• १३ फागुन २०८१, मङ्गलबार

विजयनगरमा बिहीबार सार्वजनिक बिदा

blog

नारद कोहार
तौलिहवा (कपिलवस्तु), फागुन १३ गते ।
जिल्लाको विजयनगर गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले बिहीबार मगर दिवसको अवसरमा स्थानिय बिदा दिइएको हो ।

दिवसको अवसरमा विजयनगर गाउँपालिकाको कार्यालय अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था (आकस्मिक सेवा बाहेक) मा बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगरले बताउनुभयो । 

उक्त दिवसका अवसरमा विजयनगर गाउँपालिका १, भगिरामपुर (गौरीघाट) मा विशेष खेलकुद, मेला तथा सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको उहाँको भनाइ छ ।