सत्र वर्षपछि पुल निर्माण
विराटनगर–भद्रपुर हुलाकी राजमार्ग अन्तर्गत मोरङको रतुवामाई नगरपालिका र झापाको गौरीगन्ज गाउँपालिका जोड्ने रतुवाखोलामा १७ वर्षपछि पुल निर्माण भएको छ । पुल सञ्चालनमा आएपछि हिउँदमा
स्तरोन्नतिपछि अनुदान र ऋण प्रभावित हुने
विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने संसदीय समितिको अध्ययनले देखाएको छ
सस्तोमै ‘लम्पी स्किन’ को खोप दिन बायोटेक तयार
कोभिड सङ्क्रमणविरुद्धको खोप ‘कोभ्याक्सिन’ निर्माण गरेको भारतीय कम्पनी ‘भारत बायोटेक’ ले सस्तो दरमै नेपालमा ‘लम्पी स्किन’ विरुद्धको खोप उपलब्ध गराउने प्रस्ताव गरेको छ ।
घरजग्गाको राजस्व चौध प्रतिशतले बढ्यो
घरजग्गाको कारोबारबाट प्राप्त हुने राजस्व १४ प्रतिशतले वृद्धि भएको छ । वृद्धि भएसँगै झन्डै चार अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ तर कारोबार सङ्ख्या भने घटेको छ ।
अध्यादेश अघि बढाउने निर्णय
सत्ता साझेदार राजनीतिक दलको बैठकले सहमतिकै आधारमा अध्यादेश स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न बैठकमा अध्यादेश संसद्मा अघि बढाउने समझदारी भएको हो ।
पूर्ण रूपमा निको हुन्छ बाल क्यान्सर
भक्तपुर क्यान्सर अस्पतालमा विगत एक वर्षदेखि क्यान्सरको उपचार गराएर अनुप थापा डिस्चार्ज हुनुभयो । सुर्खेतका अनुपलाई लिम्फोमा क्यान्सर भएको थियो । छ वर्षीय थापाले अहिले क्यान्सरलाई पूर्ण जित्नुभएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठनमा सर्वसम्मत नेतृत्व चयन
नेपाल निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा भवानी न्यौपाने दाहाल निर्वाचित हुनुभएको छ ।
सत्ताइस लाख लाइसेन्स छाप्न बाँकी
यातायात व्यवस्था विभागले चालु आर्थिक वर्षको सात महिनामा डेढ लाख प्रति सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ ।
नाफामा जाँदै वन निगम
निरन्तर घाटामा भएको नेपाल वन निगम लिमिटेड पछिल्लो समय नाफामा गएको छ ।
स्ववियु निर्वाचन चैत ५ मा, आयोग, काउन्सिल र महासङ्घबाट अनुगमन
यस पटक चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अनुगमन राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार काउन्सिल र नेपाल पत्रकार महासङ्घबाट हुने भएको छ ।
पिजी अध्ययनमा थप दुई सय एकतिस सिट
चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (पिजी) को अध्ययनका लागि सरकारी स्वास्थ्य संस्थामा २३१ सिट सङ्ख्या थप गरेको छ । आयोगले गत वर्ष स्नातकोत्तर तहमा ७९५ सिट सङ्ख्या निर्धारण गरेको थियो ।
श्रीमहल उत्खननमा जनशक्ति अभाव
पुरातत्व विभागले सुरु गरेको श्रीमहलको भग्नावशेष उत्खननको काम दक्ष जनशक्तिको अभावमा सुस्त गतिमा छ ।
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश
मलामी जाने मानिस नपाउँदा बैतडीका प्रकाश टेलर दमाई आँगनमा आमाको शव कुरेर बस्नु भएको छ ।
‘सबैको सहमतिमा संविधान संशोधन आवश्यक छ’
आज यहाँ आयोजित संविधान संशोधनमा सार्वजनिक संवाद कार्यक्रममा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाल, नेकपा (एमाले) नेता रुघुजी पन्त, पूर्वसञ्चार मन्त्रीरेखा शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारलगायतले संविधान संशोधन हुनुपर्ने साझा धारणा व्यक्त गरेका हुन्।
फरक क्षमता भएका विद्यार्थीलाई सहयोग
डेरी एसोसिएसन धनकुटाले धनकुटा नगरपालिका–१० मा रहेको आधारभूत विद्यालयका विद्यार्थीलाई कपडा तथा खाद्यान्न वितरण गरेको छ ।
मौरीले डस्दा पाँच घाइते
तुलसीपुर उपमहानगरपालिका –४ खाद्रेमा जङ्गली मौरीले डस्दा पाँच जना घाइते भएका छन् । मौरीले डस्दा बिरामी हुनेमा तुलसीपुर–४ खाद्रे निवासी २३ बर्षीय भिमा बुढा, ११ बर्षीय विवश बुढा, सोही ठाउँकै २८ बर्षीया सिता गिरी, उहाँकी ९ बर्षीया छोरी आयुसा गिरी र ५ बर्षीय छोरा आयुस गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।
अर्ब लगानीमा सिटी प्यालेस
नेपालगन्जमा सञ्चालनमा रहेको होटल सिटी प्यालेसले सेवा विस्तार गर्दै एक अर्ब बढीको लगानी गरेको छ । नेपाली र भारतीय पाहुनालाई लक्षित गरी सेवा बिस्तार गरिएको सञ्चालक लोकेन्द्र अर्यालले जानकारी दिनुभयो ।
समृद्धिका लागि वन कार्यक्रम सफल बनाउन निर्देशन
वन तथा वातावरण मन्त्रलालय, मधेश प्रदेशका सचिव उद्धवबहादुर घिमिरेले ‘समृद्धिका लागि वन’ कार्यक्रम सफल बनाउन युद्धस्तरमा काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
रामपुर महोत्सवमा आठ करोडको कारोबार
पाल्पामा भएको चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा आठ करोड रुपियाँको कारोबार भएको छ । रामपुरमा १३ दिनसम्म सञ्चालन भएको महोत्सव अवधि भरमा ८ करोड रुपियाँ बराबरको कारोबार भएको संघले जनाएको छ ।
पन्ध्र वर्ष पछि गहुँ खेतीमा फर्किए किसान
स्थानीय सरकारले रैथाने बालीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाका किसान १५ वर्षपछि गहुँ खेतीमा फर्किएका छन्।
लेवनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति सेनाका डेपुटी फोर्स कमान्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी सवार सवारी साधनमा उत्तेजित भीडले आक्रमण गरेको हो ।
देउराली विद्यालयको भवन निर्माण
बागलुङ नगरपालिका –४, ओडारचौरमा निर्माण सम्पन्न देउराली आधारभूत विद्यालयको चार कोठे भवनको उद्घाटन गरिएको छ । पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले शुक्रबार विद्यालय भवनको उदघाटन गर्नुभयो ।
युएईमा नेपाली श्रमिकलाई वैधानिकीकरण श्रम स्वीकृति दिन सुरु
सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा कागजातविहीन भएर बसेका नेपाली श्रमिकलाई वैधानिकीकरण श्रम स्वीकृति दिन सुरु गरेको छ ।