• १३ साउन २०८१, आइतबार

मन परेका तस्बिर

blog

डोल्पोबुद्ध गाउँपालिका–१, धोस्थित स्टार माउन्टेन नजिकै खोला तर्दै चौँरी । उपल्लो डोल्पामा दूध उत्पादन र दैनिक ढुवानीमा चौँरी प्रयोग गर्ने गरिएको छ । तस्बिर : रासस

विश्व पर्यटन दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकाले फोटो प्रतियोगिता गर्ने भएको छ । एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर आगामी असोज ११ गते प्रतियोगिता हुन लागेको हो । तस्बिर : प्रेम अधिकारी


पर्वतको कुस्मा नगरपालिका– १२ ठूलीपोखरीमा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल बाटुलेचौर देवीस्थान मन्दिर । यस मन्दिरमा ११० वर्षदेखि नियमित रूपमा पूजा हुँदै आएको छ । यो मन्दिरमा चैत्राष्टमी, तीज, बालाचतुर्दशी, शिवरात्रि, र बडादसैँको नवदुर्गा र साउने सोमबारमा विशेष पूजा हुने गर्दछ । त्यसैगरी शनि त्रयोदशीमा १०८ पीपल घुमी जल चढाउनका लागि यहाँ विशेष व्यवस्था गरिएको छ । तस्बिर : सुमनजङ्ग थापा/रासस   


शिवालय गाउँपालिका–३ घोडेछालमा लगाएको कोदोबाली । जाजरकोटमा कोदो लगाउन क्रम घट्दै गएपछि पश्चिम शिवालय, जुदिचाँदे गाउँपालिकामा कोदो लगाउने लगाउने गरिन्छ । तस्बिर  हेमन्त केसी/रासस 


पूर्व–पश्चिम राजमार्ग सडक खण्डअन्तर्गत सप्तरीको कोसी ब्यारेजस्थित पश्चिमी नहरको पुलमा देखिएको खाल्डो तथा जीर्ण सडक । यहाँ सम्बन्धित निकायले समयमा जीर्ण सडक मर्मत नगरेका कारण सवारी दुर्घटना उच्च जोखिम बढेको छ । तस्बिर : अरूणकुमार यादव/रासस    


भक्तपुरमा देखिएका घर भँगेरा । परम्परागत घरका भित्ताका खटप्वालमा गुँड बनाउने भँगेर प्रजातिका चारा बढ्दो शहरीकरण र आधुनिक घर निर्माणले  सङ्कटमा परेका छन् । भँगेरा संरक्षणका लागि हरेक वर्ष मार्च २० तारिखमा विश्व भँगेरा दिवस मनाउने गरिन्छ । बालीनालीमा पराग सेचन गराउन सहयोगी र शत्रु कीरा खाइदिने भएकाले भँगेरालाई कृषकका साथीका रुपमा लिइन्छ ।   तस्बिरः विकास द्वारे। 


सुर्खेतको वीरेन्द्रनगरस्थित मसुरीखेतको हिलाम्य मुख्य सडक । यो सडकमा पानी जम्दा आवतजावतमा सास्ती हुने गरेको छ । तस्बिरः सुरेश आचार्य/रासस