हात्ती महोत्सवमा–आफ्नो भेषभूषामा थारु महिला
चितवनको सौराहामा बिहीबारदेखि सुरु भएको १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव– २०८१ मा आफ्नो भेषभूषामा सहभागी हुँदै थारु समुदायका महिला ।
तानसेन–१, लाई मेयर कप उपाधि
तानसेन नगरपालिकाद्वारा सञ्चालित ‘मेयर कप फुटबल’ को उपाधि तानसेन–१ ले हात पार्न सफल भएको छ । बिहीबार तानसेनको टुंडिखेल मैदानमा भएको प्रतियोगितामा तानसेन –१ ले तानसेन –९ को समूहलाई ३–२ गोल अन्तरले हराएको हो ।
गोरखापत्रकर्मी कोइरालासहित चार पत्रकार पुरस्कृत
सञ्चार क्लव नेपाल उर्लाबारीले २१ ओैं साधारणसभाको अवसर पारेर चार जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन काँग्रेस–एमाले सहमत
निजामती कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन सत्तारुढ दुई दल काँग्रेस र नेकपा (एमाले) सहमत भएका छन् ।
गोरखापत्रको समावेशी अभ्यास प्रशंसनीय छः मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पहिचानको प्रमुख आधार भाषा भएकाले गोरखापत्रले विभिन्न मातृभाषी पृष्ठ प्रकाशन गरेर प्रसंशनीय काम गरेको बताउनुभएको छ ।
नेपालले जलवायु न्याय र क्षतिपूर्तिको आवाजलाई सशक्त रूपमा उठाउनुपर्छः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको आवाजलाई विश्वस्तरमा नै अझ सशक्त रूपमा उठाउनुपर्ने बताउनुभएको छ ।
चक्लेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा
पर्साको वीरगञ्ज महानगरपालिका–१४ पावरहाउस चोकबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका चक्लेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा लिएको छ ।
जलवायु परिवर्तनका चुनौती समाधानमा सबै जुट्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने बताउनुभएको छ ।
गोरखापत्र अब ४५ भाषामा
गोरखापत्र दैनिकबाट समाचार सामग्री दिन थालेको मातृभाषाको सङ्ख्या ४५ पुगेको छ । पछिल्लो पटक वाम्बुले राई भाषापृष्ठ प्रकाशन सुरु भएसँगै यो सङ्ख्या ४५ पुगेको हो ।
मङ्किपक्स सङ्क्रमित युवाको अवस्था सामान्य
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मङ्किपक्स (एमपक्स) पुष्टि भएर भर्ना भएका युवाको अवस्था सामान्य छ ।
सत्ता साझेदार दलका तीन कार्यदल
सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) सरकार सञ्चालन र संसद् प्रभावकारी बनाउन तथा संविधान संशोधनका लागि छुट्टाछुट्टै तीन वटा विषयगत कार्यदलमार्फत द्रुतत्तर गतिमा अघि बढाउने समझदारीमा पुगेका छन् ।
सरकारको कामप्रति एमाले सन्तुष्ट
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले सरकारको समीक्षा गरेको छ ।
सहकारीको पैसाबाट रविलाई ‘मिडिया’ को सेयर
पूर्वगृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी, पोखराकै रकमबाट गोरखा मिडिया नेटवर्क (ग्यालेक्सी फोरके टिभी) को १५ प्रतिशत सेयर लिएको देखिएको छ
रजतपटको परिभाषा बदल्दै रङ्गकर्मी
जीवन्त अभिनयको नवीनतम यात्रा आरम्भ गर्ने थलो रङ्गमञ्चबाट उदाएका रङ्गकर्मी नेपाली चलचित्र उद्योगकै रूपान्तरणको हिस्सा बनिरहेका छन् ।
सुमो दुर्घटनामा गम्भीर घाइते राईको मृत्यु
खोटाङको बाँसपानीमा सुमो दुर्घटना हुँदा गम्भीर घाइते भएका केपिलासगढी गाउँपालिका–१ फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राईको मृत्यु भएको छ ।
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाएका छन्। विभिन्न चर्च र मण्डलीमा शुभकामना आदानप्रदान गरेर क्रिसमस डे मनाइएको हो।
रसुवा भ्रमण गर्ने २५ हजार नाघे, राजस्व सङ्कलन सन्तोषजनक
रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या पच्चीस हजार नाघेको छ ।
दुर्गमका विद्यार्थीलाई छात्रवृत्ति प्रदान
ताप्लेजुङको दुर्गम क्षेत्रका विद्यार्थीलाई ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड) नेपालले छात्रवृति प्रदान गरेको छ । रीड नेपालले विभिन्न सङ्कायअन्तर्गत उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई यसवर्षको छात्रवृत्ति प्रदान गरेको हो ।
संसदीय लोकतन्त्र प्रवर्द्धन गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ
सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
झोलुङ्गे पुलबाट हाम्फालेका युवाको मृत्यु
रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ स्थित मठबाट सल्ले जोड्ने झोलुङ्गे पुलबाट हाम्फालेर एक युवाको मृत्यु भएको छ ।
सुनसरीका पौने ६ लाख स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध
सुनसरीका १२ स्थानीय तहका पाँच लाख ७६ हजारभन्दा बढी स्थानीयहरु स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । जिल्लामा हाल पाँच लाख ७६ हजार ११३ जनाले स्वास्थ्य बिमा गराएर सेवा लिइरहेका छन् ।
विपन्न विद्यार्थीका लागि अक्षयकोष स्थापना
बाह्रबिसे नगरपालिका–४ स्थित श्री शारदा माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समूहले आफू अध्ययन गरेको विद्यालयको शैक्षिक उन्नयनका लागि अक्षयकोष स्थापना गरेका छन् ।
भानु जन्मस्थललाई साहित्यिक र सांस्कृतिक गन्तव्य बनाउन महोत्सव
राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्तको आचार्यको जन्मथलोलाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न महोत्सव सुरु भएको छ । भानु नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्गलबारबाट प्रथम भानु नगर महोत्सव सुरु भएको हो ।
बोटमै खेर जाँदै हरियो चियापत्ती
हरियो चियापत्ती प्रशोधन गर्ने प्लान्ट नहुँदा तेह्रथुमको लालीगुराँस नगरपालिका क्षेत्रमा चिया खेती गर्दै आएका किसानको हरियो पत्ती बोट मै खेर गइरहेको छ ।