लीलाधर वली
घोराही, फागुन १ गते । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका –१ लाकु निवासी २१ बर्षीय समिर घर्तीमगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक राणाका अनुसार तुलसीपुर उपमहानगरपालिका –१२ टरिगैस्थीत मंगलम बालुवा प्रसोधन उद्योगमा बालुवा लोड गर्न गएको रा १ क १५६६ नम्बरको टिप्पर कम्पाउण्ड एरियाभित्र रोकिराखेको अवस्थामा ढालामा चडेर हेर्ने क्रममा करेन्ट लागेर घाइते हुनुभएको थियो ।
घाइते घर्तीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।