अबको बाटो
दृश्यसमय: अपराह्नको समय । स्थान: सुकुमवासी बस्ती । धेरैजसो छाप्रो नदीले बगाएको छ । बस्तीको वातावरण मसानघाट जस्तै चकमन्न र भयावह बनेको छ । कता कता मानिसहरू बोलेको, रोएको आवाज आइरहेको छ । बचेका केही छाप्राहरूको नदीतर्फको भाग बगाएको छ । चुनीमाया छाप्रोको अवस्था देखेर रोई रहेकी छे । यत्तिकैमा सामाजिक अभियन्ता आशाकिरण छाप्रोमा आइपुग्छिन् । उनको पछि–पछि एक जना पत्रकार र एक जना ठुलो झोला बोकेको भरिया पनि सँगै छ । पत्रकार छाप्राको दृश्य क्यामेरामा कैद गर्न व्यस्त छ । आशाकिरण: हेर त छाप्राको अवस्था । कुनै कुरा बाँकी नराखी बगाएछ । नरोऊ बहिनी । विपत्का बेला सबैलाई यस्तै हो ।चुनीमाया: (हतारहतार आँशु पुस्दै) नरोएर के गर्ने दिदी । बाढीले केही बाँकी राखेन । आशाकिरण: छाप्रा त आफ्नै हो नि ?चुनीमाया: छाप्राको मालिक त अरू नै छ । हामी त यहाँ भाडा तिरेर बस्दै आएका छौँ । आशाकिरण: यो छाप्रा आफ्नो होइन ? (पत्रकारतिर पुलुक्क हेर्छिन् ।)चुनीमाया: (सलको सप्कोले आँशु पुस्दै) होइन नि दिदी । यहाँका धेरै जसो छाप्राहरू भाडाकै त हुन् नि । कति वटाको त नामो निशान छैन ।आशाकिरण: श्रीमान् खोई त ?चुनीमाया: छोरी खोज्न गा’छ ।आशाकिरण: (आश्चर्य मान्दै) किन ? छोरी कता गई ?चुनीमाया: हिजो राति बस्तीमा बाढी पसेपछि हामी लोग्नेस्वास्नी सामान बचाउनतिर लाग्यौ । पछि छोरी खोज्दा छोरी छाप्रोमा थिएन । आशाकिरण: कतै उद्धार टोलीले भेटाएर राखिदिएको हुन सक्छ । शिविरमा बुझ्नु पर्छ । चुनीमाया: मेरी छोरी जीवित छन् कि मरिसकी, बुढो नआई थाहा हुँदैन दिदी । चुनीमाया उसै गरी फेरि सुकसुकाउन थाल्छे । आशाकिरण: छिः के भनेकी त्यस्तो । शुभ शुभ बोल्नु पर्छ । बुवासँगै छोरी फर्केर आउँछे । ढुक्क बस । (भरियाले बोकेको ब्यागबाट एक बोतल पानी, भुजा र दालमोठको एउटा एउटा पाकेट दिँदै) ल, यो समाऊ । म दाताहरूसित तिमीहरूका लागि राहतको अपिल गरौँला । मन बलियो गरेर बस । सब ठिक हुन्छ । अभियन्ता आशाकिरण, पत्रकार र भरिया अर्काे छाप्रातिर जान्छन् । यति नै बेला शमशेर नियास्रो अनुहार पारेर छाप्रोमा फर्केको छ । चुनीमाया ः (लोग्नेलाई एक्लै देखेपछि) ल, खै त छोरी ? भेटेनौ ?शमशेर ः (लामो सुस्केरा हाल्दै रुन्चे स्वरमा) धेरै ठाउँ खोजँे । धेरैलाई सोधेँ । प्रहरी चौकीसम्म पुगेँ तर कसैले देखेँ भनेनन् बुढी । हाम्री छोरीलाई बागमतीले निल्यो बुढी । (ग्वाँ ग्वाँ रुन थाल्छ । लोग्ने रोएपछि चुनीमाया पनि लोग्नेलाई अँगालो मारेर रुन थाल्छे । केहीक्षण सँगै रोएपछि) चुनी, भो नरो । (आँशु पुछिदिँदै) हाम्रो भाग्य नै यस्तो रहेछ । मेयरसापले यहाँ बस्न जोखिम छ, बस्ती खाली गर भन्दा उल्टै ढुङ्गामुढा ग¥यौँ । आखिर त्यति बेलै छोडेर अन्तै कतै गएको भए यसरी छोरी गुमाएर निःसन्तान हुनु पर्ने थिएन ।चुनीमाया ः पसलका लागि ल्याएको कपडा, चुल्हो, भाँडाकुँडा, अन्नपात सबै बगाएर लग्यो बुढो । अब साहुको ऋण, छाप्राको भाडा के गरी तिर्ने होला ? (शमशेरको मलिन अनुहारमा हेर्दै) यतिन्जेल केही खाएको छैनौ होला ?शमशेर ः तैँले पनि त केही खाएकी छैनस् होली नि । केही भए पो खान्थिस् । व्यापार गरेको पच्चिस सय रुपियाँ कमेजको खल्तीमा थियो, त्यो पनि मालसामानसँगै बगाएछ । चुनीमाया ः (दालमोठ र भुजाको पाकेट खोल्दै) एक जना दिदी पत्रकार लिएर आएकी थिइन् । उनैले दिएर गएकी । खाऊ ।शमशेर ः खान मन छैन । (भुजा र दालमोठतिर हेर्दै)चुनीमाया ः खान त मलाई पनि कहाँ मन छ र ! तर भोकभोकै बाँच्न सकिँदैन बुढो । यति खाएर छोरी खोज्न जाऔँ । कतै भेटि पो हाल्छ कि ।शमशेर ः ठिकै भनिस् । मलाई त अझै कमलीसित भेट हुन्छ भन्ने आशा छ । दुवै जनाले भुजा दालमोठ पानीसित कुपुकुपु खान्छन् र लोग्नेस्वास्नी छोरी खोज्न छाप्रोबाट प्रस्थान गर्छन् । दृश्य परिवर्तनसमय ः दिउँसो । स्थान ः चव्रmपथ छेउको खुला ठाउँ । बाढीपीडितहरू दिउँसोको भोजन गर्न लाइन लागेर बसेका छन् । लाइन लामो छ । शमशेर र चुनीमाया पनि लाइनमा खाना पर्खेर बसेका छन् । शमशेर ः चुनी, यसरी कति दिन राहतको भरमा बस्ने होला । बरु गाउँ फर्काैं ।चुनीमाया ः यतिका वर्ष भयो गाउँ छाडेर आएको । अब गाउँ फर्केर के गर्ने ?शमशेर ः पौरख गर्नलाई अभैm पाखुरा मजबुत छ चुनी । गरौँला नि केही न केही । किन चिन्ता गर्छेस् ।चुनीमाया ः जाने भए जाऔँ न त । स्वयंसेवकहरू खाना बाँड्दै उनीहरूसम्म आइपुगेका छन् । शमशेर र चुनीमायाले पेटभरि दाल–भात खान्छन् । शमशेर ः नयाँ बसपार्कबाट गाउँ जाने बस दुई बजे छुट्छ । (उठ्दै) बरु लागाँैं ।चुनीमाया ः अनि बस चढ्नलाई भाडा चाहिएन ? शमशेर ः छ मसँग । बिहान रामलालसित भेटेर बाह्र सय जति लिएँ । अरू पछि दिने भनेको छ । उनीहरू महानगरको बस चढेर नयाँ बसपार्कतिर प्रस्थान गर्छन् । दृश्य परिवर्तन काठमाडौँको नयाँ बसपार्क । विभिन्न गन्तव्यतिर जाने लामो दुरीका बसहरू लहरै रोकिराखेका छन् । आउने जाने यात्रुहरूको बाक्लै चहल पहल छ । काउन्टरबाट माइकमा यात्रुहरूलाई सूचना दिने काम भइरहेको छ । शमशेरले धादिङ जाने दुई वटा टिकट लिन्छन् र दुवै प्रतीक्षालयमा गएर बस्छन् । यत्तिकैमा एउटी बालिका भिख माग्दै उनीहरू भएतिर आउँछे । चुनीमाया ः (लोग्नेलाई कोट्याएर बालिकातिर इङ्गित गर्दै) उता हेर त, हाम्रै कमली जस्तै । शमशेर ः (राम्ररी नियाल्दै) ल, यो त हाम्रै छोरी जस्ती छे त चुनी ।चुनीमाया ः जसको छोरी देखे पनि आफ्नै जस्तो लाग्ने है बुढो ?शमशेर ः हेर्न, हाम्रै कमली जस्तै छे ।चुनीमाया ः जाऔँ जाऔँ । बस छुट्ने बेला भयो । दुवै बेन्चबाट उठ्छन् र बस भएतिर बढ्छन् । बालिका ः (दौडँदै आएर पछाडिबाट चुनीमायाको कुर्तामा समाउँदै) मैले बिहानदेखि केही खाएकी छैन आन्टी । बिस्कुट खाने पैसा दिनु न । चुनीमायालाई अहिले कमली बोलेकी जस्तो लाग्छ र फर्केर हेर्दा त्यो बालिका उनीहरूकै छोरी कमली हुन्छे । आमा छोरीको नजर जुझ्छ । चुनीमाया ः (बालिकालाई एकाएक अँगालो हालेर रुन्चे स्वरमा) छोरी, कमली तँ यहाँ ?कमली ः (चुनीमायालाई च्याप्प समातेर) ममी !चुनीमाया ः (अघि अघि लागेको लोग्नेतिर हेरेर चिच्याउँदे) औ बुढो ! यता हेर त । हाम्रो छोरी भेटियो ।शमशेर ः (फर्केर हेर्दा आमाछोरीलाई अँगालोमा बाँधिएको देख्छन् र दौड्दै आउँछ र राम्ररी नियाल्दै) कमली मेरी छोरी ! (मायाले सुम्सुमाउँदै) यति दिन कहाँ थियौ छोरी ? हामीले तिमीलाई कहाँ कहाँ खोजेनौ । (यता बसले प्रस्थान गर्नलाई हर्न बजाएर अन्तिम सङ्केत दिन्छ । शमशेर र चुनीमाया छोरीलाई डो-याउँदै हतार हतार बस चढ्छन् । बस छुट्छ ।) मधुपर्कहेटौँडा, मकवानपुर
महिलाद्वारा सामूहिक चिया खेती
गुल्मीमा बाँझो जग्गालाई भरपुर सदुपयोग गर्दै व्यावसायीक रुपमै चिया खेतीको सुरुवात गरिएको छ । वषौँदेखिको बाँझो जग्गालाई यसै खेर जान दिनुभन्दा सदुपयोग गर्दै चिया खेतीको सुरुवात गरिएको स्थानीयहरुले जनाएका छन् ।
माटोको घर (कविता)
वस्तुहरू थरी थरी घरहरू नि अनेक रङ्गी । कुनै घर माटोको त
पैदल यात्रीको मृत्यु
झापाको कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुरमा गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
गाउँले र खैरे (कथा)
एकादेशमा एउटा गाउँ थियो । त्यो गाउँमा सबै गाउँले मिलेर बस्थे ।
म मानव बन्न सकुँ (कविता)
भोकाहरूलाई टन्न खुवाउन सकुँ, आङ ढाकीदिन सकुँ नाङ्गाहरूको,
किवीलाई बजारीकरण गर्न समस्या
गौमुखी गाउँपालिका–३ रजबाराका नरेन्द्र मल्लको बारीमा यो वर्ष प्रशस्त किवी फलेका छन् । सात वर्ष अघिदेखि व्यावसायिक रुपमा खेती सुरु गर्नुभएका मल्लले लगाएको किवीले राम्रो उत्पादन दिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
दाबीखोला मोटरेबल पुल सञ्चालनमा
त्रिपुरासुन्दरी गाउँपालिका–३ र ६ जोड्ने मोटरेबल पुल सञ्चालनमा आएको छ । उक्त पुलको पूर्वमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
सिसानमा नयाँ नेतृत्व
पोषणका लागि नागरिक समाज सञ्जाल नेपाल (सिसान) को अध्यक्षमा दीपक थापा निर्वाचित हुनुभएको छ ।
प्रधानमन्त्री ओली झापा जानुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिहान गृहजिल्ला झापा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली दमक बिजनेश भवनको उद्घाटनलगायत विभिन्न कार्यक्रममा सहभागी हुन झापा जान लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
फोटो प्रदर्शनी गर्न चौध जना फोटोपत्रकार चीन प्रस्थान
राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार एवं राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १४ सदस्यीय फोटोपत्रकार टोली फोटो प्रदर्शनीका लागि चीनको सान्तोङतर्फ प्रस्थान गरेको छ ।
एनपीएल : जनकपुरविरुद्ध पहिले फिल्डिङ गर्दै लुम्बिनी
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
छोरा बेपत्ता भएपछि परिवार पीडामा
बर्दियाको बासगढी नगरपालिका–९, कुनैठीका १५ वर्षीय बालक अमित कुमाल गत १५ दिनदेखि बेपत्ता छन् ।
बजारमा सिसिटिभी जडान
बुटवल उपमहानगरपालिकाले बुटवलका मुख्य चोक र बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरेको छ ।
विषादीरहित उत्पादनलाई प्राथमिकता
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित बुटवलमा पुस ३ गतेदेखि हुने औद्योगिक व्यापार मेलामा कृषितर्फ विषादीरहित उत्पादनलाई प्राथमिकता दिइने भएको छ ।
‘लगानीको वातावरण बनाउन सरकार प्रतिवद्ध छ’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी तथा विदेशी लगानीकर्तालाई यथेष्ट लगानीको वातावरण दिन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
बाँझो जमिनमा सुन्तला खेती
दोलखाको शैलुङ गाउँपालिका–७, साउँतेका किसानले बाँझो रहेको बारीमा सुन्तला खेती गर्न थालेका छन् । अन्न बालीले खासै फाइदा हुन छाडेपछि किसान यसप्रति आकर्षित हुन
काम छिटो सक्न माग गर्दै चक्काजाम
पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम छिटो सक्न माग गर्दै स्थानीयले नवलपुरको कावासोती–१६ डन्डामा आधा घण्टा चक्का जाम गरेर सडक अवरुद्ध गरेका छन् ।
कञ्चनजङ्घा गोल्डकपको उपाधि धरानलाई
ताप्लेजुङमा आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरानले जितेको छ । शनिबार भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माईजोगमाईलाई ४–१ गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो ।
पर्यटन प्रवर्धन गर्न पदमार्ग
कर्णाली प्रदेश सरकारले पर्यटन प्रवर्धन गर्न पदमार्ग निर्माण गर्न लागेको छ ।
एघार वर्षपछि आँखा देख्न पाएका घिसिङ दिदी–भाइ
धुलिखेल (काभ्रेपलाञ्चोक), मङ्सिर २३ गते । दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दङ्ग छन् । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–३ सानोपोखराका उहाँले १३ वर्षपछि आँखा देख्न पाएको बताउनुभयो ।नजिकको मात्रै अलिअलि देख्ने उहाँको नजिक आएर बोलेपछि बोलीबाट मात्रै मान्छे चिन्ने गरेका थिए । उहाँले यसरी नै ११ वर्ष बिताएपछि गाउँमा सञ्चालित आँखा शिविरमा शल्यक्रियापश्चात छ्याङ्गै आँखा देखेपछि खुसीले उहाँ दङ्ग हुनुभएको छ । “जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेपछि घिसङगाउँमा नै सञ्चालन भएको आँखा शिविरबाट नयाँ जीवन पाएकामा धेरै खुसी छु”, उहाँले भन्नुभयो, “आँखा देख्ने भएपछि अहिले गाउँघर, छरछिमेक, साथीभाइ र डाँडापाखा सबै देख्न र हेर्न पाएकामा खुुसी छँु ।”प्रकाशमात्र होइन, दिदी सुस्मिता घिसिङको पनि अवस्था उस्तै थियो । गाउँकै कक्षा ६ मा अध्ययनरत उहाँले धेरै नजिकको मात्रै देख्ने र टाढाको कुनै पनि वस्तु देख्न नसक्ने अवस्थामा रहेको बेला आँखा शिविरबाट नयाँ जीवन पाएको बताउनुभयो । दिउँसो जसोतसो हिँडडुल गरे पनि राति अरुको सहारामा हिँड्नुपर्ने बाध्यता रहेको उहाँले शल्यक्रियपश्चात राम्रोसँग देख्न पाएको बताउनुभयो । जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेको थियो । “देख्न ठप्पै भएपछि बेलाबखत आँखा उपचारका लागि जाउँ भन्ने कुरा आए पनि खर्च अभावका कारण हामीले उपचार गर्न पाएका थिएनौँ”, सुस्मिताले भन्नुभयो, “गाउँमा आएको शिविरमा उपचारपछि बल्ल सबै चिज देख्न पाएका छु ।”दुई जनामात्र होइन, गाउँमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार तीन सय ६ जनाले घरआँगनमा नै उपचार सेवा पाएका छन् । महाभारत गाउँपालिकाको आयोजनामा नेपाल आँखा कार्यक्रम ख्वप तिलगङ्गा आँखा अस्पताल भक्तपुरको प्राविधिक सहयोग र अगचभ दष्लिमलभकक परियोजनाको आर्थिक सहयोगमा पालिकाका विभिन्न वडामा सञ्चालन गरेको शिविरबाट एक सय जनाको आँखाको शल्यक्रिया गरेको छ ।तिलगङ्गा ख्वप आँखा अस्पतालका इन्चार्ज धिरज अधिकारीले शिविरमा आँखा परीक्षणबाट छनोट भएका मोतियविन्दुका बिरामीको घर्तिछाप स्वास्थ्य चौकीमा डा सुदीप राजभण्डारीको नेतृत्वमा एक सय ३५ जनाको शल्यक्रिया गरेको बताउनुभयो । सो क्रममा शल्यक्रियासहित आवश्यक औषधि र चश्मालगायत सामग्री निःशुल्क वितरण गरिएको थियो । शिविरमा १३ वर्षदेखि १०० वर्षसम्मका नागरिकको आँखा परीक्षण गरिएको थियो । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँमा नै बसेर विशेषज्ञ डाक्टरबाट सेवा लिन निकै कठिन र खर्चिलो भएको, कतिपय रोग लुकाएर बस्ने भएको तथा जटिल प्रकारका रोग भएको अवस्थामा पनि प्रस्ट भन्न नसक्ने अवस्थाका नागरिकहरु भएका कारण वार्षिक रूपमा गाउँका बस्ती–बस्तीमा नै गएर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको बताउनुभयो । त्यसरी विभिन्न समस्यामा रहेको नागरिकलाई सेवा दिने क्रममा यसपटक मङ्सिर १७ देखि २१ गतेसम्म निःशुल्क आँखा शिविर सञ्चालन गरी नागरिकलाई सेवा दिएको उहाँले बताउनुभयो । रासस
लिदिखोलाको मोटरेबल पुल सञ्चालनमा
मोदी गाउँपालिका–६ तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल सञ्चालनमा आएको छ । गत भदौमा निर्माण सम्पन्न भएको पुल गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शनिबार उद्घाटन गर्नुभयो ।