• १३ साउन २०८१, आइतबार

साताका सात तस्बिर

blog

दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नम्बर ४ राउटे चौरमा राउटे समुदायको बस्ती। १२ वर्षपछि पुरानै ठाउँ फर्कने गरेका राउटे समुदाय यो ठाउँमा २० वर्षपछि फर्किएका हुन्। जंगलमा बस्ने, कन्दमुल, सिकार गरेर जीवन चलाउँदै आएको राउटे समुदाय पछिल्लो समयमा सडक पहुँच भएको स्थानमा बसाइँ सर्ने गरेका छन्। तस्बिर : विशाल सुनार


काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरस्थित भकुण्डे फाँटमा हरियाली भएको धानबाली। यहाँ दुई वर्ष अघिसम्म आठ वटा इँट्टाभट्टा उद्योगले खेत भाडामा लिएर इँट्टा बनाउँदै आएका थिए। तस्बिरः राजकुमार पराजुली/रासस


पर्यटकीयस्थल चन्द्रागिरी हिल्स आसपास क्षेत्रबाट देखिएको काठमाडौं। तस्बिरः चन्द्रकला क्षेत्री/रासस


भोजपुरको पर्यटकीय क्षेत्र चखेवाडाँडा। तस्बिर :  युवराज विष्ट/रासस


नगरकोटबाट देखिएको भक्तपुर सहर।  तस्बिर ः चन्द्रकला क्षेत्री, रासस


तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वी राजमार्ग सडक छेउको बिजुली तारमा तोप चराले गुँड । तस्बिर: सानेबहादुर नेपाली /रासस 

साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा नेवार समुदायले मनाउने गठामुंगः पर्वको अवसर मामंगलबार भक्तपुर दत्तात्रयमा गठामुंगः को पुत्लालाई जलाएर पर्व मनाउँदै स्थानीय। तस्बिर : सुजन गुरुङ