• १४ फागुन २०८१, बुधबार

घोडाघोडी मन्दिरमा भक्तजनको भीड

blog

कैलालीको घोडाघोडी मन्दिरमा महाशिवरात्रि पर्वका अवसरमा यहाँ दर्शन गर्न आउने भक्तजनको भिड । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य
घोडाघोडी (कैलाली), फागुन १४ गते ।
कैलालीको घोडाघोडी मन्दिरमा महाशिवरात्रि पर्वका अवसरमा यहाँ दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि भिड लागेको छ । विश्वरामसार सूचीकृत जैविक विविधताले महत्त्वपूर्ण घोडाघोडी तालको जति महत्त्व छ उतिनै समिपमा रहेको घोडाघोडी मन्दिरको समेत रहेको छ ।


यहाँ लाग्ने विभिन्न धार्मिक पर्व मध्य महाशिवरात्रि पर्वलाई सबैभन्दा ठुलो मानिन्छ । परापूर्वकालदेखि घोडाघोडी मन्दिरमा शिवरात्रि पर्वका अवसरमा पूजा तथा अर्चना गरिँदै आएको स्थानीय भक्तजनहरू बताउँछन् । थारू र पहाडी समुदायको धार्मिक धरोहरको रूपमा घोडाघोडी रहेको घोरीघोरा पूजा व्यवस्थापन समितिका अध्यक्ष बुधराम चौधरीले बताउनुभयो । 

बिहानैदेखि टाढाटाढाबाट आउने भक्तजनहरूलाई सहजरूपमा दर्शन तथा पूजाअर्चनाका लागि सुरक्षाकर्मीको सहयोगमा लाइन लागेर पालोपालो दर्शन गर्ने व्यवस्था मिलाएको अध्यक्ष चौधरीले बताउनुभयो । शिवरात्रि पर्वकै अवसरमा घोडाघोडी मन्दिर परिसरमै औपचारिक धार्मिक कार्यक्रमको आयोजना गरिएको समेत उहाँले जानकारी दिनुभयो ।