चेपाङ भाषा–संस्कृति मासिएकोमा चिन्ता
सीमान्तकृत चेपाङ जातिको भाषा, परम्परा र संस्कृति नासिँदै गएको भन्दै चेपाङ अगुवाहरुले चिन्ता ब्यक्त गरेका छन् ।
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
काठमाडौँ महानगरपालिका-१५ का ३३ विद्यालयका ६० विद्यार्थीहरु आज स्वयम्भूमा चित्र कोर्न भेला भए । उनीहरुलाई स्वयम्भू महोत्सव आयोजक समितिले ‘विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भू क्षेत्र’ शीर्षकमा प्रतियोगितात्मक चित्रकलामा सहभागी गराएको थियो ।
वडा कार्यालयद्वारा घरमै पुगेर घटना दर्ता
मकवानपुरको मनहरी गाउँपालिका ७ नं वडा कार्यालयले नागरिकलाई सरकारको अनुभूति दिलाउन घरदैलोमै पुगेर घटना दर्ता गरिदिने व्यवस्था मिलाएको छ ।
फोनिज मधेश प्रदेशले चार पत्रकारलाई पुरस्कृत गर्ने
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मधेश प्रदेशले चार जना पत्रकारलाई सम्मानित गर्ने भएको छ । फोनिज मधेश प्रदेशले स्थापना गरेको क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कार र देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार पुरस्कृत हुनु हुनेछ ।
नेपाललाई आवश्यक सहयोग गर्न डा. राणाको आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्पेनका विदेशमन्त्री जोसे म्यानुअल अलबारेस् बुएनोबिच जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका उहाँहरुबिच बुधबार साइडलाइन भेटवार्ता भएको हो ।
पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु
सुनसरीमा पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रामधुनी नगरपालिका ६ सिशुवाका अजित सुनुवारको तीन वर्षीय छोरा सरिन सुनुवारको पानीमा डुबेर मृत्यु भएको हो ।
कालीगण्डकीमा वास्तविक किसानको पहिचान गर्न गणक गाउँमा
कालीगण्डकी गाउँपालिकाले पालिका भित्रका वास्तविक किसानको पहिचान गर्न वडा वडामा गणकहरू खटाएको छ । पालिकाभित्र रहेका नागरिकहरु कति सङ्ख्यामा कृषि पेशामा आवद्ध छन् भन्ने वास्तविक तथ्याङ्क लिनका लागि प्रत्येक वडामा गणकहरु खटाइएको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो ।
स्वमूल्याङ्कनमा रुरुक्षेत्र गाउँपालिका प्रथम
गुल्मीको रुरुक्षेत्र गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा प्रथमा भएको छ । यस जिल्लाका दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा रुरुक्षेत्र गाउँपालिकाले ९७.२५ प्रतिशत अङ्क ल्याएर प्रथम भएको सार्वजनिक नतिजामा उल्लेख गरिएको हो ।
आगलागीमा घाइते भएका शरदलाई लगियो काठमाडौं
गएराति इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन कारखानामा भएको आगलागीमा परी घाइते भएका सञ्चालक शरद सुुब्बालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
महाशिवरात्रिले शिवालयमा भिड
महाशिवरात्रिको अवसरमा सिन्धुपाल्चोकका शिवालयमा भिड लागेको छ । जिल्लाका विभिन्न स्थानमा रहेको महादेव मन्दिरमा बिहानैबाट भक्तजनको भीड लागेको हो ।
‘समयमै क्यान्सर पहिचान भएमा निको बनाउन सकिन्छ’
नेपालमा बालबालिकामा हुने क्यान्सर रोग प्रमुख स्वास्थ्य समस्याको रूपमा रहेको छ । नेपालमा कति बालबालिकालाई क्यान्सर हुन्छ भन्ने एकिन तथ्याङ्क नभए पनि इन्टरनेसनल एजेन्सी फर रिसर्च इन क्यान्सर का अनुसार नेपालमा प्रत्येक वर्ष १५ सय बालबालिकामा क्यान्सर हुने अनुमान गरिएको छ ।
टुँडिखेलमा मनाइयो २६२ औँ सेना दिवस (फोटो फिचर)
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६२ औँ वार्षिकोत्सव बुधबार काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।
गोरूले हान्दा एकको मृत्यु
पानी खुवाउने क्रममा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका –१७ जमेराका ७१ बर्षिय गहचा चौधरीको मृत्यु भएको हो ।
‘प्रकृतिको कुचिकार गिद्ध संरक्षण गर्नुपर्छ’
प्रकृतिको कुचिकार मानिने गिद्ध संरक्षण गर्नुपर्ने विषयमा सरोकारवालाहरुले जोड दिएका छन् । विश्वबाट गिद्ध तीव्र गतिमा लोप हुने क्रममा रहेकाले नेपालमा पाइने गिद्ध संरक्षणमा सरोकारवालाले जोड दिएका हुन् ।
गलेश्वर शिवालयमा दर्शनार्थीको भीड
बेनी नगरपालिका ९ स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा दर्शनार्थीको भीड लागेको छ । महाशिवरात्रि पर्वका अवसरमा बुधबार बिहानदेखि नै गलेश्वर शिवालय मन्दिरको दर्शन र पूजाआजा गर्न आएका भक्तजनहरुको भीड लागेको हो ।
घोडाघोडी मन्दिरमा भक्तजनको भीड
कैलालीको घोडाघोडी मन्दिरमा महाशिवरात्रि पर्वका अवसरमा यहाँ दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि भिड लागेको छ ।
सीप हस्तान्तरण गर्न ढकिया बुन्ने तालिम
पछिल्लो पुस्तामा परम्परागत सीप हस्तान्तरण गर्न देवचुली नगरपालिकाले ढकिया बुन्ने तालिम सञ्चालन गरेको छ । देवचुली –१ र १७ मा होमस्टे सञ्चालन गरेका महिलालाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो ।
विश्वसङ्गीत महोत्सव हुँदै
नमस्ते ब्यान्डले सञ्चालन गरिरहेको संस्था नमस्ते सांस्कृतिक सङ्गीत प्रशिक्षण केन्द्रले नमस्ते ब्यान्डका गायक इश्वर गुरुङकाे संयोजकत्वमा १८ औं महाशिवरात्री विश्वसंगीत महोत्सब आयोजना गर्दैछ ।
अबदेखि भौतिक उपस्थितिबिना नै सार्वजनिक सेवा
सर्वसाधारणले भौतिक उपस्थितिबिना नै सार्वजनिक सेवा लिन सक्ने गरी सरकारले विद्युतीय सुशासनको ‘ब्लुप्रिन्ट’ सार्वजनिक गरेको छ ।
एनप्याब्सनमा दुई समूहको छुट्टाछुट्टै महाधिवेशन
निजी विद्यालय सञ्चालकको एउटा सङ्गठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन) मा विवाद आएको छ । विवाद बढेपछि दुई समूहले फरक फरक स्थान र मितिमा फरक फरक महाधिवेशनको मिति तोकेका छन् ।
दस दिनसम्म नभेटिए मृतकसरह राहत दिइने
सरकारले मनसुनजन्य विपत्मा परी बेपत्ता भएका व्यक्ति कम्तीमा दस दिनसम्म नभेटिएको अवस्थामा मृतकसरह राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
वैकल्पिक चिकित्साले तङ्ग्रिँदै बिरामी
सङ्खुवासभाकी अञ्जु राई वैकल्पिक चिकित्सामार्फत पक्षघात (प्यारालाइसिस) को उपचार गराइरहनुभएको छ । गत माघ ९ गते घरकै शौचालयमा एक्कासि ढलेपछि काठमाडौँको न्युरोड बस्नुहुने राईलाई वीर अस्पताल पुर्याइएको थियो ।
भारतका ६ जना पूर्वस्थल सेनाध्यक्षहरु नेपालमा
भारतीय सेनाका ६ जना भूतपूर्व स्थल सेनाध्यक्षहरु नेपालमा आउनुभएको छ ।
विजयनगरमा बिहीबार सार्वजनिक बिदा
जिल्लाको विजयनगर गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले बिहीबार मगर दिवसको अवसरमा स्थानिय बिदा दिइएको हो ।