प्रधानमन्त्रीसँग शान्तिका लागि संसदीय मञ्चका अन्तर्राष्ट्रिय अध्यक्षको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग शान्तिका लागि अन्तर्राष्ट्रिय संसदीय मञ्चका अध्यक्ष डा. चार्ल्स एस याङले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ।
एमाले धनकुटा नगर अध्यक्षमा छाराहाङ
नेकपा (एमाले) धनकुटाको दोस्रो नगर अधिवेशनले अर्जुन छाराहाङको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरेको छ । अधिवेशनले उपाध्यक्षमा चन्द्रकृष्ण ठकुरी, सचिवमा लक्ष्मण घिमिरे तथा उपसचिवमा मानबहादुर राई र दुर्गा ढकाल चयन हुनु भएको छ ।
राष्ट्रपति रनिङ शिल्डमा सहभागी विद्यार्थीको विदाइ
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका विद्यार्थी (खेलाडी) लाई विदाइ गरेको छ । गाउँपालिकाले प्रतियोगितामा सहभागी भएर विभिन्न विधामा विभिन्न पदक जित्न सफल विद्यार्थीलाई सम्मानसहित विदाइ गरेको हो ।
कार्य सम्पादनमा बेसीसहर नगरपालिका उत्कृष्ट
लमजुङ सदरमुकाममा रहेको बेसीसहर नगरपालिका कार्य सम्पादनमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को कार्यसम्पादन मूल्याङ्कनमा बेसीसहर नगरपालिका उत्कृष्ट बन्न सफल भएको हो ।
रासायनिक मलको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ।
फोनिज दाङको अध्यक्षमा दिप्तीशिखा
आदिवासी जनजाति पत्रकार महासंघ दाङको अध्यक्षमा दिप्तीशिखा चौधरी सर्वसहमत निर्वाचित हुनुभएको छ । बिहीबार तुलसिपुरमा भएको दशौँ अधिवेशनबाट चौधरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।
सरकार उल्टो बाटोमा हिँडेको प्रचण्डको टिप्पणी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार उल्टो बाटोमा हिडेको टिप्पणी गर्नुभएको छ। बिहीबार गुल्मीको मालिका गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
मध्यविन्दुमा जग्गा नापजाँच सुरु
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन मध्यविन्दु नगरपालिकामा पुनः प्रक्रिया सुरु गरिएको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा परिवर्तन गाउँपालिका उत्कृष्ट
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कन अनुसार रोल्पाको परिवर्तन गाउँपालिका उत्कृष्ट देखिएको छ ।
घोराही–तुलसीपुर चार लेन सडकको ठेक्का आह्वान
दाङको घोराही–तुलसीपुर चार लेन सडक विस्तारका लागि ठेक्का आह्वान भएको छ । सडक विभागअन्तर्गतको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले विहीबार सार्वजनिक सूचना जारी गर्दै घोराही–तुलसीपुर सडक विस्तारका लागि तीन अर्ब ९९ करोड रुपियाँको ठेक्का आह्वान गरेको हो ।
कार्यसम्पादन मूल्याङ्कनमा प्रदेश सरकार कमजोर
कार्यसम्पादन मूल्याङ्कनमा प्रदेश सरकार कमजोर देखिएका छन् ।
अन्तरदेशीय प्रसारण लाइन निर्माणको खाकामा सहमति
नेपाल र भारतबिच अन्तरदेशीय प्रसारण लाइन निर्माणको खाका (मोडालिटी) मा सहमति भएको छ ।
विज्ञान सङ्ग्रहालयलाई चिनियाँ सहयोग
चीन सरकारले बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिलाई विज्ञान तथा प्रविधिसँग सम्बन्धित सामग्री उपलब्ध गराएको छ ।
‘अध्यादेशमा सहमति नभए बहुमतबाट पारित हुन्छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएका अध्यादेशमा सर्वसम्मत नभए बहुमतबाट पारित हुने बताउनुभएको छ ।
कक्षा १२ पासलाई जनरल नर्सिङ पढ्ने अवसर
प्रधानमन्त्री तथा चिकित्सा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले सरकारी स्वास्थ्य संस्थामा २०९ सिट थप गर्ने निर्णय गरेको छ ।
पाँच वर्षलाई भारतीय चन्दन
भारतको गोवा राज्यका स्वास्थ्य तथा सहरी विकासमन्त्री विश्वजित प्रतापसिंह राणेले पशुपतिनाथ मन्दिरमा ३५ किलोग्राम श्रीखण्ड चन्दन प्रदान गर्नुभएको छ ।
आधा कार्यकाल सकिएपछि मुद्दाको अन्तिम सुनुवाइ सुरु
संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध चार वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रिटमा संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएको छ ।
जनकपुरमा चलचित्र शिविर सञ्चालन हुँदै
चलचित्र विकास बोर्डले मधेश प्रदेशको जनकपुरमा फागुन १३, १४ र १५ गते चलचित्र शिविर सञ्चालन गर्ने भएको छ । मधेशमा चलचित्रबारे अभिरुची र चेतना जागृत गराई त्यहाँको बजारलाई विस्तार र सदृढ बनाउने उद्देश्यसहित शिविर सञ्चालन गर्न लागिएको हो ।
नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व कला,साहित्य र सङ्गीत हो: राष्ट्रपति पौडेल
नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८० लाई गर्नुभएको सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला, साहित्य र सङ्गीत समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने स्पष्ट पार्नुभयो।उहाँले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताउनुभएको हो ।
पाथीभरामा उठ्यो माघमा १० लाख बढी भेटी
पाथीभरा क्षेत्र विकास समितिले माघ महिनामा गणना गरिएका भेटी रकम सार्वजनिक गरेको छ । समितिले हरेक महिना गणना गरिएको भेटी प्रत्येक महिनाको मसान्तको दिन सार्वजनिक गर्ने निर्णय र प्रतिबद्धताअनुसार नै भेटी रकम सार्वजनिक गरेको हो ।
प्राधिकरणले ड्रिलिङ गर्दा बबरमहल जलमग्न (फोटो फिचर)
नेपाल विद्युत प्राधिकरणले विद्युतको लाइन भूमिगत गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार काठमाडौँको बबरमहलमा खानेपानीको पाइप फुटेको छ ।
‘बुद्धले आयुसंस्कार परित्याग गरेको दिनलाई राष्ट्रिय पर्वको रुपमा मनाऔं’
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले गौतम बुद्धले आफूले निर्वाण प्राप्त (मृत्यु घोषणा) गर्नुभन्दा ३ महिनाअघि नै आयुसंस्कार परित्याग घोषणा गरेको दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाउन माग गर्नुभएको छ ।
प्रेस चौतारी पर्वतको अध्यक्षमा विश्वकर्मा चयन
प्रेस चौतारी नेपाल पर्वत शाखाको अध्यक्षमा दिपेश विश्वकर्मा चयन हुनुभएको छ । मङ्गलबार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा विश्वकर्मा सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।
मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल
प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा छलफल भएको छ ।