काठमाडौँ, फागुन १४ गते । नमस्ते ब्यान्डले सञ्चालन गरिरहेको संस्था नमस्ते सांस्कृतिक सङ्गीत प्रशिक्षण केन्द्रले नमस्ते ब्यान्डका गायक इश्वर गुरुङको संयोजकत्वमा १८ औं महाशिवरात्रि विश्वसङ्गीत महोत्सव आयोजना गर्दैछ ।
कार्यक्रमको आयोजना अन्तर्गत देश विदेशका गायक गायिका र ब्यान्डहरूले काठामाडौँको एलओडी र पोखराको हलनचोकमा कन्सर्टको आयोजना गरिँदैछ । काठमाडौँमा फागुन १४ गते र पोखरामा फागुन १७ गते कन्सर्ट हुँदैछ।
शान्ति, संस्कृति, एकता, पर्यटन र सङ्गीतको प्रवर्धनका लागि कार्यक्रमको आयोजनन हरेक वर्ष आयोजना हुँदै आएको छ । १० हजार दर्शकको प्रत्यक्ष सहभागीता रहने अपेक्षा गरिएको छ ।