नेपाल–जापान मित्रता अब्बल
प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबिचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताउनुभएको छ ।
दक्षिणासहित साधुसन्तको बिदाइ
भारतका गुजरातस्थित पञ्चदशनाम पञ्च अग्नि अखडाबाट आएका सन्त अघोरी शिवेश्वर गिरी रुद्राक्षको माला, चन्दन र दक्षिणा पाएपछि पशुपतिनाथ मन्दिर परिसरबाट शुव्रmबार बाहिरिने तयारीमा हुनुहुन्थ्यो ।
क्यालिफोर्नियाका नेपालीले २६ करोडमा खरिद गरे सामुदायिक भवन
अमेरिकामा ठुलो संख्यामा नेपालीको बसोबास रहेको क्यालिफोर्निया नर्दन क्षेत्र (बेएरिया) मा नेपाली सामुदायिक केन्द्र भवन स्थापना भएको छ।
फोनिज मधेशको साधारण सभाको तयारी पूरा
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मधेश प्रदेशको पाँचौ साधारण सभा शनिबार बाराको कोहल्वीमा हुँदैछ । साधारण सभाको सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेश समितिले जनाएको छ ।
उपत्यकासहित पहाडी भू-भागमा हल्का वर्षा, आइतबार मौसम खुल्ने
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौँ उपत्यकासहित देशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको बताएको छ। महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले उपत्यकासहित सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही तथा बाँकी पहाडी भू–भागमा एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
हिमपात भएको क्षेत्रमा जोखिम मोलेर यात्रा नगर्न प्रशासनको आग्रह
निरन्तरको झरीकै कारण पश्चिम बागलुङको उच्च भाग ढोरपाटन, निसी र रुकुम जिल्लाको सिमानामा पर्ने पातीहाल्नेमा बाक्लो हिमपात भएको छ। पातीहाल्नेमा डेढ फिटसम्म हिमपात भएको ढोरपाटनका तिलक मल्ल ठकुरीले जानकारी दिनुभयो।
जेनेभा भ्रमण उपलब्धिमूलकः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको प्रतिक्रिया दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभा जानुभएकी मन्त्री डा. देउवा शुक्रबार स्वदेश फर्किएपछि सो प्रतिक्रिया दिनुभएको हो ।
शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गर्छौंः गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गरिने बताउनुभएको छ । शुक्रबार काठमाडौँमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
कृषि उपज बिक्रीमा व्यस्त संविधानसभा सदस्य दुर्गाजयन्ती राई
खोटाङमा भइरहेको राष्ट्रिय बाँस सम्मेलनमा संविधानसभा सदस्य दुर्गाजयन्ती राई कृषि उपज बिक्रीमा व्यस्त हुनुहुन्छ। जिल्ला सदरमुकाम दिक्तेलमा पसल स्थापना गरेर कृषि उपज बिक्री गर्दै आउनु भएकी संविधानसभा राईले बाँस सम्मेलनमा स्टल राख्नु भएको छ।
नेपाल–जापानबिच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबिचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताउनुभएको छ ।
६० लाख कार्ड छापिँदा २१ लाखले मात्र लिए
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध हुने सेवाग्राहीको सङ्ख्या एक करोड ७० लाख पुगेको छ ।
सम्झौतापछि किसान आन्दोलन स्थगित
खुल्ला रुपमा खुटीनहर सञ्चालन हुनुपर्ने माग राखेर खुटी नहर संघर्ष समितिले गर्दै आइरहेको आन्दोलन तीन बुँदे सम्झौतापछि स्थगित भएको छ ।
आजदेखि तम्घासमा पुल्चोक क्रिकेट लिग
गुल्मीको पुल्चोक स्पोट्स क्लबले तम्घास चिदिचौर खेलमैदानमा आयोजना गर्न लागेको ‘पुल्चोक क्रिकेट लिगको चौथो संस्करण’ को सम्पूर्ण तयारी पूरा गरी शुक्रबारदेखि सुरु हुँदैछ । फागुन १९ गतेसम्म सञ्चालन हुने पुल्चोक क्रिकेट लिगको चौथो संस्करणमा आयोजकसहित चार क्लबले सहभागिता जनाउने क्लबका अध्यक्ष प्रकाश मरासिनीले जानकारी दिनुभयो ।
लखन कप भलिबल उपाधि नरेठाँटीलाई
चौथो लखन कप भलिबलको उपाधि ए एण्ड ए मार्ट नरेठाँटी गलकोटले जितेको छ । मगर एकता दिवसको दिन बिहीबार सम्पन्न फाइनल खेलमा पकुवा भलिबल कुश्मा पर्वतलाई सोझो सेटमा पराजित गर्दै ए एण्ड ए नरेठाँटी गलकोटले उपाधि जितेको हो ।
बागमती नदीमा युवक मृत फेला
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –३ दोभानका एक युवक मृत अवस्थामा फेला परेका छन् । बुधबार आफूखुशी घर छोडी हिडेका करिब ३५ वर्षीय श्याम नेसुरलाई आफन्तले खोज्दै जाने क्रममा घरदेखि करिब दुई किमी पूर्वतर्फ रहेको दोभानस्थित बागमती नदीको बिचमा ढुङ्गामा अल्झेर मृत अवस्था फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
नेपालको संयोजकत्वमा बजेट लेखन समिति
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ ।
प्रतिबद्धता सवा दुई खर्ब, भित्रियो त्रिहत्तर अर्ब
पछिल्लो पाँच वर्षको अवधिमा मुलुकमा लगानीका लागि सवा दुई खर्ब रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आउँदा ७३ अर्ब रुपियाँ लगानी भित्रिएको छ ।
वीरमा दुई ‘सिफ्ट’ मा शल्यक्रिया
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्ट मा शल्यक्रिया सुरु गर्ने भएको छ ।
दुई प्रहरी विधेयकमा एक सयभन्दा बढी संशोधन
प्रतिनिधि सभामा विचाराधीन नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई विधेयकमा एक सयभन्दा बढी संशोधन दर्ता भएका छन् । व्यक्तिगत र सामूहिक गरी दुई विधेयकमा ११६ वटा संशोधन दर्ता भएका हुन् ।
शिक्षक पदस्थापनमा आनाकानी
खुला प्रतिस्पर्धाबाट छनोट भएर नियुक्तिका लागि सिफारिस गरिएका शिक्षकलाई विभिन्न स्थानीय तह तथा विद्यालयले पदस्थापन गर्न मानेका छैनन् । पदस्थापन गर्न नमान्दा नियुक्तिपत्र लिएर गएका शिक्षकले हाजिर गर्न पाएका छैनन् ।
प्रभावकारी बनेन कार्यसम्पादन सम्झौता
छोटो समयमा कर्मचारी सरुवा हुँदा कार्यसम्पादन सम्झौता प्रभावकारी बन्न सकेको छैन ।
महाकुम्भमा ‘डुबुल्की’, पशुपतिमा आराधना
महाशिवरात्रि पर्व मनाउन भारतबाट नेपाल आएका धार्मिक पर्यटक बिहीबार साँझसम्म पनि आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गरेर निधारमा चन्दन र गलामा रुद्राक्षको माला लगाएर फर्किंदै थिए ।
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ काे शक्तिशाली भूकम्प
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार बिहानका राति २ बजेर ५१ मिनेत जाँदा सिन्धुपाल्चोकको भैरकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।