• २९ भदौ २०८२, आइतबार

हुम्लामा समकोट गाउँपालिका उत्कृष्ट

blog

सिमकोट गाउँपालिकाको कार्यालय । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, फागुन २ गते ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कनमा सिमकोट गाउँपालिका उत्कृष्ट ठहरिएको छ । १७ वटा सूचकका आधारमा स्थानीय तहरुको कार्य सम्पादन मूल्याङ्कन गर्दा सबैभन्दा बढी अङ्क प्राप्त गर्दै सिमकोट यसवर्ष उत्कृष्ट भएको हो ।

वित्त आयोगले सार्वजनिक गरेका विवरण अनुसार सात स्थानीय तहमध्ये सिमकोट गाउँपालिकाले ७७ प्रतिशत अङ्क प्राप्त गरी पहिलो स्थान प्राप्त गरेको छ । साथै खार्पुनाथ गाउँपालिकाले ७१ दशमलव एक प्रतिशत अङ्क प्राप्त गरी दोस्रो स्थानमा रहेको छ ।

यसैगरी, ताँजाकोट गाउँपालिकाले ६१ दशमलव २ अङ्क ल्याएर तेस्रो भएको छ । चङ्खेली गाउँपालिकाले ५७ दशमलव ६, अदानचुली गाउँपालिकाले ४९ दशमलव ९ प्रतिशत, सर्केगार्ड गाउँपालिकाले ४४ दशमलव ४ प्रतिशत अङ्क पाएका छ भने सबैभन्दा कम नाम्खा गाउँपालिकाले ३९ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

आर्थिक वर्षको राजस्व र आय व्ययको अनुमान, समयमा गाउँसभामा पेस गरे नगरेकोदेखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्च लगाएतका १७ वटा सूचाङ्कमा मूल्याङ्न हुने गर्दछ ।

सुशासन, समन्वय, पूर्वाधार, न्यायीक कुराहरु पनि सुचकमा राखिएका हुन्छन् । सिमकोट गाउँपालिकाका लेख अधिकृत बिशाल बाहेराले शिक्षा, स्वास्थ्य, कर्मचारी जनप्रतिनिधिका तालिमका कुरा पनि समेटिएको बताउनुभयो । नीति, नियम, कानुन बमोजिम काम भएन–भएको, बेरुजुका कुरा छन् त्यसलाई न्यूनीकरण गर्नुपर्छ ।

उहाँले शिक्षा र स्वास्थ्यमा उच्चतम हाशिल गर्ने हो, त्यसमा लागनी, त्यस्ता खालका कुरामा लगानी गर्दाखेरी उच्चम नम्बर आउने बताउनुभयो । शिक्षा, स्वास्थ्यका अङ्कसँगै, भौतिक पूर्वाधार, लेखाका सुत्र प्रणाली, बेरुजुका न्यूनीकरण लगायत ती सबैलाई समेटेर अङ्क प्राप्त गर्न सकिन्छ । आयोगले कार्य सम्पादन मूल्याङ्कन सुरु गरेयता सिमकोट गाउँपालिका पहिलो वर्ष कर्णालीमा प्रथम भएको थियो भने हुम्ला जिल्लाका स्थानीय तहमा भने तेस्रो पटक पहिलो भएको छ । यो कार्यमा जिल्लामा उत्कृष्ट भए बापत आयोगबाट पचास लाख रुपियाँ अनुदान पाइन्छ ।