• १३ साउन २०८१, आइतबार

गोसाइँकुण्डमा जनैपूर्णिमाको रौनक (फोटो फिचर)

blog

तस्बिर : सुजन गुरुङ

तस्बिर : सुजन गुरुङ 

काठमाडौं, साउन २७ गते। जनैपूर्णिमाको अवसरमा शुक्रबार गोसाइँकुण्डमा दर्शनार्थीको भीडभाड थियो। जनैपूर्णिमा पर्वको अवसरमा रसुवावासीसहित देशका विभिन्न ठाउँबाट शुक्रबार भक्तजन गोसाइँकुण्ड पुगेका हुन्। 

समुन्द्र मन्थन गर्दा निस्केको कालकूट विष सेवन गरी भगवान् शिवले प्राणी जगत्लाई बचाएका कारण हरेक मानिस भक्तजनका रूपमा जिन्दगीमा एकपटक भए पनि गोसाइँकुण्ड दर्शन गर्ने चलन रहिआएको छ। समुन्द्र सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थमा जनैपूर्णिमाको अवसरमा भक्तजन पुग्ने गरेका छन्।