• १३ फागुन २०८१, मङ्गलबार

भारतका ६ जना पूर्वस्थल सेनाध्यक्षहरु नेपालमा

blog

भारतीय सेनाका पूर्व स्थलसेनाध्यक्ष जनरल डा.मनोज मुकुन्द नरवणे ।

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन १३ गते । भारतीय सेनाका ६ जना भूतपूर्व स्थल सेनाध्यक्षहरु नेपालमा आउनुभएको छ । 

नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि पर्व तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन उहाँहरु मङ्गलबार काठमाडौँ आइपुग्नु भएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाका मानार्थ महारथीबाट सम्मानित समेत हुनुभएका भारतीय पूर्वस्थल सेनाध्यक्षहरु जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, डा. विजय कुमार सिंह, दलवीर सिंह सुहाग, डा. मनोज मुकुन्द नरवणे, र मनोज पाण्डे नेपाल आइपुग्नुभएको हो ।

उहाँहरु बुधबार विहान पशुपतिनाथ मन्दिरमा दर्शन गरी नेपाली सेनाले काठमाडौँको टुडिँखेलस्थित सैनिक मञ्चमा आयोजना गरेको २६२ औँ वार्षिक उत्सव  विशेष समारोहमा सहभागि हुनुहुने छ । 

नेपाल भ्रमणका व्रmममा उहाँहरुले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यव्रmम रहेको नेपाली सेनाले जनाएको छ ।