खुला कोटामा बहालवाला कर्मचारीलाई बन्देजको प्रस्ताव
सङ्घीय निजामती सेवाको पदपूर्तिमा राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीको खुलातर्फ प्रस्तावित १० प्रतिशत कोटामा बहालवाला कर्मचारीलाई प्रतिस्पर्धा गर्न नदिने प्रस्ताव भएको छ ।
कानुन परिवर्तन गर्न सरकार तयार
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि विश्वका प्रतिष्ठित लगानीकर्तासँग सहयोग र सहकार्यका लागि आवश्यक सहजीकरणको वातावरण सिर्जना गर्ने बताउनुभएको छ ।
शिक्षामा सरकारी लगानी : छात्रवृत्तिमा मात्र साढे सात अर्ब
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०८१।०८२ मा आधारभूत तहदेखि उच्च तहसम्म अध्ययन गर्ने विद्यार्थीका लागि सात अर्ब ३९ करोड रुपियाँ छात्रवृत्तिबापत वितरण गरेको छ ।
गोठ गोठमा पशु प्राविधिक
सिन्धुपाल्चोक मेलम्चीका पशु प्राविधिक चेतप्रसाद घोरासैनी दिनरात नभनी किसानको गोठमा पुग्नुहुन्छ । ब्याउन नसकेर मृत्युको मुखमा पुगेका भैँसीका माउ पाडाको ज्यान जोगाइदिएर उहाँले स्थानीय कुलप्रसाद लुइँटेलको एक लाख ६० हजार रुपियाँको पशुधन जोगाइदिनुभयो । दैनिक ११ लिटर दुध दिने भैँसीको ज्यान जोगिएसँगै लुइँटेल परिवारले यतिबेला राहतको सास फेरेको छ । ब्याउन नसकेको भैँसीको पाडो निकाल्न तीन घण्टाको प्रयासपछि मात्रै सम्भव भएको उहाँले बताउनुभयो ।
पत्रकारलाई पुँजीबजारसम्बन्धी तालिम
लुम्बिनी प्रदेशका पत्रकारलाई पुँजीबजारसम्बन्धी एक दिने तालिम दिइएको छ । नेपाल धितोपत्र बोर्डको आयोजना एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको सहकार्यमा लुम्बिनी प्रदेशका पत्रकारलाई आर्थिक पत्रकारका लागि एक दिवसीय पुँजीबजारसम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण दिइएको समितिका महासचिव पाण्डव शर्माले जानकारी दिनुभयो ।
ट्वाइलेट, बाथरुम क्लिनर बनाउने तालिम
कपिलवस्तुको शिवराज नगरपालिकाका गृहिणीले ट्वाइलेट बाथरुम क्लिनर बनाउने तालिम लिएका छन् । नगरपालिकाको वडा ३ को आर्थिक सहयोगमा सहकारीमा आबद्ध २५ जना महिलालाई ट्वाइलेट क्लिनर, फिनेल र टायल क्लिनर बनाउने तालिम प्रदान गरिएको हो ।
गाउँपालिकाले निःशुल्क दन्त उपहार प्रदान गर्ने
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले निःशुल्क दन्त उपहार प्रदान गर्ने भएको छ । पालिकाभित्र रहेका ७० वर्षभन्दा माथिका आंशिक वा पूर्ण रुपमा दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क रुपमा दन्त उपहार प्रदान गर्ने भएको हो ।
नेपालमा लगानी विस्तारबारे प्रधानमन्त्रीसँग सिङ्गापुरको सर्वना ग्रुपको छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानीसम्बन्धी ऐसियाकै अगुवा संस्था सर्वना जुरोङ ग्रुपका कार्यकारी प्रमुख सिन चाओसहितको टोलीले नेपालको पूर्वाधार र सहरी विकासका विविध क्षेत्रमा लगानी विस्तार गर्ने विषयमा आज छलफल गरेको छ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
वराहक्षेत्र नगरपालिकाको आयोजनामा शुक्रबारदेखि छैठौं वराहक्षेत्र नगरपालिका माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन नगर प्रमुख रमेश कार्कीले गर्नुभएको छ ।
‘वायु प्रदूषणले दीर्घ स्वास्थ्य समस्या निम्त्याउँछ’
स्वीट्जरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था (आइक्यु)ले काठमाडौँलाई अस्वास्थ्य सहरको सूचीमा राखेको छ।
विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु
गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु भएको छ । अभिलेख प्रणालीको उपकरण विश्व स्वास्थ्य संगठन नेपालका डा. एलीसन गोकोटना, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले एक कार्यक्रमबिच गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेसहित अस्पतालका निमित्त प्रमुख बैभव बस्याललाई हस्तारतण गर्नुभयो ।
हुम्लामा समकोट गाउँपालिका उत्कृष्ट
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कनमा सिमकोट गाउँपालिका उत्कृष्ट ठहरिएको छ । १७ वटा सूचकका आधारमा स्थानीय तहरुको कार्य सम्पादन मूल्याङ्कन गर्दा सबैभन्दा बढी अङ्क प्राप्त गर्दै सिमकोट यसवर्ष उत्कृष्ट भएको हो ।
लालुपाते फुलेपछि मनमोहक देखियो हिमाल
‘लालुपाते नुघ्यो भुइँतिर, कि लाउ माया मैतिर, कि लाउ उइतिर, ए निर नलाउ दुईतिर’ गायक राजु परियार र विष्णु माझीले स्वरमा सजिएको लोकदोहोरी गीत जनजिब्रोमा जति लोकप्रिय छ, लालुपाते फूल पनि उत्तिकै मनमोहक हुन्छ ।
सुधार केन्द्रमा एकको मृत्यु
नवजन्म सुधार केन्द्रले यातना दिएपछि एक जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका –९ रामपुर टोलका करिब ३४ बर्षे धिरेन्द्र भनिने प्रदिपप्रसाद मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले बताउनुभयो ।
सस्तो मूल्यमा ‘लम्पी स्किन’ विरुद्धको खोप दिने प्रस्ताव
भारत बायोटेकका कार्यकारी अध्यक्ष डा. कृष्णा एल्लाले नेपाली किसानलाई सस्तो मूल्यमा ‘लम्पी स्किन’ रोगविरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ ।
निजामती विधेयक : अतिरिक्त सचिवमा जुटेन सहमति
सरकारले मूल विधेयकमा प्रस्ताव नगरेको र दफावार छलफलमा उपस्थित सरकारकै प्रतिनिधिले आवश्यक नदेखेको अतिरिक्त सचिवको व्यवस्थामा सांसदहरूले पोजिसन बनाउँदा निजामती सेवा विधेयकको प्रस्तावित तहगत व्यवस्थामा सहमति हुन सकेन ।
सामुदायिक रेडियोको भूमिका अब्बल
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरबाट प्रभावित आमजनसमुदायको जिउधनको रक्षा गर्न सरकार तत्पर रहेको बताउनुभएको छ ।
प्रदेश सभा सचिवसहित नौ जना दोषी
सर्वोच्च अदालतले कोशी प्रदेश सभाका बहालवाला सचिव गोपालप्रसाद पराजुलीसहित नौ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
अब महिनाको दुई पटक मात्रै सरुवा
दैनिक रूपमा हुने कर्मचारी सरुवाले प्रशासनिक अस्थिरता बढ्दै गएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा प्रणाली बदलेको छ ।
आगलागीको चपेटामा पनि महिला
हिउँदको समयमा असावधानीका कारण आगो लागेर धेरै महिलाको ज्यान जाने गरेको छ । घरमा खाना पकाउने चुलोचौकोदेखि पशुपालन र खेतीपातीको झारपात डढाउनेसम्मका काममा महिलाको सहभागिता बढी हुने भएकाले उनीहरू नै जलनमा बढी पर्ने गरेको पाइएको छ ।
करेन्ट लागेर एकको मृत्यु
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका –१ लाकु निवासी २१ बर्षीय समिर घर्तीमगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।
अध्यक्ष डा भट्टराईद्वारा शपथ ग्रहण
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नवनिर्वाचित अध्यक्ष डा बाबुराम भट्टराईसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
८१ प्रतिशतभन्दा बढी साइबर अपराध फेसबुकबाट
नेपालमा ८१ प्रतिशतभन्दा बढी अनलाइन घटना (साइबर हिंसा तथा अपराध) सामाजिक सञ्जाल फेसबुकबाट भइरहेको पाइएको छ।
वातावरण संरक्षणका लागि सामुदायिक रेडियोसँग सहकार्य गर्ने वन मन्त्रीको प्रतिबद्धता
वन तथा वातावरण मन्त्री ऐनबहादुर ठकुरीले जलवायु परिवर्तनको असरबाट बचाउनका लागि सामुदायिक रेडियोले सूचनाका माध्यमबाट गरेको काम प्रशंसा गर्न लायक भएको बताउनुभएको छ।