चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन ९ गते । एभरेष्ट बैंक लिमिटेडले ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा शाखा स्थापना गरी सेवा सुरु गरेको छ । बैंकको १३१ औं शाखाका रुपमा फुङ्लिङ शाखा स्थापना गरी शुक्रबारदेखि औपचारिक रुपमा सेवा सुरु गरेको हो ।
शाखाको फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, एभरेष्ट बैंक लिमिटेड सञ्चालक समितिका सदस्य किरणकृष्ण श्रेष्ठलगायतले उद्घाटन गर्नुभएको छ । यस्तै, कार्यक्रममा बैंकका उपप्रशासकीय अधिकृत विजयकुमार शर्मा, फुङ्लिङ नगरपालिका–४ का वडाध्यक्ष दुर्गाबहादुर पालुङ्वा लगायतको उपस्थिति थियो ।
फुङ्लिङ बजारको कोप्चे जिमीपोखरी टोलमा बैंकका शाखा स्थापना भएसँगै औपचारिक रुपमा बैंकिङ कारोबार सुरु भएको शाखा प्रबन्धक लवकुमार तिमिल्सिनाले जानकारी दिनुभयो । शाखा प्रबन्धक तिमिल्सिनाका अनुसार बैंकको फुङ्लिङ शाखा कोशी प्रदेशभरिमा २० औं शाखाका रुपमा स्थापना भएको हो ।