अविनाश चौधरी
धनगढी, फागुन ६ गते । कैलाली प्रहरीले ३२ ग्राम २४० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलालीको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका –५ यातायात कार्यालय पछाडि सडक छेउबाट बझाङको केदारेस्युँ गाउँपालिका –६ बस्ने २६ वर्षीय गोविन्दबहादुर बोहरा र २८ वर्षीय लोकेन्द्रबहादुर बोहरालाई ठुलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको छ ।
उनीहरुको साथबाट ३१ ग्राम ७३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । यसैगरी, दुई किलो १७५ ग्राम चरेश र दुई थान लागुऔषध नापतौल गर्ने मेसिन बरामद गरिएको छ ।
यस्तै, लम्कीचुहा नगरपालिका –२ बगनिया बस्ने दिपेश तिरुवालाई ५१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ । पक्राउ परेका तीनै जनामाथि कारबाही प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।