दुर्लभ चराको बासस्थान रेसुंगा र मदाने
गुल्मीको रेसुंगा र मदाने वन संरक्षण क्षेत्र हिजोआज दुर्लभ चराको बासस्थान बन्न थोलेको छ । २०७३ सालमा रेसुंगा र २०६८ मा मदानेलाई सरकारले वन संरक्षण क्षेत्र घोषणा गरेको थियो ।
देवी नाच जात्रा (फोटो फिचर)
काठमाडौं, साउन ३१ गते । भक्तपुरको मध्यपुर थिमीको बोडेमा चार दिनसम्म नचाइने प्रख्यात नीलबाराही देवी नाच जात्रा सकिएको छ । जात्राको अन्तिम दिन मंगलबार भक्तपुर पुगेर गोरखापत्र अनलाइनका लागि विकास द्वारेले कैद गर्नुभएका तस्बिर :
जब खोप्रामा आकास खुल्यो [फोटोफिचर]
खोप्रालेकबाट हिमश्रृङ्खलाको अवलोकन गर्न पाइयो, किनकि यो वर्षा समयमा बाक्लो हुस्सुले वरिपरि देख्न पाईदैन । अचेल मौसम सफा भएपछि खुलेको मौसमपछि खेप्राबाट संसारलाई नियाल्न पाइयो ।
साउनको अन्तिम सोमबार पशुपतिमा भीड [फोटो फिचर]
काठमाडौं, साउन ३० गते । साउन महिनाको अन्तिम सोमबारका दिन पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।पाँच वटा सोमबारमध्ये यो साउनको अन्तिम सोमबार हो । आज बिहान सवा ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भीड बढेकाले भक्तजनका लागि सहजरूपमा लाम लागेर दर्शन गरी फर्कने व्यवस्था मिलाइएको छ ।
स्वर्ग अनुभूति दिने खयर लेक [फोटोफिचर]
समुन्द्री सतह देखि करिब चार हजार ७०० मिटर उचाईमा रहेको यो खयर ताल, म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा स्थित खयरलेक धार्मिक एवम् प्राकृतिक रुपमा प्रशिद्ध छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको खयर तालको अवलोकन र यहाँ रहेको खयरभारानीको दर्शन गर्न जनैपूर्णिमाका दिन ठूलो संख्यामा भक्तजनहरु पुग्ने गर्दछन् ।
नेपालको सबैभन्दा अग्लो हनुमान मूर्ति
सुदूरपश्चिम नेपालको कैलाली जिल्ला गोदावरी नगरपालिका ४ गोदावरी अर्थात कैलाली जिल्लाको अत्तरियाबाट डडेलधुरा, बैतडी जाने राजमार्गको करिब ८ किमीको दूरीमा सडकको बायाँतर्फ यो अग्लो र निकै नै आकर्षक हनुमानको मूर्ति रहेको छ। ५१ फिट अग्लो यो हनुमानको मूर्तिलाई नेपालको सबैभन्दा अग्लो हनुमानको मूर्ति मानिएको छ।
कीर्तिपुरको गाईजात्रा रौनक (फोटो फिचर)
ध्यँध्यँ पापा को अर्थ छिनाल छिनाल, काट् काट् हो । यो दुई सय वर्ष अगाडिदेखि नै चलनमा रहेको मानिन्छ ।
साताका सात तस्बिर
बिहीबार दैलेख र कालिकोटको सीमा क्षेत्रको महावुमा लागेको मेला ।
गोसाइँकुण्डमा जनैपूर्णिमाको रौनक (फोटो फिचर)
जनैपूर्णिमा पर्वको अवसरमा रसुवावासीसहित देशका विभिन्न ठाउँबाट शुक्रबार भक्तजन गोसाइँकुण्ड पुगेका हुन्।
भक्तपुरमा गाई जात्राको रौनक (फोटो फिचर)
भक्तपुर, साउन २७ गते । उपत्यकासहित शुक्रबार देशभर गाईजात्रा पर्व मनाउन शुभारम्भ गरिएको छ। गाईजात्रा पर्वको दिन शुक्रबार भक्तपुर दरबार क्षेत्रमा ताहमचासहित नगरपरिक्रमा गरेर विशेष ढंगले मनाउने गरिन्छ । वर्षभरीमा दिवंगत भएका आफन्तको सम्झनामा ताहमचा बनाएर तस्बिर टाँसेर भक्तपुर नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । फोटो फिचरमा शुक्रबार भक्तपुरको गाईजात्राको रौनक :
पाटनमा भव्यताका साथ मनाइयो गाईजात्रा (फोटो फिचर)
मृतकको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित काठमाडौं उपत्यकाकालगायत नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका विभिन्न जिल्लाका सहरमा धुमधामका साथ शुक्रबार सापारु अर्थात गाईजात्रा पर्व मनाइएको छ ।
बङ्गलामुखीमा दर्शनार्थीको भीडभाड [फोटोफिचर]
आज (शुक्रबार) रक्षाबन्धन । यसै अवसरमा जनै लगाउन र हातमा डोरो लगाउन बिहानैदेखि ललितपुरस्थित बङ्गलामुखि मन्दीरमा दर्शनार्थीको भीड लागेको छ । यसै भीडलाई तस्विरबाट प्रस्तुत गरेका छौ ।
बजार र पसलमा देखिएको जनैपूर्णिमा, रक्षा बन्धन र गाईजात्रा (फोटो फिचर)
काठमाडौं, साउन २६ गते । यस वर्षको जनैपूर्णिमा एवं रक्षा बन्धन साउन २७ गते शुक्रबार परेको छ। यसलाई जनैपूर्णिमा, श्रावणी, रक्षा बन्धन, ऋषि तर्पणी, ऋषि पूर्णिमा र क्वाँटी पूर्णिमा समेत भनिन्छ। यो दिन नदी, तलाउ वा तीर्थस्थलको किनारमा एकत्रित भएर वैदिक विधिपूर्वक स्नान, सूर्यआराधना, प्राणायाम, अग्निहोत्र र ऋषिको पूजा गरिन्छ । यसरी पूजा गर्दा शारीरिक, मानसिक तथा आध्यात्मिक शुद्धि हुने विश्वास गरिन्छ। सुरक्षाको प्रतीक सूत्र नाडीमा बाँधिने भएर रक्षा बन्धनको शब्दले पनि चिनिन्छ। यो दिन घरघरमा क्वाँटी पकाएर खाने चलन छ। क्वाँटीमा विभिन्न थरिका गेडागुडी चना, मस्याङ, बोडी, मास, भटमास, सिमी, बकुल्ला, केराउ, राज्मा मिसाएर टुसा उमारी बनाइने गरिन्छ । क्वाँटीमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइने हुँदा यसले थकित शरीरमा ऊर्जा जगाउनुका साथै चिसो पनि भगाउँछ। जनैपूर्णिको अघिल्लो दिन उपत्यकाका मुख्य चोक, बजार र पसलमा क्वाँटी, जनै, गाईजात्राका सामग्री र रक्षा बन्धन किन्नेको चहलपहल देखियो। यही चहलपहललाई १२ तस्बिरमा समेटिएको छ :
काठमाडौंको काँडाघारी क्षेत्रमा बाढीको वितण्डा (फोटो फिचर)
काठमाडौंको काँडाघाडी क्षेत्रमा मंगलबार (हिजो) राति परेको भिषण पानीले वितण्डा मच्चाएको छ । मनोहरा खोलामा आएको वाढीले खोला छेउछाउको बस्ती डुवानमा परेको छ ।
२८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस (फाेटाे फिचर)
आज मङ्गलबार (साउन २४ गते) २८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस । आदिवासी जनजातिले विभिन्न कार्यक्रमहरु गरेर यो दिवसलाई बर्सेनि भव्य रुपमा मनाउँदै आएका छन् ।
र्याम्प प्रदर्शन
काठमाडौंमा आइईसीका विद्यार्थी आफैंले डिजाइन गरेको पोशाक लगाएर र्याम्प प्रदर्शन गर्दै ।
मानव र प्रकृतिबीचको प्रेम र द्वन्द्व (फोटो फिचर)
काठमाडौंको प्रकृति पनि त्योभन्दा फरक छैन । बीच शहरमा भन्दा अलि भित्री गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरुप नै फरक छ ।
मेलम्चीमा उर्लियो बाढी
नियमित परेको पानीका कारण मेलम्ची, हेलम्बु क्षेत्रमा बाढी उर्लिएको छ । बाढीले तालामाराङ, चनौटे ढंगे बजार क्षेत्र र त्यहाँका सडकलाई जोखिममा पारेको जिल्ला प्रशासन कार्यालय चौताराले जनाएको छ ।
नेपालकै आकर्षक र चर्चित पुल
कैलाली जिल्लाको चिसापानी कर्णाली नदीमा निर्माण गरिएको केबुल स्टेड पुल निकै आकर्षक र चर्चित पनि छ ।
लाखे नाच संरक्षणमा जुटे बेनीका युवाहरु (फोटो फिचर)
करिव तीन सय वर्ष पुरानो बेनीको लाखे नाच संरक्षणमा युवाहरु जुटेका छन् । युवाहरुको सक्रियतामा बेनी बजारमा मंगलबार नागपञ्चमीका दिन लाखे नाच देखाइएको छ ।
घरघरमा नाग पूजा गरिँदै [फोटो फिचर]
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी मङ्गलबार परम्परा अनुसार नागको पूजा गरी मनाइन्छ । यस वर्षको नाग पूजा साउन १७ गते मंगलबार परेको छ ।
साउने सोमबारको दिन पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको घुईंचो (फोटो फिचर)
काठमाडौं, साउन १६ गते । साउने सोमबारको दिन पशुपतिनाथ मन्दिरस्थित बागमती खोला परिषरमा साँझको आरती हेर्न आउने भक्तजनहरुको घुईंचो । तस्बिरहरु : सागर बस्नेत
घरघरमा नाग पूजा गरिँदै (फोटो फिचर)
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी परम्पराअनुसार नागको पूजा गरी मनाइन्छ । यस वर्षको नाग पूजा साउन १७ गते मंगलबार (भोली) परेको छ ।
साताका सात तस्बिर
दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नम्बर ४ राउटे चौरमा राउटे समुदायको बस्ती।