• १२ साउन २०८१, शनिबार

विजयादशमीका दिन मनाइने नेवार समुदायको पाया जात्रा (फोटो फिचर)

blog

तस्बिर : मनोजरत्न शाही, गोरखापत्र अनलाइन

काठमाडौं, असोज १९ गते । दशैं टीकाको दिन (विजयादशमीका दिन) नेवार समुदायमा मनाइने  खड्ग जात्रा (पाया जात्रा) धूमधामका साथ आज मनाइएको छ । विजया दशमीका दिन शक्तिपीठमा तन्त्र साधनासहित खड्ग धारणा गरी खडगजात्रा मनाइएको हो ।

जात्राका क्रममा मूलतः यट्खाबाट कंकेश्वरी, टेःबहाल र वटुबाट भद्रकाली, कोहिटीबाट नीलवाराही, र मध्यरातमा तलेजु भवानी लगायतका शक्ति पीठमा गएर जात्रा मनाइने गरिन्छ ।

जात्राका क्रममा खड्ग धारण गरेर टोल परिक्रमा गरिसकेपछि आसुरी प्रवृत्तिको प्रतीक कुभिण्डोलाई खड्गले प्रहार गरी असत्यमाथि सत्यको जित भएको भन्दै जात्रा सम्पन्न गर्ने परम्परा रहिआएको नेवार समुदायका बयोबृद्धहरुको भनाइ छ ।


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।