• ९ पुस २०८१, मङ्गलबार

सिसानमा नयाँ नेतृत्व

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २३ गते । पोषणका लागि नागरिक समाज सञ्जाल नेपाल (सिसान) को अध्यक्षमा दीपक थापा निर्वाचित हुनुभएको छ । उहाँ सिसानको दोस्रो अधिवेशनबाट निर्वाचित हुनुभएको हो । सिसानको निवर्तमान अध्यक्ष डा. उमा कोइराला हुनुहुन्छ । अधिवेशनबाट उपाध्यक्षमा सुनील श्रेष्ठ, सचिवमा नन्दराज अधिकारी र कोषाध्यक्षमा डा. ज्योति श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

यसै गरी सदस्यहरूमा सरोज ढुङ्गेल, रोशनी श्रेष्ठ, जनक थापा, सुदीप चिलुवाल, रीता गुरुङ र माधवी प्रधान निर्वाचित हुनुभएको छ । पोषणका लागि नागरिक समाज सञ्जालले नेपालमा पोषणको क्षेत्रमा पैरवी गर्दै आइरहेको छ ।