• १३ साउन २०८१, आइतबार

वर्षाले विजया दशमीमा दिनभर जनजीवन कष्टकर (फोटो फिचर)

blog

पानी परेकाले टीकाका लागि आवतजावत गर्न कठिनाइ, फाेटाे–मनाेजरत्न शाही

काठमाडौँ, असाेज १९ गते । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको बताइएको छ ।     

वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरूलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ ।     

तर वर्षा भए पनि मान्यजनको टीका थाप्नकाे लागि निजी सवारी हुनेहरूको सडकमा बाक्लो उपस्थिति रहेको छ ।तर सार्वजनिक गाडीहरू कम चलेका कारण पनि यात्रुहरूको कठिनाइ बढेको छ । फाेटाेहरू –मनाेजरत्न शाही