपिलवस्तुको वास्तविक पहिचान स्थापित गर्ने कार्यमा सम्राट् अशोकको आगमन र योगदानले विशेष महत्त्व र भूमिका रहेको प्रस्ट बुझन सकिन्छ ।फाहियान कपिलवस्तु पुग्ने यात्रीमध्ये पनि एक थिए । फाहियानले आफ्नो यात्रा वर्णनका क्रममा उक्त स्थानलाई क्रकुच्छन्द बुद्धको जन्म तथा पितापुत्रको दर्शन र परिनिर्माण स्थानका रूपमा चित्रण गरेका छन् । फाहियानले यस स्थानमा प्रशस्त स्तुपाहरु देखेका थिए । फाहियानले पहिचान गरेका उक्त स्थानलाई अहिले गोटिहवा भने तापनि बुद्धवंशमा भने यस स्थानलाई क्षमावती नगर भनेर उल्लेख गरिएको छ ।अर्का चिनियाँ यात्री हवेन्सांग पनि एक थिए । उनले पनि कपिलवस्तु नगरको पचास ली दक्षिण क्रकुच्छन्द बुद्धको जन्म तथा पितापुत्रको दर्शन र परिनिर्वाण स्थलको रूपमा वर्णन गरेका छन्। । यात्राको क्रममा उनले त्यहाँ प्रशस्त बुद्धका अस्तुसहितका स्तुपाहरु देखेका थिए । स्तम्भको शीर्ष भागमा सिंहको मूर्तिसहित क्रकुच्छन्द बुद्धका बारेमा वर्णनहरू लेखिएको अभिलेखलाई पनि देखेका थिए ।जितारि मल्ल र रिपुमल्लले लुम्बिनीको दर्शन गरिसके पश्चात् कपिलवस्तुको गोटिहवा र निग्लिहवा आएर पूजा अर्चना गरी श्रद्धा व्यक्त गरेका थिए ।जितारि मल्लले झैँ रिपुमल्लले पनि आफ्नो उपस्थिति जनाउन अशोक स्तम्भमा ‘ओम मणि पद्मे हुँ रिपुमल्लस्प चीर जयन्तु १२३४ रिपुमल्ल सदा विजयी रहु नै’ वाक्य कुन्दन लगाएका थिए । हाल सो वाक्य गोटिहवा अशोक स्तम्भको बाँकी भागमा रहेको देखिँदैन। तथापि नेपालको इतिहास लेखन कार्यमा कपिलवस्तुको पहिचान र प्रामाणिकता स्थगित गर्नका लागि सामग्री र अभिलेखका वाक्यहरू आधार स्तम्भका रूपमा रहेको पाइन्छ ।हाल यहाँ रहेको अशोक स्तम्भ टुक्रिएको अवस्थामा छ । यस स्तम्भको के कति भाग जमिन मुनी रहेको छ, सो निर्क्योल हुनसकेको छैन । क्रकुच्छन्द बुद्ध, गौतम बुद्धभन्दा अघिका बुद्ध हुन । यस गोटिहवा गाउँमा विद्वानहरूले भने अनुसार यहाँ निकै नै स्तुपाहरु रहेका छन् । तसर्थ यस स्थलमा विस्तृत रूपमा पुरातात्त्विक उत्खनन भइनसकेको छ । तसर्थ यहाँ उत्खनन गर्न अति नै आवश्यक छ ।प्राचीन गोटिहवा ईटाको स्तुप, अशोक स्तम्भले तल्लो भागमा पोखरी रहेको छ र आधुनिक गाउँले घेरिएको छ । यो ठाउँमा सर्वप्रथम अन्वेषण सन् १८९० को दशकमा भएको थियो । सन् १८९८ मा स्तुपमा मेजर वाडेलव्दारा आंशिक उत्खनन गरिएको थियो । पहिलाका केही पुरातत्वविद्हरुले यो स्मारकले पूर्व क्रकुच्छन्दको जन्मस्थानलाई संकेत गर्दछ भनि विश्वास गरेका छन् ।यो स्तुपमा सन् १९९०को दशकमा ईटालीका पुरातत्वविद् जियोभानी भेरार्डिले पुनः उत्खनन गरी स्तुपको निर्माण २ तहमा भएको पहिचान गरेका थिए । आरम्भिक कालको स्तुपको नाप १९.५ मिटर ब्यास रहेको र धेरैजसोमा चिन्ह कुँदिएको आयाताकार र त्रिकोणात्मक इँटाव्दारा घट्दो क्रमको गोलाकाररूपमा निर्मित थियो । पछि स्तुप २१.५ मिटर ब्यासमा आयातकार ईटाहरुमात्र प्रयोग गरी विस्तार गरियो ।भेरार्डिले स्तुपको सर्वप्रथम निर्माणकर्ता श्रेय सम्राट अशोकलाई (ईसापूर्व तेस्रो शताब्दी) दिएको र ईसा पूर्व १०० देखि इ स ३०० को विचमा कुषाणकालमा स्तुपको विस्तार भएको उल्लेख गरेका छन् । उत्खनन स्तुप बन्नुभन्दा पूर्वदेखि नै यस ठाउँमा बसोबास रहेको तथ्य प्रकाशमा ल्याएको थियो ।कार्वन तिथि निर्धारणबाट यस स्थलको तिथि ईसा पूर्व ८०० आएको थियो र आरम्भिक उत्तरी कालापालिस गरिएका माटोको भाँडाका टुक्राहरुको प्राप्तिले यो ठाउँ लुम्बिनी गाउँ जतिकै ईसापूर्व १३०० कै समकालीन भएको सङ्केतसमेत प्राप्त भएको व्यहोरा गोटिहवामा राखिएको सूचना पाटीमा उल्लेख गरिएको छ ।
दशैंमा रङ्गिन काठमाडौं बजार (फोटो फिचर)
देशको सङ्घीय राजधानीका सपिङ सेन्टर हिजोआज रङ्गिन छन् । दशैं, तिहार र छठलगायत पर्वहरू नजिकिएसँगै बजार झिलिमिली बनेको हो ।
सररररर चचहुइइइइ
सररररर चचहुइइइइ : शुक्रबार भक्तपुर सुडालमा लिङ्गेपिङमा रमाउँदै बालबालिका ।
दशैँमा घर जान उपत्यका छाड्नेको लर्को(फोटो फिचर)
मनोजरत्न शाही/केशब गुरुङ्ग काठमाडौँ, असोज १४ गते । हिन्दुहरूको पर्व विजयादशमी नजिकिएसँगै आफन्तजनको हातबाट टीका थाप्नका लागि घर जानेहरूको लर्को लाग्न थालेको छ । यो सातादेखि काठमाडौँ उपत्यकाबाट दैनिक सयौँको सङ्ख्यामा घर जाने गरेका छन् ।
कोरोना जितेपछि नेवार समुदायमा भैरव जात्रा (फोटो फिचर)
कोरोना महामारीले गर्दा लामो समयसम्म कपिलवस्तुका नेवार समुदायले आफ्ना परम्परागत संस्कृतिमा रमाउन पाएका थिएनन् । गत तीन वर्ष यता ठूला सांस्कृतिक समारोह गर्न नपाएका नेवार समुदाय यस पटक भैरव जात्रामा रमाएका छन् ।
महानगरको बजार अनुगमन (फोटो फिचर)
काठमाडौं महानगरपालिकाले दशैंलाई लक्षित गर्दै बजार अनुगमनलाई जारी राखेकाे छ। अनुगमनकै क्रममालाई बुधबार महानगरकाे टाेली कुलेश्वर पुगेकाे छ।
असनमा किनमेल गर्नेको भीड (फोटोफिचर)
काठमाडौंको अशन क्षेत्रमा किनमेल गर्नेको भीड लागेपछि शनिबार त्यस क्षेत्रकाे आवत-जावतमा समेत असर पुगेको छ।
काठमाडौंका सडकको दुरवस्था (फोटो फिचर)
जमानामा बनेका सडकहरुमा बिच्छ्याइएको कालोपत्रे उकेर गइसक्यो, बाटोमा खाल्डाखुल्टी, धुलो, हिलो र ढलका पाइप बिच्छ्याउन महिनौँ दिनसम्म पनि सडकमा व्यवधान खडा गरिन्छ ।
मन परेका तस्बिर
डोल्पोबुद्ध गाउँपालिका–१, धोस्थित स्टार माउन्टेन नजिकै खोला तर्दै चौँरी । उपल्लो डोल्पामा दूध उत्पादन र दैनिक ढुवानीमा चौँरी प्रयोग गर्ने गरिएको छ ।
राजहठले मारिएका वीर कालु पाण्डेको समाधिस्थल
काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नं १ दहचौकमा अवस्थित काजी कालु पाण्डेको समाधिस्थल र शालिक हेर्न जानेहरूको संख्या बढ्दो छ । कालु पाण्डे एक महान गोरखाली क्षत्रीय भारदार हुन् । कालु पाण्डेलाई गोरखाली जनताले प्रथम पटक मुख्यमन्त्री चयन गरेका थिए । पाण्डेको जन्म वि सं १७७० मा भएको थियो । पाण्डेले लमजुङको सन्धिमा कुशलतापूर्वक कार्य गरेका र विसं १८०१ को नुवाकोट युद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले स्वयं पृथ्वीनारायण शाहले पनि ‘अब उप्रान्त कालु पाण्डेको सल्लाहबिना कुनै पनि काम गर्ने छैन’ भनेका थिए । पृथ्वीनारायण शाहको यो बोलीले अनुमान गर्न सकिन्छ कि कालु पाण्डे गोरखाको तत्कालीन सैनिक, प्रशासनिक र कूटनीतिकको क्षेत्रमा निकै नै अब्बल थिए ।
गुल्मीमा विचित्रको गुफा [फोटोफिचर]
गुल्मीको धुर्कोट गाउँपालिका वस्तुमा अवस्थित विचित्र गुफा प्राकृतिक आकृतिहरुको कलात्मक बुट्टाले भरिएको छ । यो गुफा २०४५ साल असार ५ गते पत्ता लागेको थियो । स्थानीय बासिन्दाले ढेडु (बाँदर) लखेट्दै जाने क्रममा गुफा भेटेका थिए । नेपालको महत्वपूर्ण राष्ट्रिय सम्पदा, शिवधामको रुपमा कल्पित सुन्दर एवम् मनमोहक विचित्र गुफा धुर्कोट गाउँपालिका–५ वस्तु कमलावनमा अवस्थित छ । कमलावन वस्तु कालिकास्थान एवम् धनार्जीको बीचमा पर्छ ।
बानेश्वर प्लाजामा अण्डर ग्राउण्ड पार्किङ सञ्चालन (फोटो फिचर)
बानेश्वर प्लाजामा अण्डर ग्राउण्ड पार्किङ शुक्रबारबाट सञ्चालनमा आएको छ। काठमाडौं महानगरले पार्किङ सञ्चालनमा ल्याएको हो।