बिपी राजमार्गको पुनर्निर्माणका लागि आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमाले सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन (प्रत्यक्ष प्रसारण)
लुम्बिनी प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन सुरु भएको छ ।
प्रधानमन्त्री ओली दाङमा
प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न दाङको देउखुरी आइपुग्नु भएको छ ।
बिपी राजमार्गको उचाइ बढाउने काम सुरु
बाढीपहिरोका कारण क्षति भएको बिपी राजमार्गको मर्मत सुरु गरिएको छ । सडक डिभिजन भक्तपुरले गत असोज दोस्रो साताको बाढीपहिरोका कारण क्षति भएको बिपी राजमार्गको चौकीडाँडादेखि
निःशुल्क औषधी उपलब्ध गराउन सम्झौता
हेमोफेलिया रोग (रगत बगिरहने वंशाणुगत समस्या) का बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व हेमोफेलिया महासङ्घबिच सम्झौता भएको छ ।
उपप्रधानमन्त्री पौडेल र महानगर प्रमुख आचार्यको अवस्थामा सुधार
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अवस्था सामान्य रहेको छ ।
तेह्र लाख किशोरीले लगाए खोप
पाठेघरको मुखको क्यान्सरविरुद्ध स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् ।
एआई नीति प्रभावकारी बनाउन सुझाव
राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८१ लाई थप प्रभावकारी बनाउन तीन विज्ञ संस्थाले सरकारलाई महत्वपूर्ण सुझावसहितको अवधारणापत्र हस्तान्तरण गरेका छन् ।
जनस्तरबाटै डायलासिस केन्द्रको जमर्को
निजी मेडिकल कजेलको चर्को शुल्क तिरेर मिर्गौला डायलासिस गराउने आर्थिक हैसियतमा सबै नागरिक छैनन् । भौतिक संरचना भए पनि सरकारी अस्पतालमा मिर्गौला रोगीले डायलासिस सेवा पाउँदैनन् ।
वन्यजन्तुपीडितलाई राहत वितरण
लुम्विनी प्रदेश सरकारले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनुभएका परिवारका सदस्यहरुलाई पुनः राहत रकम उपलब्ध गराउन सुरु गरिएको छ ।
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशङ्करबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच आइतबार ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ ।
सदनमा सांसदको प्रश्न, प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सिक्टा सिँचाइ र बबई सिँचाइ आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजना समयमा सम्पन्न गर्ने विषयमा आफू गम्भीर र संवेदनशील रहेको बताउनुभएको हो।
दुई दिनपछि उठाइयो माना टेलरको शव
गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले आमाको शव ट्याक्टरमा राखेर छिमेकी पाटन नगरपालिकाको तिपडा मसानघाट पुर्याएर दाहसंस्कार गर्नुभएको छ ।
परराष्ट्रमन्त्री डा. देउवा र कतारका मन्त्रीको भेटवार्ता : विपिनको रिहाइमा सहयोगको आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
रेडक्रस इलामको सभापतिमा गौतम
इलाम रेडक्रस जिल्ला सभापतिमा शिव गौतम चयन हुनुभएको छ । नेपाल रेडक्रस सोसाइटी इलामको सम्पन्न अधिवेशनले उहाँलाई सभापतिमा चयन गरेको हो ।
मुलुकको विकास र स्थायित्वका लागि दुई ठुला राजनीतिक दलको सरकारः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र स्थायित्वका लागि दुई ठुला राजनीतिक दलको सरकार गठन भएको बताउनुभएको छ। साथै उहाँले वर्तमान सत्ता साझेदार दलबीच कुनै शङ्का–उपशङ्का गर्न जरुरी नभएको बताउनुभयो।
पूर्वाधार सडक र स्थानीय तहमा अस्पताल निर्माण सरकारको प्राथमिकतामा छन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू यसअघि प्रधानमन्त्री हुँदा थालनी भएका स्थानीय तहका अस्पताल निर्माणलगायत पूर्वाधार विकासका काममा सरकारले प्राथमिकता दिएको बताउनुभएको छ ।
अनेसास पुरस्कारका लागि पुस्तक आह्वान
विश्वभरि छरिएर रहेको नेपाली साहित्यका लेखक तथा स्रष्टाहरुको प्रतिनिधिमूलक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले पुरस्कारको लागि पुस्तक आह्वान गरेको छ ।
बजारमा म्याद गुज्रिएका सामान
खोटाङको हलेसी बजारमा सञ्चालित पसलमा अत्यधिक मात्रामा म्याद गुज्रिएका अखाद्य सामग्री भेटिएका छन् । बजार अनुगमनको क्रममा दैनिक उपभोग्य सामग्रीहरु अत्यधिक मात्रामा म्याद गुज्रिएको भेटिएको हो ।
फोनिज लमजुङ अध्यक्षमा श्रेष्ठ
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) लमजुङको अध्यक्षमा जनक श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।फोनिज लमजुङको बेसीरहरमा सम्पन्न चौथो अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित हुनुभएको हो ।
तेह्र लाख किशोरीलाई लगाइयो एचपिभी खोप,स्वास्थ्यमन्त्रीद्वारा आभार
पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् ।
घाइते उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यसँगको भेटघाट बन्द
कीर्तिपुर अस्पतालले जलनको उपचार गराइरनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यसँगको भेटघाट बन्द गरेको छ।
आजदेखि इलाममा राष्ट्रपति रनिङ शिल्ड सुरु
इलामको माई नगरपालिकामा आजदेखि जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले उदघाटन गर्नुभयो ।
डोजरले पल्टाएको ढुङ्गा लागेर बालिकाको मृत्यु
गुल्मीमा डोजरले बाटो खन्दैगर्दा माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी बालिकाको मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका –२ हस्तिचौर जाने भित्री सडक खन्दै गरेको श्रेष्ठ कन्ट्रक्सनको डोजरले पल्टाएको ढुङगा लागेर स्कुल हिँडेकी आठ वर्षीया बालिका विष्णु कुमाल गम्भीर घाइते भएकी थिइन् ।