• ९ पुस २०८१, मङ्गलबार

पर्यटन प्रवर्धन गर्न पदमार्ग

blog

बुलबुले समाचारदाता

सुर्खेत, मङ्सिर २३ गते । कर्णाली प्रदेश सरकारले पर्यटन प्रवर्धन गर्न पदमार्ग निर्माण गर्न लागेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर पदमार्ग निर्माणको योजना अघि सारेको हो । सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्र अवलोकनका लागि पदमार्ग निर्माण गर्न लागिएको छ ।

निजी क्षेत्रसमेतको सहभागितामा सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा पदमार्ग निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । चालु आवमा सुर्खेत उपत्यका उत्तरी क्षेत्रमा रहेका कट्कुवा, लादे, गोठीकाँडा तथा सिद्धपाइला क्षेत्रमा पुग्न पदमार्गका रूपमा विकास गर्न लागिएको हो ।

निजी क्षेत्रसमेतको सहभागितामा सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा पदमार्ग निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । चालु आवमा सुर्खेत उपत्यका उत्तरी क्षेत्रमा रहेका कट्कुवा, लादे, गोठीकाँडा तथा सिद्धपाइला क्षेत्रलाई समेटेर पदमार्गका रूपमा विकास गर्न लागिएको हो ।

करेखोलादेखि सिद्धपाइलासम्म पदमार्ग निर्माणका लागि १५ लाख रुपियाँ बजेट विनियोजन गरिएको मन्त्रालयका सूचना अधिकारी नीरज श्रेष्ठले बताउनुभयो । यो कामका लागि उपत्यकाका उत्तरी क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । वीरेन्द्रनगरबाट दैनिक रूपमा मानिस उक्त स्थानमा घुम्न जाने गरेका छन् । उपयुक्त पदमार्ग नहुँदा नागरिकले सास्ती पाइरहेका छन् । सोही कुरालाई हेरेर सरकारले पदमार्ग निर्माण गर्न लागेको हो । स्थानीयस्तरमा उपलब्ध वस्तुको प्रचारप्रसार गर्ने उद्देश्य राखिएको छ । 

कर्णाली प्रदेश सरकारले नागरिकका आधारभूत आवश्यकतासँगै पर्यटन प्रवर्धनका विषय उठान गरेको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक महìवका पर्यटकीय स्थलको पहिचानमा जोड दिइएको छ । पहिचान गरिएका पर्यटकीय स्थलको संरक्षण तथा पुनर्निर्माण गर्न लागिएको हो ।

पर्यटकीय स्थलको संरक्षण गरिँदै

यो वर्ष प्रदेश सरकारले पर्यटकीय स्थलको पहिचान, संरक्षण तथा पुनर्निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर उक्त योजना ल्याएको हो । प्रदेशकै प्रमुख आकर्षक पर्यटकीय गन्तव्य स्थलसम्म पुग्न पूर्वाधार निर्माण गर्न लागिएको हो । पर्यटकीय स्थलको संरक्षण गर्ने उद्देश्यले मुगुको राराताल, सुर्खेतको काक्रेविहार, बुलबुले उद्यान तथा चौघानपार्क र रुकुमपश्चिमको स्यार्पुतालको संरक्षण विकास गर्न लागिएको हो । उक्त कार्यक्रमका लागि प्रदेश सरकारले १४ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।