• १० फागुन २०८१, शनिबार

‘राम्रा कामको प्रचार भएन’

blog

माछापुच्छे« सामाचारदाता

माछापुच्छे«  (कास्की), फागुन १० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले गरेका राम्रो कामको प्रचार नभएको बताउनुभएको छ ।  नेकपा एमाले कास्कीले पोखरामा शुक्रबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उहाँले पछिल्ला १० वर्षमा पूर्वाधार निर्माण र विकासले गति लिएको बताउँदै सरकारले गरेका राम्रा कामलाई जनतामा पुग्ने गरी प्रचार नभएको गुनासो गर्नुभयो । देशमा प्रजातन्त्र पुनस्र्थापनापछिको १० वर्ष मुलुक द्वन्द्वमा फसेको, करिब १० वर्ष सङ्व्रmमणकालीन अवस्था भएकाले २०७२ सालपछि मात्र समृद्धि र विकासले विस्तारै गति लिएको उहाँको भनाइ छ । 

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले जनताको चाहना अनुसार शतप्रतिशत काम नभए पनि पूर्वाधार निर्माण र समृद्धितर्फ मुलुकलाई डोे-याउन सरकार लागिपरेको बताउनुभयो । 

“तीन सय वर्षमा अहिलेको युरोप बनेको हो,” उहाँले भन्नुभयो, “हामीले त ३०/३५ वर्षदेखि बल्ल काम गर्न थालेको हो, त्यसमा पनि १० वर्ष द्वन्द्व चल्यो, १० वर्ष सङ्व्रmमणकालमै बित्यो, पछिल्लो १०/१२ वर्षमा पूर्वाधार निर्माणमा देशले फड्को मारेको छ ।” मुलुकमा सङ्घीय शासन लागु भएपछि तीन वटै तहका सरकारले पूर्वाधार निर्माण र समृद्धिलाई नै प्राथमकितामा राखेर काम गरेको र पालिकास्तरमा पनि विकास निर्माणले गति लिएको उहाँको भनाइ छ । 

जनताका आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली र बाटोलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभयो । देश विकास र समृद्धितर्फ अघि बढे पनि केही पनि नभएको जस्तो भाष्य निर्माण गर्ने प्रयास भइरहेकाले सरकारका राम्रा कामलाई जनातासम्म लैजान उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई अनुरोध गर्नुभयो ।