• ९ फागुन २०८१, शुक्रबार

सालनालसहितको बेवारिसे शिशु फेला

blog

फाइल तस्बिर

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), फागुन ६ गते । बर्दियामा बेवारिसे शिशु फेला परेका छ । बारबर्दिया नगरपालिका –२ कुमरागाउँको नालिमा सालनालसहितको वेवारिसे शिशु फेला परेको हो । 

बेवारिसे अवस्थामा जीवितै नवजात शिशु फेलापरेपछि कुमारगाउँ आधारभूत स्वास्थ्य केन्द्रको टोलीले उद्धार गरी बानियाभार स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो । फेला परेको शिशु बालक रहेको र तौल ३ किलोग्राम रहेको बारबर्दिया नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यले जानकारी दिनुभयो । 

बालकको थप उपचारका लागि स्वास्थ्यकर्मीको टोलीले बर्दिया अस्पताल लगेको छ । बर्दिया अस्पतालका बालरोग विशेषज्ञ डा. विश्वनाथ शाहले अस्पताल ल्याउँदा बालकको तापक्रम कम भए पनि उपचारपछि हाल बच्चाको अवस्था सामान्य भएको बताउनुभयो । 

वेवारिसे शिशु कहाँ कसले फालेको हो भन्ने खोजविन भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक ऋषीराम घर्ति मगरले बताउनुभयो ।