शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, असोज १६ गते। काठमाडौंको हनुमान ढोकास्थित दशैंघरमा फूलपाती भित्र्याइएको छ।
फूलपातीको अवसरमा हनुमानढोका मूल चोक, कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मखन हुँदै जलेश्वर महादेवमा फूलपातीको पूजा गरेर हनुमान ढोकास्थित दशैंघरमा फूलपाती भित्र्याइएको हो।
गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमान ढोका दरबारबाट पुजारीसहित आइतबार साँझ दशैंघरमा भित्र्याइएको हो।गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पुजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको हो। 





















 
                                        
                                                    मनोजरत्न शाही
                                                
                                            
                                                                                            उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ । 
 
                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                