विदुर आचार्य
चौतारा, फागुन १४ गते । महाशिवरात्रिको अवसरमा सिन्धुपाल्चोकका शिवालयमा भिड लागेको छ । जिल्लाका विभिन्न स्थानमा रहेको महादेव मन्दिरमा बिहानैबाट भक्तजनको भिड लागेको हो ।
जिल्लाको प्रशिद्ध धार्मिकधाम त्रिपुरासुन्दरी गाउँपालिका–२ लाटुमा रहेको लट्टेश्वर महादेव, बाह्रबिसे नगरपालिका–४ मा रहेको सुनकोशी, बलेफी गाउँपालिका–५ को कपिलेश्वर महादेव, सुनकोशी गाउँपालिका–७ मा रहेको वसन्तेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भिड लागेको छ ।
महाशिवरात्रिमा लाग्ने विशेष मेलाका लागि बिहानैबाट दर्शनार्थीको भिड लागेको स्थानीय र जनप्रतिनिधिले जानकारी दिएका छन् । भोटेकोशी गाउँपालिकाको वडा २ को प्रशिद्धस्थल तातोपानी, वडा ५ को नारायणथान, वडा ३ को गुप्तेश्वर महादेव मन्दिरमा मेला लागेको छ ।
बाह्रबिसे नगरपालिकामा पर्ने सुनकोशी मनिन्रसँगै गुम्वुलुङ, भयोलीकुण्डमा मेला लागेको छ । बलेफी गाउँपालिका–५ मा पर्ने ब्रम्हायणी र सुनकोशी नदीको सङ्गमस्थल कपिलेश्वरमा मेला लागेको छ । ईन्द्रावती गाउँपालिका–१ मा रहेको नौलिङ्गेश्वर, मेलम्ती नगरपालिका–१३ स्थित फड्केश्वरमा पनि शिवरात्रिको अवसरमा मेला लागेको छ ।