तराई झरेकाहरूले मनाए भुवा पर्व
कैलालीको घोडाघोडी नगरपालिकामा सोमबार पहिलो पटक भुवा पर्व मनाइएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरा, अछाम, डोटी र कर्णाली प्रदेशको कालीकोट दैलेख जिल्लाबाट बसाईसरी घोडाघोडी नगरपालिकामा बसोबास गर्दै आएकाहरुले सामुहिकरुपमा भुवा पर्व मनाएका हुन् ।
कैलालीमा बिहानीपख शीतलहर
मध्य पुससम्म अरू वर्षको तुलनामा कम जाडो महसुस भएको कैलालीमा बिहानीको समयमा शीतलहर सुरु भएको छ । दुई दिन अगाडि वर्षापछि मौसममा आएको फेरबदलले धनगढीसहितको क्षेत्रमा शीतलहर लाग्न थालेको हो ।
मनाइयो तमू ल्होसार (फोटो फिचर)
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै सोमबार ‘तमु ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
बाघले मार्यो सात वटा खसी–बाख्रा
मकवानपुरको मनहरीमा बाघले सातवटा खसी–बाख्रा मारेको छ । मनहरी गाउँपालिका वडा नं. ५ वसन्तपुरस्थित स्थानीय सूर्यबहादुर मोक्तानले पाल्नुभएको खसी बाख्रा सोमबार बिहान ५ बजेको समयमा बाघले मारेको हो ।
१० वर्षमा पनि पुल नबनेपछि स्थानीयवासी आन्दोलित
गण्डकी प्रदेशलाई तराई जोड्ने छोटो दूरीको बुद्धसिंह मार्गमा १० वर्षदेखि पुल निर्माण नभएपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।
शेरा दरबारको जग्गा हिनामिनाबारे विस्तृत अनुसन्धान हुँदै
पृथ्वीनाराण शाहले शीतकालीन दरबारका रूपमा स्थापना गर्नुभएको नुवाकोटस्थित शेरा दरबारको १६४ रोपनी १३ आना जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विस्तृत अनुसन्धान सुरु गरेको छ ।
नगरप्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सहकारीमा तोकियो बचतको सीमा
सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी प्रचलित कानुन संशोधन गरेको छ ।
४७.४ प्रतिशतले गरे स्वास्थ्य बीमा
गुल्मीमा स्वास्थ्य बीमामा आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापितका लागि सरकारले सुरु गरेको बीमा कार्यक्रममा यहाँका नागरिकहरुको पहुँच बढ्दै गएको हो ।
व्यापारीले यसरी सङ्कलन गर्छन् गोलभेँडा
सर्लाहीको हरिवनस्थित तिनघरे लच्कामा रहेको गोलभेँडा सङ्कलन केन्द्रमा किसानबाट खरिद गरेर अन्यत्र निकासका लागि क्यारेटमा राखिएको स्थानीय जातको गोलभेँडा ।
चोरीको मोटरसाइकलसहित दुई पक्राउ
मकवानपुर प्रहरीले चोरीको दुई वटा मोटरसाइकलसहित हेटौँडाको छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ ।
१७ स्वर्ण पदकसिहत च्याम्पियनसिपको उपाधि नेपाललाई
भारतको महाराष्ट्र राज्यको पुणे सहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । पुणेस्थित खेलकुद विभाग केन्द्रमा सम्पन्न प्रतियोगितामा नेपालले विभिन्न उमेर र तौल समूहमा गरी १७ स्वर्ण पदक जितेर उपाधि हासिल गरेको हो ।
परराष्ट्रमन्त्री राणाद्वारा भारतीय पूर्व प्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अर्पण
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
सात लाखभन्दा बढी मूल्यको अवैध औषधी बरामद
कपिलवस्तु प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको ७ लाख ७ हजार २३२ रुपियाँ बराबरको विभिन्न किसिमका औषधीसहित एक जनालाई पक्राउ गरेको छ । अवैध रुपमा भित्रिन लागेको ती औषधी कृष्णनगर नपा २ स्थित लिंकगेटमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरन्जनदत्त भट्टले बताउनुभयो ।
‘अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक’
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताउनुभएको छ ।
सीमावर्ती जिल्लामा देखिएका समस्या समाधान हुन्छ : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा.आरजु राणाले बर्दियालगायत विभिन्न सीमावर्ती जिल्लाका नाकाहरुमा देखिएका समस्याहरु समाधान हुने बताउनुभएको छ ।
सोवारिग्पा शिक्षालाई व्यवस्थित गर्न जोड
शताब्दीऔँदेखि प्रचलनमा रहेको सोवा रिग्पा उपचार पद्धतिसम्बन्धी उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई मान्यता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
मामाघर बस्दै आएकी युवतीको मृत्यु
मामाघरमा बस्दै आउनुभएको मकवानपुर मनहरी गाउँपालिका २ स्थित टाँडीकी विमला डिम्डुङको मृत्यु भएको छ ।
राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गर्नुभएको छ ।
५० लाख लिटर अट्ने पानीट्याङ्की निर्माण गरिँदै
तानसेनका खानेपानी उपभोक्ताहरुको सहजताका लागि तानसेन नगरपालिका –५ चिहानडाँडामा पानी सङ्कलन गर्ने ट्याङ्की निर्माण गरिनेभएको छ । उपभोक्तालाई हरेक समयमा पानी उपलब्ध गराउने उद्देश्य राखी ५० लाख लिटरको ट्याङ्की बनाउन माटो परीक्षण गर्न लागिएको समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो ।
खाँडाचक्रमा एकसय ८६ क्षयरोगीको पहिचान
कालीकोटको खाँडाचक्र नगरपालिकामा एकसय ८६ जना क्षयरोगीको पहिचान भएको छ । यहाँ सञ्चालित स्वास्थ्य शिबिरबाट ती रोगी फेला परेका हुन् ।
बाघले गोरु मारेपछि सतर्क रहन आग्रह
जिल्लाको निस्दी गाउँपालिकामा बाघले गोरु मारेपछि सतर्क रहन आग्रह गरिएको छ । निस्दी –४, भोर्मामा बाघले गोरु मारेपछि स्थानीयलाई सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको हो ।
व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
नवलपरासी, पुस १४ गते । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को कावासोती नगरपालिका–१५ गोडारका किसान सामूहिक प्याजखेतीमा जुटेका छन् । शिवशक्ति कृषक समूह गठन गरी स्थानीय ३१ किसानले व्यावसायिक रूपमा प्याजखेती सुरु गरेका हुन् । दुई बिघाा १० कट्ठा जमिन भाडामा लिएर प्याजखेती गरिएको शिवशक्ति कृषक समूहका अध्यक्ष पुष्पराज बरालले बताउनुभयो । “व्यावसायिक खेती गर्ने सल्लाहबमोजिम प्याज रोपिएको हो”, उहाँले भन्नुभयो, “प्याजमा परनिर्भरता कम गर्ने उद्देश्य हो ।”पाँच कट्ठा जमिनमा प्याजको नर्सरी बनाएर १२ किलो बीउ लगाइएकामा रोपेर बाँकी रहेको बेच्दा रु ३१ हजार आम्दानी भएको अध्यक्ष बरालले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मल, बीउ, कृषि सामग्रीलगायतमा रु एक लाख ४४ हजार बराबरको सहयोग प्राप्त भएपछि खेती गर्न थप हौसला मिलेको उहाँले बताउनुभयो ।“समूहका किसानले दैनिक श्रमदान गरी प्याज रोपेका छन्, अब समयअनुसार सिँचाइ र गोडमेल गर्नुपर्छ”, अध्यक्ष बरालले भन्नुभयो, “बीउ उमारेर नेपाली र भारतीय प्रजातिको प्याजको बिरुवा रोपेका छौँ, बाँकी बिरुवा अन्य किसानले खरिद गरेका छन् ।”प्रतिकट्ठा न्यूनतम ६ क्विन्टलका दरले रु १२ लाख मूल्य बराबरको प्याज उत्पादन हुने अनुमान गरिएको अध्यक्ष बरालले बताउनुभयो । उत्पादन लागत रु पाँच लाख रहेकामा यसबाट कम्तीमा रु सात लाख बचत हुने उहाँले बताउनुभयो । यसअघि व्यक्तिगतरूपमा खेती गर्ने गरिएको थियो । समूहमा खेती गर्दा काम गर्न सहज हुनुका साथै बिक्री र आम्दानी गर्न सकिने अध्यक्ष बरालको भनाइ छ । सरकारी निकायले प्रदान गर्ने कृषि अनुदान कार्यक्रममा समावेश हुन समूह दर्ता गरी खेती सुरु गरिएको शिवशक्ति कृषक समूहका उपाध्यक्ष एवं कावासोती नगरपालिका–१५ का वडासदस्य शिवप्रसाद काफ्लेले बताउनुभयो । सरकारी कार्यालयले कृषिमा धेरै बजेट विनियोजन गर्ने गरे पनि समूह दर्तालगायत प्रक्रियाका बारेमा जानकारी नहुँदा बजेट खेर जाने गरेको छ । गाउँमा बढ्दो बेरोजगारी र परनिर्भरता अन्त्य गर्न सामूहिक रूपमा प्रयास गरिएको उपाध्यक्ष काफ्लेले बताउनुभयो । “गाउँमा बेरोजगारी बढेपछि सल्लाह गर्दा सामूहिकरुपमा कृषि कार्य गर्ने उपाय आयो । त्यसमा पनि प्याजखेती गर्ने सबैको सल्लाहअनुसार अगाडि बढेका हौँ”, उहाँले भन्नुभयो, “श्रम गर्न सक्ने जनशक्ति खाली बस्नुपर्ने हुँदा सामूहिक श्रम गर्दै खेतीमा जुटेका हौँ ।”प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि कार्यक्रम सञ्चालन गरेपछि यस वर्ष जिल्लामा शिवशक्ति कृषक समूहजस्तै २५ समूह व्यावसायिक प्याजखेतीमा जुटेका छन् । परियोजना कार्यान्वयन एकाइका प्रमुख सुनिलकुमार सिंहका अनुसार जिल्लामा २० बिघा जमिनमा प्याजखेती गर्ने योजनासहित रु १७ लाख बजेट विनियोजन गरिएको छ । नासिक रेड–५३ र रेड क्रियोल जातका प्याजको बीउ कृषक समूहलाई निःशुल्क वितरण गरिएको छ ।
उच्च र जिल्ला न्यायाधीशको सरुवा
न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा र काज पदस्थापन गरेको छ ।