• १ फागुन २०८१, बिहिबार

प्रेस चौतारी पर्वतको अध्यक्षमा विश्वकर्मा चयन

blog

प्रेस चौतारी नेपाल पर्वत शाखामा चयन भएको नयाँ पदाधिकारीहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, माघ ३० गते ।
प्रेस चौतारी नेपाल पर्वत शाखाको अध्यक्षमा दिपेश विश्वकर्मा चयन हुनुभएको छ । मङ्गलबार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा विश्वकर्मा सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।

समितिको उपाध्यक्षमा शान्ति सुवेदी, विकासराज पौडेल, सचिवमा दुर्गा शर्मा ‘पुजना’, कोषाध्यक्षमा महेश भुषाल, सह–सचिव प्रेमप्रसाद शर्मा, कमला लामिछाने चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा रमेश पौडेल, सुजन पौडेल, सुजन आचार्य र नारायण अधिकारी चयन हुनुभएको प्रेस चौतारी पर्वतका निवर्तमान अध्यक्ष कृष्ण अखेलीले जानकारी दिनुभयो ।

अधिवेशनको अवसरमा प्रेस चौतारी पर्वतका केन्द्रीय सदस्य तथा पर्वत शाखाका पूर्व अध्यक्ष गणेश गिरीलाई २२ हजार दुई सय २२ रुपियाँ राशीको प्रेस चौतारी सृजनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार पूर्व मन्त्री तथा एमाले केन्द्रीय कमिटी सचिव पद्मा अर्यालले गिरीलाई पुरस्कार प्रदान गर्नुभएको थियो । सम्मानित गिरी पर्वत न्यूज अनलाइन र अर्थ वीट साप्ताहिकका प्रधान सम्पादक हुनुहुन्छ ।

शाखाको सातौं अधिवेशनको अवसरमा शाखाका पूर्व अध्यक्षहरु इन्द्रमान खत्री, राजेन्द्र पहाडी, गणेश पौडेल, लक्ष्मण सापकोटा, गणेश गिरी र अनुशासन आयोग सदस्य सन्तोष थापालाई सम्मान समेत गरिएको थियो ।