• २० असार २०८१, बिहिबार

मानव र प्रकृतिबीचको प्रेम र द्वन्द्व (फोटो फिचर)

blog

तस्बिर : न्यूज एजेन्सी नेपालबाट

काठमाडौं, साउन २१ गते । प्रकृतिमा रमाउन कुनै सीमा, कुनै बाँध, रमाउनका लागि कुनै सम्वाद वा कुनै विवाद चाहिँदैन। प्रकृतिमा हरेक समय रमाउन सकिन्छ । जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन प्रकृतिकाे साथ अपरिहार्य हुन्छ । र, यसले गन्तव्यमा पुग्नकाे लागि कहिलेकाँही निर्णायककाे भूमिका खेल्न पुग्दछ । एकाग्रह मनलाई खुशी बनाउन र खिन्न मन बहलाउनका लागि एकान्तको साथी बनिदिन्छ– प्रकृति  ।


काेलाहल, अशान्त र दुर्गन्धित काठमाडौंमा प्रकृतिकाे महत्व र महानता अन्य स्थानकाे भन्दा फरक छ । बीच शहरमा भन्दा काठमाडाैंका पहाडि गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरुप फरक पाइन्छ । अरु बेला धुवाँ र धुलाेले हेरिनसक्नु हुने काठमाडौंमा सिमसिम पानी परेसँगै 'सिमसिमे पानीले...ज्यानले बेइमान गर्छ' भन्ने गीतकाे तालमा नाचाैँ नाचाैँ  जस्तै बनाउँछ ।


प्रकृतिसँगै नरमाउने मन कसकाे पाे हुन्छ र ? प्राकृतिक छटामा एकपटक डुबुल्की मार्न कसकाे पाे मन नजाला र ? प्राकृतिक मनमाेहकतामा त्यसै त्यसै रमाउन र हराउन।

यसैबीच, हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ । यतिबेला केही स्थानमा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनिरहेको छ ।


बाढी, पहिरो र भूक्षयको त्रास पनि त्यत्तिकै छ । प्रकृतिको खेल कतै खुशीयाली त कतै रुवाबासी । कतै प्रकृतिकै कारण खुशी मिलेको छ त कतै प्रकृतिकै कारण उठिबास भएको छ । यो अवस्थामा एकले अर्काको साथ लिएर सबैले प्रकृतिको संरक्षण गर्दै होस्टेमा हैँसे मिलाएर सुरक्षित र सतर्कता अपनाएर प्रकृतिमा रम्न र रमाउन सक्नुपर्छ । अर्कोतिर मनसुनबाट नै मानिसले प्रकृतिको भरपूर मनोरञ्जन लिइरहेका छन् ।

अन्नबाली उत्पादनको लागि पनि यतिबेला प्रकृतिले पानी वर्षाइदिन्छ । साँच्चिकै प्रकृति एउटा रचनाको श्रोत हो । भएका फोहोरलाई पन्छाएर अघि बढ्न सके प्रकृतिले पनि हामी मानवलाई त्यत्तिकै प्रेम गर्नेछ ।